वुहानमा आतंकित नेपाली बिद्यार्थीहरूको उद्दार गरेर घर ल्याउने सरकारी प्रयास र सफलतालाई सलाम छ!
सम्भ्रान्त परिवारका थिए, तर नेपाली थिए|
युरोप, अस्ट्रेलिया तथा अमेरिकामा तनाब झेलिरहेकाहरूलाई आवस्यक जांजोपाँजो मिलाउन नेपाली राजदूतावासलाई सक्रिय बनाउने सूचना प्रवाह भएको छ उत्तम नै छ|
सशक्त परिवारका होलान् तर नेपाली नै हुन्|
*
भोको-पेट बस्ने नेपाली परिवारका सन्तान कहाँ छन्?
– खाडी
नेपाली अर्थतन्त्रको मेरूदण्ड कहाँ छ?
– खाडी
सबैभन्दा बढी नेपाली आप्रवासी कहाँ छन्?
– भारत
*
समय, समाजसंग सम्बन्ध-बिच्छेदमय छ|
हरेक राष्ट्रले सम्बन्ध-बिच्छेद गर्ने उर्दी जाहेर गरेका छन्! तिमीले नि उर्दी गरेका छौ, स्वीकारेका छन् मानिसहरूले!
मान्छे, मान्छेसंग बिच्छेद भएका छन्!
आफ्नै हातसंग सम्बन्ध-बिच्छेद गर्न बिबस छन्!
*
तिम्रो मेरुदण्डलाई मजबूत बनाउने खाडीबाट भोकको आवाज आइरहेछ!
मुम्बईबाट तीन महिनाको बच्चा बोकेर सातसय किलोमिटर पैदल आउने हिम्मत गरिरहेका छन्!
सम्बन्ध-बिच्छेदले यहीँ खोक्रिएको पेट चिच्याइरहेछ!
तर तिमी कहाँ छौ?
*
अनुरोध छ!
हाम्रो अभिभावक अर्ध-मृत रहेको आभास हुन नदेऊ!
मेरुदण्ड खोल!
कोरोनासंग आमुन्ने-सामुन्ने हुने यावतलाई सवल बनाऊ! आत्मबल बढाऊ!
सामुहिक भान्छाको व्यवस्था गर असमर्थहरूलाई!
सुरक्षित रहेको महसूस गराऊ!
समयलाई, सम्बन्ध-बिच्छेद हैन सम्बन्धमय बनाऊ!
र, तिमी निरन्तर हामीसंग आबध्द रहन सक्नेछौ!
*
मेरुदण्डका अन्य अवयवहरूसंग सम्बन्ध-बिच्छेद नगर!
ढुक्क बन!
हामी रहे तिम्रो मेरूदण्ड बलियो बनाउने नै छौं!
*
चाबहिल, काठमाडौं – ७