डा. गोविन्दराज भट्टराई – बेलायतमा उत्तरआधुनिक विमर्श
(Source: कान्तिपुर)
मलाई घेरै लामो सपनाको भूमि टेक्ने अवसर प्राप्त भयो । इतिहास र भूगोलका पृष्ठमा अनेकपल्ट यस भूमिको नाम उच्चारण गर्यौं, डोभर बिचदेखि इन्भर्नेससम्मका सयौं नाम कण्ठ गर्यौं । यहा“ कत्राकत्रा आविष्कार भए, कत्रा दर्शनचिन्तन र गौरवगाथाका झन्डा फहराइए, विश्व रङ्गमञ्चमा बेलायत उभि“दा सधै“ नेपालीस“गै थियो । यस्तो भूमि धेरै नेपालीको सपनामा उनिएर आउनु स्वाभाविक हो ।
दशकांै बिते यसै भूमिका अनेक नाम जपेर आफ्नो जीविका चलाइरहेको छु । एङ्लोस्याक्सनकालदेखि हिजोसम्मका साहित्यकारको जन्म र मृत्युबीचका घटनाहरू पढे“, पढाए“, उद्धरण गरे“, अनुवाद गरे“- मेरो सम्पर्ूण्ा अतीत अङ्ग्रेजी साहित्य वरिपरी घुम्दै निस्क“दै बित्यो । त्यसमाथि अङ्ग्रेजी भाषाविज्ञान, भाषाशिक्षण विधि त झन् लामो दैनिकी भयो, वाषिर्की भयो । यी विषयभित्र पर्ने अनेक र्सजक, सिद्धान्तकार, आविष्कारक, व्याख्याताका नाम तिनका कृति र भाष्यकारहरू मनभरि अटेसमटेस छन् । मेरो जीवनको आधी समय बेलायतमै बित्यो ।
कतिपल्ट यसलाई बिर्सन प्रयास पनि गरे तर नेपाली अक्षर लेख्न खोज्दा पनि अङ्ग्रेजी उर्लेर आउ“छन्, नेपाली सिर्जना गर्न खोज्दा पनि अङ्ग्रेजीले ठेलेर लडाउन खोज्छ । म आफ्नो सिर्जनाको यात्रामा सजिलो गरी हि“डिरहेको छुइन । मेरो शरीर यता तर चार दशकदेखि यो हंस बेलायतमै उडिरहेको छ । नइपलको विलिचन्द्रन् जस्तै म । धेरैपल्ट हुरी चलेका बेला टोपी उडेजस्तै, छाता फर्केजस्तै यस्तो भूमि नटेकी जीवनको घाम अस्ताउला कि भन्ने भयमा थिए“ । एक लाखभन्दा बढी नेपाली जम्मा भइसकेको ठाउ“, नेपालको एउटा प्रतिमा- अर्को सानो नेपाल । म तिनीहरूलाई हर्ेर्दै, तिनीहरूस“ग एकछिन बिसाएर, एकछिन सुस्ताउ“दै, थकाई मार्दै दर्ुइ वचन बोलेर फर्किन चाहन्छु । एक दृष्टि भेटेर फर्किन चाहन्छु । नेपालीत्व बचाउन उनीहरूले गरिरहेका सङ्र्घष्ाको झल्का हेरेर फर्किन चाहन्छु ।
यस्तै चिन्ता गर्दै काठमाडौं छोडेर एकाबिहानै जेट एयरबाट उडे“ । ह्रि्रो विमानस्थलको आगमनद्वारमा दर्ुइ साहित्यपे्रमीको स्वागतले म अभिभूत भए“ किनकि ती केवल व्यक्ति नभएर क्रमशः प्रवासी नेपाली साहित्य समाज -प्रभात) र अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज -अनेसास) बेलायत च्याप्टरका प्रतिनिधि थिए । ती थिए गोपी प्रर्साईं र विश्वासदीप तिगेला । यात्राले साहित्यलाई छोएको देखेर खुसी भए“ ।
लन्डनदेखि विश्वासको क्वाटर फोक्स्टोनमा पुग्दा मध्यरात भइसकेको थियो । त्यसभन्दा तल डोभर बीचमा समुद्र कराइरहेको, पारिपट्टकिो प|mान्सले नसुन्ने गरी । भोलिपल्ट फोक्स्टोनस्थित कम्युनिटी हलमा एउटा कार्यक्रममा भाग लिने अवसर मिल्यो । गोर्खा पल्टन बसेको अति रमणीय यो स्थानमा बेलायती संरचनामा बसेका धेरै नेपाली । एउटा विस्तृत बस्ती । प्रभातले आयोजना गरेको कार्यक्रममा गोर्खा मेजर शिवकुमार लिम्बू, ब्रिटिस फोर्सर्ेेब्रोड्कास्टिङ र्सर्भिसका खेम गुरुङ र विनोद खड्का, धीरेन शाक्यर्,र् इश्वर चाम्लिङ, काजीमान लिम्बू, मिलन चाम्सलगायतका धेरै भेटिए । त्यहा“ चाम्स प्रोड्क्सनले निर्माण गरेको ‘पश्चाताप’ को प्रिमियर शो भयो । नेपालीको बेलायती जीवनमा आधारित अत्यन्तै सफल फिल्म थियो । त्यसै अवसरमा विश्वकाजी र्राईको गीति एल्बम ‘उदाहरण’ को विमोचन भयो अनि मेलिना मानन्धरले खेलेको एउटा गीतको भिजुअल प्रस्तुत भयो । केही विचार र मन्तव्य प्रस्तुत भए । प्रभातले मलाई र धीरेन शाक्यलाई आभारपत्र अर्पण गर्यो ।
यो अविस्मरणीय अवसर थियो । मैले यहा“ नेपाली साहित्य र संस्कृतिका चिन्ता उठेको देखे“, त्यसमा समर्पित नेपाली देखे“ । उनीहरूले आफ्नै धरातलको निर्माणमा गरेको योगदान र र्समर्पण देखे“ । यो एउटा परिचयको खोजी थियो, जातीय गौरवको स्थापना र विस्तारको प्रयत्न थियो । भित्तामा ठूलो आकारको नेपाली झन्डा राखेर गरिएको कार्यक्रम राष्ट्रियतास“गै बा“धिएका नेपालीको प्रस्ट अभिव्यक्ति थियो ।
भोलिपल्ट भदौ सात गते विश्वासले लन्डन सहर पुर्याए । अत्यन्तै घमाइलो दिन । सफा आकाश र धर्ती, चिल्लो मार्ग, हामी निर्वाध गतिमा उड्यौं । दुवैतिर सङ्लो, निर्मल र सुनसान लाग्ने प्रकृति, वनस्पतिको हरियाली, गहु“ काटेका विशाल मैदान, माटो बर्ुर्बुर जोतिएका बारी, हरिया चौरी, ठूलठूला टाटेपाङ्गै्र बेलायती गाई निहुरेर चरिरहेको मैदानहरू, रूखवृक्ष र झोडीभित्र लुकिरहेका होचा घर, राता घोप्टे छाना सिसाका सेता झ्याल, माथि चिम्नी बसेका टुप्लुक्क । आधुनिकताले अप्रदूषित लाग्ने प्राचीनता बोकेका संरचना ।
यस्तो बेगवान् गतिको गाडीमा म चढेको रहेनछु । मध्य दिउ“सो हामी लन्डनस्थित मेरिटाइम ग्रिनबीच कलेजमा पुग्यौं । प्रवेशद्वारमा अन्तर्रर्ााट्रय नेपाली साहित्य समाज यूकेका अध्यक्ष हरि सिवाकोटी स्वागतमा थिए । टेम्स नदी किनारमा मलाई नेपालकै कुनै बौद्धिक सभामा उपस्थित भएझै लाग्यो किनकि यो कार्यक्रम नेपालीको, नेपालीमै, नेपाली साहित्यबारे थियो । जसको नाम ‘उत्तरआधुनिकतावाद र सान्दर्भिकता विषयक अन्तरक्रिया’ थियो । नीला अधिकारीको स्वागत मन्तव्यपश्चात् केही सिर्जना वाचन भए अनि जगत नवोदिन र गोपी प्रर्साईंले आ-आफ्ना उत्तरआधुनिक बोध प्रस्तुत गरे ।
मेरो पालोमा आज नेपाली साहित्य कसरी विविधतापर्ूण्ा, व्यापक र विस्तृत हु“दैछ भन्ने प्रसंगबाट थालनी गरे“ । खासगरी आजको साइबर संस्कृति र नया“ ज्ञानको ग्लोबलताले हामीलाई हिजोभन्दा भिन्न बनाएको छ र हाम्रा कर्महरूलाई विविधतापर्ूण्ा बनाइरहेको छ । यो भिन्नता र नवीनताको गति तीव्र छ । त्यसैले आजको नेपाली साहित्यको स्वरूप र विशेषता बुझ्न, बुझाउन पनि नवीन विश्वचेतना आवश्यक छ । आज अनेक वैकल्पिक चेतना र दृष्टिकोण आवश्यक छन् जसलाई परम्पराले पत्ता लगाउन सक्दैन ।
मैले थपे“- र्सवप्रथम साइबरीय चेतना र ज्ञानले साहित्य र संस्कृति हेरौं, लेखौं । दोस्रो उत्तरआधुनिक परिस्थितिले विविधता र बहुलतालाई आधार मान्ने हु“दा एकलतामुखी संरचनाबाट पाखा आउनु आवश्यक छ । स्थिरत्वका विरुद्धमा उठ्नु आवश्यक छ । त्यसो नगरे नवीनताको प्रशंसा गर्न सकि“दैन, विविधता देख्ने आ“खा खुल्दैन, किनारिएकाले केन्द्र निर्माण गर्न पाउ“दैन, पुरानो विनिर्मित हु“दैन । आज सारा फुक्लिनुपरेको छ, होसियारले भत्किनु परेको छ- केबल उत्क्रमणकारी विचारल,े नया“ दर्श्र्ााे त्यो कुरा हु“दैछ । नया“ नेपालको जग यही उत्तरआधुनिक चेतनामा अडेको छ ।
नेपाली साहित्य र संस्कृतिलाई यो नवीन विश्वदर्शनले प्रभावित र सञ्चालित गर्दैछ । त्यसैले गर्दा हामीले साइबरीय चेतना, युद्ध र द्वन्द्व, प्रकृति, नारी, बालबालिका, सीमान्तकृत, जातीय-जनजातीय रङ्गहरू, आन्दोलन र प्रयोगहरू, अनुवाद, विनिर्माणिक लेखन र पुनर्लेखनलाई आजको सिर्जना लहरले स्वागत गरिरहेको छ । परिणामस्वरूप मोफसलका र किनारिएका उठिरहेका छन्, टाढा डायास्पोरिक संस्कृतिका लेखनहरूले नवीन केन्द्र बनाइरहेका छन् । यी सारा कुराले आजको लेखन पुरानो संरचना भत्काएर अघि बढेको देखाउ“छ । यसले बहुकेन्द्रीयता अनि बहुसांस्कृतिक चेतनालाई स्वागत गर्छ । स्वतन्त्रता र सहअस्तित्वको चेतनालाई केन्द्रमा राख्छ । यसैअर्न्तर्गत डायास्पोरिक सिर्जनाको अध्ययन र मूल्यांकनतिर हाम्रो ध्यान जानर्ुपर्ने दिन आएको छ ।
मेरो भ्रमणको एउटा उद्देश्य पनि यस भूमिमा लेखिएको सिर्जनाको र्सर्भेक्षण गर्नु हो, र्सजकहरूसित भेटघाट गर्नु हो । आजको नेपाली साहित्य यो विश्वका अनेक केन्द्रबाट उत्पादित छ । यसलाई मूलधारीय लेखनसित जोडिएन भने अनेक डायास्पोरिक समुदायले दिएको साहित्यिक योगदानको अभिलेखन र मूल्यांकन गरिएन भने नेपाली साहित्य आंशिक र अनर्थपर्ूण्ा हुनेछ । अङ्ग्रेजी साहित्यले अनेक भेदहरू हर्ुकाएझैं नेपालीका पनि अनेक भेद मूललेखनस“ग जोड्नर्ुपर्छ । नत्र हाम्रो सारा प्रयत्न र्व्यर्थ हुनेछ । पछि गएर त्यसको क्षतिपर्ूर्ति मह“गो पर्नेछ । यसै चिन्तालाई हृदयमा राखेर म सबै महादेशका अनेक केन्द्रबाट नेपालीले गरेका साहित्यिक योगदानको अभिलेखन र मूल्यांकन गर्ने उद्देश्यले कोलम्बसीय यात्रामा पाइला उठाएको ह“ु । आज सशरीर भेटिरहनु आवश्यक छैन, आत्माले संवाद गर्ने, र्स्पर्श गर्ने सुविधा छ । यसमा बेलायती-नेपाली डायास्पोरा समुदायबाट ठूलो सहयोगको अपेक्षा गर्छर्ुु
त्यसपछि प्रश्नोत्तर कार्यक्रम भयो । सहभागीमध्ये विश्वासदीप तिगेला, गोपी सापकोटा, गणेश र्राई, जगत नवोदित, मिजास तेम्बे, धनहाङ सुब्बाहरू मेरा चिरपरिचित थिए । त्यहा“ नीला अधिकारी, होमनाथ शर्मा, दीपक भट्टर्राई, सुनिल अधिकारी, विदुर निरौला, विनोद न्यौपाने, मनीष श्रेष्ठ, खगेन्द्र पाठक, नरेन्द्र पौडेल, जया र्राई, तोयानाथ रिजाल, मञ्जु विमली, सन्तोष ढुंगानालगायतका प्रतिभा थिए भने मेरा आ“खाले दयाकृष्ण र्राई, टंक बनेम, रक्ष र्राई, चण्डिका भट्ट, देवेन्द्र खेरेस, मुलीवीर र्राईजस्ता स्रष्टालाई खोजिरहे । त्यो समयमा यसअघि कहिल्यै नउठेका प्रश्न आए- हाम्रो साहित्यलाई नेपालले कहा“ स्थान दि“दैछ – आज हाम्रा नानीहरू द्वैसांस्कृतिक, द्वैभाषिक चेपमा परेका छन्, तिनीहरूलाई स्वदेशले कसरी नेपाली भाषासाहित्य सिकाउन चाहन्छ – अब हाम्रो परिचयको सङ्र्घष्ाबारे कसले कसरी बोलिदिन्छ –
मसित यी प्रश्नको उत्तर थिएन, त्यसमाथि तल सडकमा टाढाटाढासम्म फलामे लिङ्गामाथि आकाशबत्ती बले, शान्त टेम्समा लहर उठ्यो । सबैस“ग बिदा मागेर हामी बाटो लाग्यौं । विश्वासले अब तीन घण्टाको ड्राइभिङमा घर पुर्याउने छन् । विन्डस्त्रिmनमा टा“सिएको स्याटलाइट नेभिगेटरले देखायो ११ः०४ बजे । हामी दक्षिण-पर्ूव ताकेर कालो सडक चिर्न लाग्यौं ।