‘गोर्खा ब्रिगेड’ सन् १८१५ देखि अहिलेसम्म (लगभग २०५ वर्षसम्म) ब्रिटिसले नेपाली युवाहरुलाई सेनाको रुपमा लगेर बाटा जुत्ता भन्दा पनि मनोमानि ढंगले टेकिएको इतिहास हो । यो लाखौं महिला, केटाकेटी र युवाहरुको आँशु र रगतको पीडादायि कथा हो, व्यथा हो । यस पुस्तक भित्र यही पीडाहरु जुन कल्पना भन्दा धेरै गहिरो गहिरो भएको पाइन्छ । यो विश्व महामारीको समयमा यो पुस्तक पढिसक्दा मनमा केहीकुरा उब्जिएको हुनाले लेख्ने प्रयास गरेको छु ।

भूत्पूर्व ब्रिटिस गोर्खा सैनिकहरुले लगभग बिगत ३० वर्षबाट ब्रिटिस सरकारबाट हुँदै आएको अन्याय र असमान्ताको बिरुद्धमा आन्दोलन लड्दै आएको छ । यसरी लड्ने पहिलो संघ गेसो हो । यसका नेतृत्व पदम बहादुर गुरुङले गरेका थिए । यसको समाधान सन् २००९ मा नै भइसकेको पदम बहादुरले नै घोषणा गरेका थिए । त्यसका पाटोहरु जेभएपनि अहिलेसम्म यो मुद्दा समाप्त भएको छैन । समान्ता र न्यायका लागि सबै भूपुहरु एकजुट हुँदै लडिरहेका छन् । गेसो स्वयम भूपु गोर्खाहरुको मोर्चा (सत्याग्रह) सँग आन्दोलनमा सहकार्य गर्न जुटिरहेको छ ।

आन्दोलनको यो समयावधिमा विभिन्न पुस्तकहरु लेखिएको भएता पनि यस पुुस्तकले ब्रिटिस गोर्खाहरु माथि भएका विभेदका छिपेका खण्डहरहरु छताछुल्ल बनाइदिएका छन् । ब्रिटिसले गोर्खा सैनिकलाई पहिलो, दोस्रो विश्वयुद्ध र अन्य विभिन्न युद्ध अगाडि, युद्धहरुमा र युद्ध पछाडि गरेका विभेदकारी दूव्र्यवहारहरु बाटा चप्पल टेकिएको भन्दा पनि मनोमानी रहेको इतिहास यस पुस्तकले छर्लङ्ग्याइदिएको छ । विश्वसामु पैmल्याइदिएको छ । यस पुस्तकका लेखक प्रा. डा. युवराज संग्रौला हुन् । लेखकले पहिलो र दोस्रो विश्व युद्धमा मारिएका ब्रिटिस गोर्खा (नेपाली नागरिक) हरुको फिगर अनुसन्धानात्मक रुपमा एक्किन गरेका छन् ।

हाम्रो बहादुरी, इमानदारिता, दृढ संकल्प सहितको विरताको गुणलाई जन्मजात हत्याराको रुपमा प्रचार गरेकोमा लेखक क्रुद्ध भएका छन् । पुस्तक पढ्दैजाँदा लेखक नेपाल सरकार प्रति सन्तुष्ट छैनन । यो मामिलामा सरकार र सबै राष्ट्र प्रेमी नेपाली जनता एकैसाथ लड्नुपर्छ भन्ने मान्यतामा रहेको पाइन्छ । नेपाल सरकार र राजनीतिज्ञहरुलाई सावधान गराएका छन् किनभने भूपुहरुको यो मुद्दा जनजाती समुदायको पीडासँग जोडिएको देखेका छन् । नेपाल र बेलायतको बिचमा सन् १९५० मा शान्ति तथा मैत्री सन्धि भएको पाइन्छ । अन्य पुस्तक तथा लेखहरुमा यो पाइएको थिएन । यो सन्धिले यस अगाडिका सबै सन्धिहरु खारेज गरेको छ भनिएको छ । यो सुन्दा खुट्टा लुलो भएर आउँछ । आफ्नो सरकारले हामीलाई बिना सन्धि यसरी किन अरुको दास बनाउन दिएको होला भन्ने लाग्छ । यस पुस्तकमा लेखिएका विभेदका श्रृङ्खलाहरु हेर्दा मानवीयता र नैतिकताको आधारमा ब्रिटिसले उसको देश दिएपनि क्षती पूर्ती हुन सक्दैन भन्ने महसुस हुन्छ । यो पुस्तक पढिसक्दा निम्न कुराहरुपनि म भित्र उपस्थित भए –

क) कसम अनुसार समर्पित उसको राज्यको रक्षक र साम्राज्य निर्माणकर्ता गोर्खाहरुलाई ब्रिटिसले किन विभेद गरिरहेको हो त भन्ने मेरो मनमा रहेको प्रश्नको उत्तरहरु पाएजस्तो लाग्यो । पहिलो; गोर्खा भर्तीको प्रारम्भ नै युद्ध बन्दिहरुबाट भएको रहेछ । यसलाई जंगबहादुर बाहेकका सबै सरकार प्रमुखहरु जनता बेचेर रोयल्टि वापत रकम असुल्न नै लागि रहे । आफ्नो सत्ता सुरक्षामै जुटि रहे । उता ब्रिटिस गोर्खाहरु युद्ध बन्दि थिएभने यता सरकार रोयल्टि र सत्ता बाहेक केही नदेख्ने भएपछि पत्याउनु पर्ने कसलाई ? त्यसैले अहिलेसम्म हेपिरहेको छ र ऊ न्याय दिन चाहँदैन ।

ख) यसको निराकरण गर्न नेपालको कुनैपनि राजनैतिक पार्टिहरुको इच्छा, चेष्टा नै छैन । समाधान हुनुपर्छ भन्ने मनोभाव नै छैन । मुद्दाको पाटो कुट्नैतिक छ । राजदूतहरु, सचिवहरु कुटनैतिक कुर्सिमा बसेर सबै आफ्नै दूनो सोझाउने र गोरासँग लुगलुग काँपेको पाइन्छ । हुतिहाराहरु जसले आफ्नै स्वार्थको लागि आफ्नै देशका जनता स्वार्थका लागि बेच्छन् र उसको अगाडि बोल्नै सक्दैनन् तिनीहरुलाई देश बाहिरबाट लुटेर ल्याएको सम्पत्ति दिने किन भन्ने पनि ब्रिटिसले सोचेको हुनुपर्छ । यस कारण न्याय दिने किन ?

ग) ब्रिटिस गोर्खामा भर्तीहुने समुह र उनिहरुको समुदायको चेतनाको तह अझ निक्कै लुलो छ र यो ब्रिटिसलाई थाहा नहुने कुरै भएन । यसकारण जति ढाँट्दापनि हुने देखेर नै ऊ निरन्तर आलटाल गर्न तम्सिरहेको छ ।

घ) आन्दोलन गर्ने भुपुहरु पनि राजनैतिक समुहमा स्वार्थगत रुपमा बिभाजित भएको कारणले ब्रिटिसलाई सजिलो भएको थियो र अहिले पनि त्यो फाइदा हुनसक्ने आशा गरेको छ ।

ङ) तुलनात्मक हिसावमा नेपाली जनता र सरकार भन्दा ब्रिटिस सरकार राष्ट्रियताको हकमा एकढिक्का हुनुको साथै सयौँ गुणा व्यवस्थित पनि छ र यसको अहंकार पनि छ, ऊसँग ।

च) गोर्खा भर्ती लगभग प्रारम्भबाट नै केवल ब्रिटिसलाई रिझाउने गरी प्रयोग गरिँदै आएकोले ब्रिटिस त्यो निरन्तरता गुमाउन चाहँदैन । अप्ठेरोमा परेको अवस्थामा कुटनैतिक तवरले भारतको स्वार्थको आड लागेर धम्क्याएर भएपनि यो विभेदलाई कायम राख्न चाहन्छ ।

छ) पैसाको मामलामा ब्रिटिस धेरै चुइँया छ । यो उसको संस्कार नै मान्दा हुन्छ । यसको कारण केहो भने देशको आयको लागि प्राकृतिक श्रोत छैन । गोर्खाहरुलाई समान्ताको न्याय दिँदा राज्यको ठूलो रकम बाहिर जान्छ । यो सबै इतिहास ब्रिटिस नागरिकलाई बुझायोे भने ब्रिटिस जनताको गोर्खाहरु प्रतिको मत अहिलेकै जस्तो नरहन सक्छ । तीन वर्षमा छुट्टि आउँदा हङ्कङ्मा ४/५ दिन किनमेलका लागि बिदा दिन्थे तर बेलायतबाट आउँदा ८/१० दिनै दिन्थे । यसको कारण हो पैसा । उनीहरुको यही क्यारेक्टर बुझेर कुनै दिन साथिहरुसँग भनेको थिएँ – यदि पेन्सन बढाउने नै भयो भने पहिले हामीलाई उसको देशमा बस्ने भिषा दिन्छ । अन्ततः यहि ग¥यो उसले ।

ज) सन् १९५० मा नेपाल र बेलायतको बिचमा शान्ति तथा मैत्री सन्धि भएको रहेछ । यस सन्धिले यस अगाडिका सबै सम्झौताहरु खारेज भएको भन्ने बुझियो । अहिलेसम्म यो विषय कसैले पनि अगाडि ल्याएको थिएन । किन ? यसले थोरै मनमा खुल्दुली हुन्छ । यो सन्धि भएपछि, ब्रिटिस गोर्खा सिपाहिलाई के भत्ता सुविधा दिने नदिने वा कत्ति दिने भन्ने कुरा उनकै देश र अन्तराष्ट्रिय कानुनहरुको परिधिले नभेटेसम्म ब्रिटिसकौ तजबिजमा रहन्छ कि रहँदैन ? यो सन्धिको उपस्थितिले नेपालको दाबि कमजोर भएर जान्छ कि जाँदैन ? भविष्यमा कुनै मुद्दा परेको खण्डमा यसले बेलायतलाई कुनै न कुनै हदमा बलियो पक्षमा राख्छ नै । यो सन्धिको विषयमा सरकाको भनाई के हो ? किन र कसरी यसतो सन्धि गरेको हो ? हामी यो विषयमा स्पष्ट हुन आवश्यक पर्छ की पर्दैन ?

झ) यो विभेदको समाधानको लागि नेपाल राष्ट्रलाई, राष्ट्रको रुपमा विकास गर्दै नेपाल राष्ट्रको जस्तो राष्ट्रवादी एवम् स्वभिमानि सरकार निर्माण हुनुपर्छ नै । सरकार स्वतन्त्र, निःस्वार्थ र निस्पक्ष हुनु आवश्यक छ । थोत्रो भएपनि त्यही सत्तामा लिप्त भैरहने हो भने यो समस्याको समाधानको लागि हामीले अनुकुल समय पर्खनु पर्छ । यो सरकारको आशा गरेर हुँदैन । नयाँ सन्धि सम्झौता सरकारले नगरेसम्म पनि हुँदैन ।

ञ) गोर्खाहरुको समान्ताको मुद्दाको तगारो रक्षामन्त्रालयका गोराहरु मात्रै हो भन्ने बुझाइ थियो तर यो पुस्तक पढे पछि त्यो गलत साबित हुन्छ । यो असमान्ता र अन्याय भएको विषय सरकार, पार्टिहरु, न्यायलय सबैलाई थाहा छ तर समाधान गर्दैनन् । यो सुनियोजित तवरमा नेपालको राष्ट्रियता माथिको खेलबाड भएको उल्लेख पाइन्छ ।

ट) अहिलेसम्म तलव, पेन्सन र अन्य सुविधाहरु जे जति बृद्धि भयो यो आन्दोलनको कारण हो भन्ने कुरोमा फरक मत निश्चय छैन । कोसोभो युद्धमा सार्जन्ट बलराम राईकोे मृत्युभएपछि पाउने ग्र्याजुटी रकममा सँगैमरेको गोराको भन्दा अत्यधिक फरक परेको विश्वले देखेपछि विभेदको रुप छर्लङ्ग भएको थियो । बलराम राईको मृत्यु आन्दोलनको ठूलो कडिको रुपमा रहेको निश्चय नकार्न सकिन्न ।

ठ) समान्ताको यो मुद्दा लड्ने नै हो भने, ब्रिटिससँग केही पाउनको लागि नसोचेर जित्नको लागि लड्नु पर्ने देखिन्छ र यो अभैm निक्कै कठोर पनि छ । देश भक्तिपूर्ण आन्दोलनको रुपमा सरकार, जनता र सबै भूपुहरु एकैसाथ उठन अनिवार्य छ । जय गोर्खा !

२०७७ बैसाख १ ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *