‘‘भोलिदेखि तेरो नोकरी पक्का ! बिहान घरको काम सकेर नोकरीमा जानु र फर्केर फेरि घरको काममा लाग्नु बुझिस् ?’’ तीन वर्ष अघिदेखि म वहाँको घरमा बगैंचामा काम गर्ने तथा खाना पकाउने काममा लागेको हुँ । ‘‘तेरो तलब साढे तीन सय पचास हुन्छ । तर त्यत्रो पैसाको तँलाई आवश्यकता छैन । घरमा खाइहाल्छस्, लाइहाल्छस् । पचास रुपैयाँ पकेट खर्च गर्नु, अरु तीनसय चैं मलाई बुझाउनु बुझिस् ?’’ म खंग्रङ्ग भएँ । महिनाभरको पसिनाको मोल पचास रुपैयाँ रे ! घरमा के पठाउनु ? तर वहाँ मालिकको आदेश स्वीकार गर्नु बाहेक मेरो अर्को कुनै बिकल्प थिएन, प्रतिवाद गर्नुको अर्थ हो– पुनः भोको पेट लिएर गल्ली–गल्ली चाहार्नु । गरिबको पसिनाले त सामन्तीको कहिल्यै भलो नहोस, मनमनै गाली गर्दै, प्रत्यक्षमा चाहिँ जवाफ दिएँ ‘‘हवस् हजुर ।’’ मैले नोकरी गरेको अब त एक वर्ष पुगिसक्यो । आफ्नो पसिनाको पैसाले आफूलाई र घरका परिवारलाई केही गर्न नसके पनि एउटा कुराको चाहिँ मलाई ठूलो गर्व छ कि समाजको अगाडि एक प्रतिष्ठित गनिने मेरो सामन्ती मालिकलाई मैले नै पालिरहेछु ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *