– राजु क्षत्री ‘अपुरो’
झल्याँस्स बिउँझिएँ , वरिपरि हेरेँ ,सबै बाहिर बसेर गफ गर्दै रहेछन् । यथार्थता बुझेँ , हामी चढेको बस बिग्रीएको निकै बेर भइसकेको रहेछ । सामान लिन गएको खलासी आउनमा अझ ढिलो हुन सक्ने जानकारी पाएँ । युवकहरूको भिडमा सामेल हुँदै गफ्फिदै थिएँ , केही पर देखि मलाई एउटी युवतिले बाराम्बार छड्के नजरले हेरीरहेको आभास पाएँ । दायाँबायाँका युवकहरूलाई नजर लगाएँ , सबै भन्दा खाइलाग्दो र हुने खाने घरको जस्तो देखिने म नै रहेछु । मलाइ नै हो भन्ने पुर्ण बिश्वास भएपछि उसको मुहार नियालेर हेरेँ – मायालु अनुहार भएकी उसको सुन्दरतामा कुनै खोट पाइन ।
हाम्रा आँखा चार हुन थाले । लाग्यो ,सायद यहि नै प्रेम होला ,यो बस बिग्रेको हाम्रो भेट हुनलाई पो रहेछ !
उसले इशारा गरी । उसका साथी हलल हाँस्न थाले भने मेरा अपरिचित मित्रहरू पनि “लौ ! आज हिरोले हिरोनी फेला पार्यो” भन्दै गिज्याउन थाले ।
आमाको सुन्दर बुहारी भित्र्याउने सपना साकार हुन लागेको महशुस गर्दै उसको नजिक पुगेँ ।
हामी समीप भयौ ,सोधेँ – ‘कहाँ सम्म पुग्ने ?’ ‘मुग्लिङ सम्म’ – मिठास पुर्ण छोटो उत्तर ।
ड्राइभरले गाडी स्टार्ट गर्यो , खलासीले आवाज लगायो । हतारमा मैले भनेँ – “पोखरा नै जाउँ न हुन्न ?”
उसले भनी – “यतै मुग्लिङमा बसे हुन्न र “?
अक्मकिँदै मैले भने तर..
………..
उसले भनी- “चिन्ता नलिनुस् ,अरूसँग दश हजार लिएपनि तपाइँलाई दुई हजार छुट दिउँला नि त !”