अस्तिन नेता ज्यु ले त्रीपाल खाए,जस्तापाता खाए। “पख्लास चुनाब आउन दे हाम्ले जान्या छम”। जनताहरु ले हिसाब राखे। सिङ्गै हवाइजहाज चपाइदिए। “हाम्रो पनि पालो आउँछ।यस्ता लाई बहिष्कार गर्नुपर्छ।” जनता ले फेरि चुनाब को बेला हरहिसाब चुक्ता गर्ने योजना बनाए। छाप्ने प्रेस किन्दा करोडौ डकारे।थर्काएर खुलेआम हसुरे। जनता को फेरि उहीँ डाइलग दोहोरियो। “हाम्ले एक एक हिसाब राखेका छौँ।पख्लास चुनाब आउन त दे”। देश लाई बिपत्ती पर्दा ओखती मुलो मा करोडौ हसुरेको गन्ध आयो। जनता न हुन।फेरि उही चुनाब कै कुरो दोहोरियो। यता नेता ज्यु प्रफुल्ल देखिए। “बल्ल अस्ति को चुनाब को खर्च जेनतेन उठ्यो।अझ दुई चार अरब लुट्न पाए आगामी चुनाब सजिलै जितिने थियो।”
Please follow and like us: