लघुकथाः तापक्रम
-ऋषि तिवारी

‘एक्कासी सहरमा तापक्रम बढ्न थाल्यो ।’

सोचेंको थिएँ, यसो फुर्सद छ । शितलताको छहारीमा रमाउँने इच्छाले श्रीमतीलाई भने, ‘आज एकदमै गाँउ जान मन लाग्यो, गर्मीको चाप सहन नसक्ने भएँ ।’ उनि पनि हप गर्दै थिइनँ । भन्न थालिन्, ‘म पनि जान्छु । छोराछोरी पनि जान्छन्। मैंले पनि सासु-ससुरालाई न भेंटेको थुप्रो भो । फेरि छोराछोरी पनि बढेर यत्रो ठुलो भैंसकेका छन्, कहिले बाबाको जन्म गाउँ पुग्न पाएका छैनन् । हामी मिलेर जाऊँ ।’

उनको इच्छा बमोजिम बाटो लाग्यौं ।

बाटामा गफिदै हिड्यो । त्यो भटभटेको आवाजले म केहि कुरो बुझ्न सकिरहेको थिइनँ । अगाडी छोरी थिईं, पछाडि श्रीमती र छोरो ।

श्रीमतीसंग संवाद हुनै सकेन । छोरीसंग मात्र बातचित हुँन्थ्यो ।

उनले बाटामा भटभटेबाटै देखिछ, भन्न थालि- ‘बाबा गाउँमा यस्तै स्कूल हुन्छ र ? स्कूलमा टिन छ, त्यो पनि कस्तो कालो टिन, बाबा हजुर यही स्कुलमा पढेको हो ?’ छोरीको प्रश्नले तनाव त दिएको थियो तर आफुलाई सम्हालेर जवाफ दिएको थिए यसरी, ‘छोरी यस्तो कुरो गर्नु हुन्न, गाउँ भनेको सुन्दर शान्त वातावरण हो । सहरको भन्दा राम्रो पढाई हुने ठाउँ हो यो ।’

छोरी भन्छे फेरि, ‘चारैतिर उखु बारी रहेछ, पढ्न मन न लाग्ने त यहि उखुबारीमा पनि लुक्छन क्यारे,हैन बाबा ?’

छोरीको यस्तो कुरोले यति बुझें मैंले, ‘उनको मष्तिष्कमा सहरको तापक्रम ज्यादा रहेछ ।’

● ●
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७६|१२|०५

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *