‘कहिले त ?’ केटीले इसारा गरिन् ‘पछि’ डाक्टरले पनि इसारा फर्काए । मोबाइलको सेटनेरै मुख लगेर केटीले बिस्तारै सोधिन्– के बिहे छिनेको दिन पनि सार्न मिल्छ ? अनि के लगनलाई लकडाउन गरेर रोक्न सकिन्छ त ? डाक्टरले उत्तर दिए । बिरामीको चापले डाक्टरले धेरै बोल्न भ्यानन् । मोबाइलको पर्दामा डाक्टर छोपिए । केटीले धेरैबेर रित्तो मोबाइल हेरिरहिन् । कानैमा मोबाइल राखेर सुतिन् राति १२ः४५ बजे मेसेज आयो । लिखिएको थियो– निरुता म बुझ्छु तिमी प्रकृति हौ तिमीलाई सृष्टिको हतार । म शक्ति हुँ, मलाई सम्भार गर्ने दायित्व छ ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *