-सुरेन उप्रेती
आस्था त विभिन्न प्रकारका होलान् तर म मेरो धार्मिक आस्थाका बारे भन्दै छु । मलार्इ सानो छँदा देउता भने पछी सारै डर लाग्थो । देउता भनेका चाहीँ सारै अशल इमान्दार होलान् । पक्षपातको त प पनि गर्दैनन् भन्नेमा विश्वस्त थिँए । देउता भनेका फुटवल खेलका रेफ्री जस्तै हुन । कुनै कुनै रेफ्रि छोडेर । कुन खेलाडी कता गयो ,वललार्इ कता हान्यो । गल्ती कस्ले गर्यो ।गल्ती गर्नेलार्इ तुरून्तै कार्ड देखाएर लखेट्ने सम्म गर्छन् रेफ्रीले । भगवानले पनि त्यस्तै गर्लान् भन्ने मलार्इ विश्वाश थियो । अर्को तिर देउता खुशि भए भने विधा ,धन,बुद्दी आवस्यक जुनसुकै बस्तु पनि जुटार्इ दिन्छन् । विवेको महासागर जस्ता होलान् देउता भन्नेमा म विश्वश्त थिएँ । उनको पूजा आजा गरेर विहान चुर्लुक्कै सकिन्थ्यो । चण्डि,गीता त नित्यपाठ नगरी भात त के चिया पनि न पिउने । अझ कती किताव त मुखाग्रै बनाएको थिएँ ।जाडो गर्मी केहीले रोक्दैन थियो । पुषका कठाङग्रिने विहानमा पनि हिमालबाट बग्दै अएको तमरनदीको चिसो पानीमा चुर्लुम्म डुबेर नुहाउनु पर्ने मलार्इ । कति पटक त चिसाले समातेर महिना दिन सम्म पनि थला परेको छु । तर आफ्नो आस्थामा एक इन्च पनि तलमाथि आएन ।
बाटो हिँड्दा ठूलो रूख ,ठूलो ढुँगा देख्नु नहुने । ती त साँचिकै भगवानका वासस्थान जस्तो लाग्थ्यो । ती ढुँगा र रूखमा अविर लगाइदिएर पाती चढाउनै पर्ने । टाउको जरामा राखेर घोप्टो पर्दा सँगैका साथीले डाँडाकाटी सक्थे । अfफुभने हस्याङ र फस्याङ गर्दै गयो फेरि देउराली आउँछ । देउरालीलार्इ पाती र ढुँगा चढाउनै पर्यो । म सँग हिँड्दा कहिलै भनेको ठाउँमा बास बस्न नपुगिने ।त्यसैले मलार्इ लिएर बाटो हिँडन कोही पनि नमान्ने।
भात खाँदा पनि ,देउतालार्इ ,राजालार्इ चढाउँदा आधा भातै सकिने । उस्तै ठाउँमा वासबस्न पुगियो भने त आफुले भात चढाउँदा वरीपरि बसेका केटाकेटीले थुक निलेको देख्दा घाँटीबाट भात नै तल जान मान्दैन थियो । लोटा भरी पानीले कोक्ल्याक कोक्ल्याक पारेर आन्दोलन दवाउन पुलिसले हानेको पानीको फोहरा छोडेपछी मात्र घाँटीबाट तल झर्थ्यो । आफु बाहिर चुठ्न निस्किए पछी केटाकेटीहरू रहलपहल भातखान कुस्ती नै गर्थे । मलार्इ मेरा आस्थाका भगवान सँग झनक्क मायालागेर आउथ्यो । विचरा ती केटाकेटीको त्यो भात खाने रहर पनि पूरा नगर्ने भनेर । ती केटाकेटीहरू बिहानै दखि दाउरा घाँस,गार्इ बाखा चराउने गर्थे तर अहँ भगवानले कहिलै दयाको दृश्टी लगाएनन् । उनमा कहिलै दया पलाएन । । उस्तै उमेरका कती केटाकेटीहरू शहरमा भातखान नमानेर आधा भात फ्याFल्थे । तिनिहरूलार्इ न केही काम गर्नु पर्थ्यो न गार्इ बाखा चराउनु नै । खाजा र खाना बोकेर स्कुल जान्थे । मलार्इ यो पक्षपात देख्दा पनि भगवान सँग निक्कै वितिक्ष्णा जाग्न थाल्यो । ए बाबा मान्छेले त वास्ता गरेनन् गरेनन् भगवानले पनि वास्ता नगर्ने । बलियाले निर्धालार्इ सताउँदा मान्छेले न्याय नदिए पछि कमसेकम भगवानले त त्यो हेर्नु पर्छ । नत्र सोझो सिधाले कसरी बाँच्नु । के यो सन्सार भनेको बलहुनेहरूको मात्रै हो त जस्ता अनेक प्रश्नहरू आएर मेरो सोझोमनलार्इ हैरान बनाउँथे । अब म पनि यी भगवान भनेका को चैँ रहेछन् । सबै मान्छे किन यिनका पछाडी भाग्छन् भन्ने जिज्ञाशाको डोरी समातरेर पछिलागेँ । कहाँ यसको सोझो उतर पाइएला भनेर भैँतारिन थालेँ । कहाँबाट हो मोदनाथ प्रश्रितले लेखेको देवाशुर सँग्राम फेलापर्यो । के खोज्छस कानो आँखा । अब त सब भेद खुलीगयो नी भगवानको । कहाँबाट आए भगवानहरु देवीहरु केगर्थे को थिए । सबै फर्ररै भयो । तेहर्याएर चौहर्याएर पढें । त्यसै बेला मलार्इ काठमाणडै पढ्न जान मौका मिल्यो ।
काठमाणडैको बागवजारमा डेरा लिएर बस्न शुरू गरेँ । तर घरबेटी दिदी चाँही सारै धार्मिक प्रवृतिकी परिछन् । विहानै कमलादी गणेश मन्दिरमा गएर पूजाआजा गर्ने । मन्दिरबाट फर्कंदा उनको तिलचामले कपालका विचमा दुर्इ पहाड छुट्याउने खोलो जस्तै पारेर सिँउदोमा सिँदुर भरेको हुन्थ्यो । निधारमा र गालामा चन्दन र विगुत दलेको हुन्थ्यो । हातमा अलिकति फूलपाति फलफूल र सिंदुर र वेलपत्तामा चन्दन ल्याउन चाहिँ छुटाउँदिन थिन् । झट्ट देख्नेहरु उनलार्इ कुनै भिक्षुणी भन्दा फरक देख्दैन थिए । अझ उनी तीन शब्द वोल्दा एउटा शव्दमात्र खास कुरो भन्थीन ।बाँकी दुर्इ शब्द चैं राम राम भन्थिन । उनको पुरै जीवन नै भगवान भक्तिमा लिन भएझैं लाग्दथ्यो । मन्दिरबाट फर्किएर आए पछि पनि ती घण्टा सम्म पाठ पूजामा नै हुन्थिन् ।
घरभेटी दिदीहरु चौथो तलामा बस्थे ।उनीहरुको भान्सा र पूजाकोठा चैं पाँचौ तलामा निकालेको थियो । घरको पछाडि पट्टी भूँइतलामा पानीको धारा र ट्ववाइलेट थियो । त्यो धारा खोले पछी माथि पाँच तलामा चैं पानी चढदैन थियो । दिदी पूजा गर्ने पानी चैं आफैं भरेर माथि लान्थिन् । पानी बोकेर माथि जाँदा विनावी भनेर एम्वुलेन्सको साइरन जस्तो श्वरले विहान चार बजे तिर चिच्याउँदै काठको भर्याङ बजाउँदै माथि चढथिन् । कसैले अन्जानबस ढोकाबाट बाहिर पाइला राखेको थाहा पाइन भने पानी घ्याप्पै घोप्टयाएर तथा नाम बर्बराउँन थाल्थिन् । लाग्थ्यो उनी दुर्भाषा ऋषि नै हुन् । भेटिन भने सखापै पार्छिन् । उनले भनेको श्राप लाग्ने हो भने त्यो मान्छै पाँच मिनेट पनि टिक्दैन थियो होला ।
महिना मर्नु एक दिन अगाडि नै बिहान पाँच बजे आएर ढोका ढकढक्याउन थाल्थिन् । आँखा मिच्दै ढोका खोलेर हेर्यो दुर्भाषा दिदी ढोकाका दुर्इ तिर हात राखेर बाटो छेकेर बसेकी हुन्छिन् । ए वावु आज त महिनाको अन्तिम दिन हो नी भोली देखि बस्ने मन छ की छैन । भाडा त तिर्नु पर्यो नी । ढिला सम्म पढेर भर्खरै मात्र निधाएका विधार्थीको त हुर्मतै हुने ।
घर बेटीका दुर्इजना कलेज पढ्दै गरेका छोराहरु थिए । बुढामान्छे भने बबरमहल तिर सरकारी अफिसमा नासु थिए । एउटी विवाह गरेर गएकी छोरी कहिले काँहीमात्र आउँथिन। घरमा अर्की एउटी महिला पनि बस्थिन । उनो्लर्इ सबैले कान्छी दिदि भनेर सम्वोधन गर्थे । छोटोक कपालकाटेकी फाटेको चोलो र पुरानो छोटो सारी प्रायश उनको परियचय हुन्थ्यो । काठमाण्डौको पुषमाघे जाडोमा पनि उनका खुट्टाले जुत्ता चप्पल छुन पाएका थिएनन् । पत्रै पत्र भएर फुटेका कुर्कुच्चा र पैतालामा रगत डव्डवाएको प्रश्टै देखिन्थ्यो । उनी त्यस घरमा पानी ल्याउने भाँडाहरु माझ्ने घर भर्याड पुच्छ्नै आदिकाममा निरन्तर खट्थिन् । कहिले काँहि भर्याङ् पुच्छेको भएन भन्दै राम राम दिदीले भर्याङबाट घिसार्दै पाँचौ तलाबाट भूर्इ सम्म ल्याउँथिन् । उनको शरिर रक्ताम्मे हुन्थ्यो । उनको भात पानी बन्द हुन्थ्यो । उनी भोकै भौंतारिंदै भाडाका कोठामा बस्ने मान्छेहरु सँग चिया खान आठाना देउन भन्दै हात पसार्थिन् । दन्तमन्जन र ब्रस नदेखेका उनका दाँतहरुले उनमा गरिएको अमानविय यातनाको पर्दाफास गरी रहेको हुन्थ्यो । उनी सडक वालवालिका भन्दा कठोर अबस्थाबाट गुज्रिएको कुरा उनको मलिन अनुहार र पहिरनले प्रश्ट्याउँथ्यो ।
समय वित्दै जाँदा ती कान्छी दिदीको बारेमा पनि थोर वहुत थाहा हुँदै गयो । उनी पू्र्व एक नम्वर तिर जन्मिएकी रहिछन् । उनको वालविवाह भएछ । उनी १५ २६ बर्षकी हुँदा उनका श्रीमानले परंम्धामको बाटो पक्डेछन् । उनको रेख देख गर्न उनका दाजु भाउजु काठमाण्डु आएछन् । विस्तारै ती कान्छी दिदी काम गर्नेमा परिणत भर्इ छन् र ती भाउजु राम राम दिदी घरवेटी भैछन् । उनका नासु दाजु पनि बहिनीले पाँचतला माथि घैलामा बोकेर ल्याएको पानी तताएर नुहाउँछन् । एक घण्टा पूजा गर्छन् । छोराहरु पनि त्यही कान्छी दिदीले तप तप आँशु झार्दै ल्याएको पानी तताएर नुहाउछन् । पूजा गर्छन र राता टिको लगाएर क्याम्पस पढन जान्छन् । यो सबै जाने पछि मेरो आस्थामा ठूलो आघात पर्यो । मेरो सोझो मनले के महषुस गर्यो भने जो बढी धार्मिक आडम्वरको ढोङ गर्छ । उसले तेती नै धेरै अपराधहरु लुकाएको हुन्छ । त्यो पापको प्रायश्चित्त गर्नका लागि यो सबै नौटंकी गर्दा रहेछन् । उनीहरु विवेक सुन्य बन्दै जाँदा रहेछन् भन्ने महुषुस गर्यो । त्यस्तो एक अबोध वालविधवा माथि यस्तो अत्याचार हुन्छ भने खै भगवान । के को आस्था । मेरो मन सारै कुँडियो । त्यस पछी कुनै मन्दिर मश्जिद चर्च आदिका अगाडि मेरो शिर झुक्न छोड्यो । आस्था सबै पानी पानी भएर गयो ।
श्रोत : आइनेपाल डट ओआरजी