लघुकथा : आहत
तुलसी पण्डित
लौन एसईईको परीक्षा स्थगित भएछ ।कति तयारीका साथ बसियो । टाढा टाढाबाट गएर कोठा खोजेर बसियो । घरमा केही न भएका बाबाले कति ऋण गरेर छोराछोरीलाई एस्ईईको जाँच दिन पठाए । विद्यार्थीहरु परीक्षाको लागि तयारी भएर आत्मनिर्भरका साथ बसे । तर अकस्मात सबैको तयारी सिसा सरी चक्नाचूर भयो ।
के चक्नाचूर भो ।खैं ऐना पनि देख्दिन म ?
ल तपाईलाई थाहा छैन । भोलिबाट हुन भनिएको एस्ईईको परीक्षा अर्को सुचना न आए सम्म स्थगित रे ।
न चाहिदो हल्ला कहाँबाट आयो यो ? कुनै हालतमा पनि परीक्षा स्थगित न हुने भनेर रेडियोमा समाचार सुन्ने मै छु । तिमी ढुक्क हौं परीक्षा हुन्छ ।कसले ल्यायो यो हल्ला । दुई घण्टाको बिचमा यस्तो बकबास कुरा कसरी आयो ?
ल अहिले भर्खरै त्यै कुरा टेलिभिजनमा दिई रहेछ ।
ल है फेरि समाचार आउने बेला भयो ?
लौ हो रहेछ यो कुरा । कति चाँडै निर्णय परिबर्तन गरेको हो । हो उसका कुरा हामी स्वागत गर्छौ । जतासुकै कोरानाको महामारी छ । तर यस्तो पारा त ठिक भएन नि । कम्सेकम एकदुई दिन अगाडि यस्तो निर्णय गरिदिएको भए । सबैलाई राहत मिल्ने थियो । अहिलेको यो पाराले सबैलाई राहत हैन आहत पो मिल्यो । अहिले त विद्यार्थीलाई मानसिक तनाव भएको छ । अभिभावकलाई आर्थिक समस्याले पिरलेको छ ।
अझ सुन्नमा आएको कुरा ।
अहिले विद्यार्थी ड्वाड्वा रोएका छन् भने अभिभावक यो खवर सुनेर बेहोस् भएका छन् रे ।