नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमान स्थलको प्रस्थान कक्षको प्रतिक्षालय, यात्रुहरूले खचाखच भरिएको छ । त्यस कक्षमा सबैलाई बस्न पुग्ने मेच छैनन् । कोही यात्रु उभ्भिएका छन । कोही समय बिताउन यताउती घुमिरहेछन । कोही गफमा मस्त छन । सबै जना आआफनो गन्तव्यसम्म पुग्ने प्लेनमा जाने बोलावटको पर्खाईमा छन । समय बिताउन हो वा जरुरी परेर हो कोही कोही फोनमा ब्यस्त देखिए । यस्तैमा एक श्याम वर्णका मोटे मान्छे फोनमा ब्यस्त देखियो । सबैको ध्यान आकृष्ट गर्दै फोनमा अलि चर्को स्वरमा झर्किदै बोल्दै थियो । उसले बोलेको एउटा शब्दले त्यहाँ उपस्थित स्वाभिमानी नेपालीहरूको शीर शरमले झुक्यो । आपसमा नजर मिलाउनपनिसकेनन् । अनि मनमनै सोचे “अहो, स्वफाईदाको लागि हाम्रा मन्त्रीहरू कतिसम्म गिर्दा रहेछन । यस्ता ऐरे गैरेलेसम्म हाम्रो आफनै ठाउँमा आएर यसरी हेपेर हप्काएर बोल्न सक्ने भनेपछि हाम्रा मन्त्रीहरूको औकात कहाँ र कतिसम्मको रहेछ त ? खै कसलाई हो ऊ गर्जिँदै भन्दै थियो, ‘हाहा, वह साला मन्त्रीको कहदो उसका बेटाका काम हो जाएगा ।”

सुशीला देउजा जनमत २०७२ असार

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *