जब
आमा ,म र भाइ बहिनी
बाको छायाँ देखेर पनि तर्सिन्थ्यौ
त्यस बेला
यस्तो लाग्थ्यो –
मेरो बा सबै भन्दा भयानक
र शक्तिशाली हुनुहुन्छ !
समयसंगै म पनि दौडिदै थिए…… १
जब हजुर बा देखेर
मेरी हजुर आमा ,
मेरा काकाहरु र
मेरा बा समेत
हजुरबाको छायाँ देखेर डराउनु हुन्थ्यो
यस्तो लाग्थ्यो –
मेरो बा भन्दा
अरु गाउँलेहरु भन्दा
मेरो हजुरबा भयानक
र शक्तिशाली हुनुहुन्छ !
समयसंगै म पनि दौडिदै थिए ……….३
जब राजा
वीरेन्द्र मेरा गाउँमा आए
र मेरा हजुरबा लगायत
सैनिक, पुलिस र मान्छेहरु समेत
राजासंग डराए
त्यो देखेर यस्तो लाग्थ्यो
मेरा हजुर बा र अन्य भन्दा पनि
राजा भयंकर र शक्तिशाली रहेछन !
समयसंगै म पनि दौडदै थिए …..४
जव राजसंस्था पनि
ठूलाशक्तिका अगाडि
घूंडा टेक्न पुग्यो
तासको महलसरी
विश्वासै गर्न नसक्ने गरि
गर्लम गुर्लुम ढल्न पुग्यो
त्यो देखेर यस्तो लाग्थ्यो
आन्तरिक भन्दा पनि बाह्य पो
भयानक र शक्तिशाली रहेछ !
समयसंगै म पनि दौडदै थिए ….५
जब सूचना र संचारले
घरकै कोठा भित्रका टी भीहरुमा
आधुनिकविज्ञानले फूर्ती लगाउदै –
नासाले अर्कै ग्रहमा
बस्ने योग्य ठाउँ खोज्दै छ भन्यो,
चीनले जून र घाम बनाउदै छ भनेर सुनायो ,
जापानले
अन्तरिक्ष पुग्ने भर्याङ्ग बनाउदै छ भन्न भ्यायो ,
त्यति मात्र कहाँ हो र गाँठे –
खै कसले हो कुन्नी ?
बिहे गर्नै नपर्ने ,
सन्तान पाउनै नपर्ने ,
मान्छेले सोच्नै नपर्ने
रोबर्ट र चिप्स वनाउदै छन भनेर
खोक्नु खोक्यो !
इश्वर – सिश्वर छैन भन्यो ,
आधुनिक विज्ञान न हो,
मार्नु बुर्किसी मार्यो
बुर्किसी मार्दै
रंगी चंगी रंगिएका
उत्ताउला प्रोक्सीहरुलाई भोग्दा
यस्तो लाग्थ्यो कि –
त्यो इश्वर भन्दा
प्रत्यक्ष यी मान्छे पो शक्तिशाली र भयानक रहेछन !
किन्तु कोल्टे फेरेको छ वर्तमान
समयसंगै म पनि दौडिदै छु कि रोकिदै छु कुन्नि …….?
किंकर्तव्यविमूढ भएर
टी भीका स्क्रिनहरुमा
विश्व नियाली रहेछु
र देखि रहेछु
जिंग्रिंग परेको
बुढो एफिल टावर
र उदेक मानेर
एक्लै मशाल उठाएकी
स्टाचु अफ लिबर्टी
रित्तो लन्डन आइ र
इजिप्टको उराठ लाग्दो पिरामिड
अनि
सुन सान रोमको भेटिकन र
अर्थहीन लमतन्न
तनक्क तन्किएको ग्रेटवाल
सौन्दर्यहिन बन्दै गएको
ताजमहल
आफै कोराईन्टाईनमा थला परेको
आधुनिकविज्ञान
र निरुत्तरित बनेका
मान्छेहरुलाइ लत्याउदै –
पुरै शहरहरुलाई नै
रित्तो बनाएर
मृत्युको शंख फूक्दै
छमछम्ति नाचिरहेछ
कोरोनारुपि कोवीड १९ राक्षस !
उसैको मात्रपदचाप
र सुस्त सरसराहट सुनेर
अब यस्तो लाग्न थाल्यो
अन्तिम सत्य
भष्मासुर रुपि मानवको
आधुनिक विज्ञान भन्दा
शिवको आध्यात्मिक विज्ञान पो भयानक र शक्ति शाली रहेछ!
प्रेम शाली घिमिरे, काठमाडौं

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *