—-ख –गाउँको एक घर –गुरु रमेश रिमालको —कन्चनपुर जिल्ला –पुनर्वास | रमेश रिमाल आफ्नो काममा व्यस्त थिए |चेलो उमेश रिमाल आयो |उही थर भएर मात्र होइन,पढ़ाइ पनि राम्रो भएर रमेश गुरुले उमेशलाई अति स्नेह गर्ने |आज चेलोको अनुहार अलि मलिन छ |
“के छ खबर उमेश ?किन हो आज नून खाएको कुखुरा जस्तो भएर ……केही गडबड ?”१२ पास उमेश अब स्नातकमा भर्ना हुनुपर्ने थियो |
“सर,मैले अब नपढ्ने विचार गरें|”
यो कुरा सुनेर रमेशको मन कस्तो कस्तो भयो |हरेक इमानदार गुरुको सपना हो –आफ्ना चेलाचेलीको उज्जवल भविष्य |झन मेधावी चेलाचेलीबाट बढ़ी आश हुन्छ |”केही त छ !” यति सोची गुरु बोले,”किन ?के भयो र ?” त्यसपछि आँखाभरि आँसु बनाएर उमेशले आफ्नो पीड़ा सुनायो | बाउ दुष्ट –अर्की ल्याएर जेठीतिरका सन्तानलाई वास्ता नगर्ने |सहाराबिहीन भएर उमेश तनावको शिकार भएको रहेछ |पीड़ा विरेचन गर्यो |गरिबका सन्तानलाई जसरी पनि पढ्ने अवसर जुटाउने रमेश गुरु बोले,”यसरी हरेस खाने हो त,म छु|खुरुक्क भर्ना हुने, बरू म कुनै स्कूलमा जागीर खोजने छु,पाइन्छ |केही बनेर देखाउने |” गुरुको आड़ र अमृत वचन सुनेपछि उज्यालो मुख बनाएर बोल्यो उमेश,” सर,अब म पढ्छु !”
—१० बर्षपछि | अहिले रमेश र उमेश उही कलेजमा प्राध्यापक —गुरूको न्यानो स्नेह र आड़ले आज उमेशको जीवनमा कायापलट|आज गुरुपूर्णिमा —उमेश आफ्नो गुरु रमेशको घर पुग्यो –उपहार लिएर |
sabhar: laghukatha kuno