छैन मसित त्यस्तो केही छैन
चिटिक्क रूप
कुवेरको धन
लाली यौवन
पवित्र जवानी

साँंच्चै त्यस्तो केही छैन मसित
जुन बिकोस्

  • तिम्रो बजारमा
    जुन सजियोस्
  • तिम्रो घरमा
    मेनुमा हालियोस्
  • तिम्रो होटेलमा
    सार्वजनिक गरियोस्
  • स्टक एक्सचेन्जमा ।

चाहिँदैन
अहँ
कसैलाई चाहिँदैन

सबैले खोज्ने
तर
कसैलाई नचाहिने
मसित केवल
इमान छ ।

मलाई थाहा छ
त्यसले
सबैभन्दा बढी खरिदवबिक्री भोग्छ ।

अरू त सबै तिमीलाई
नामसारी दिइसकेको छु

  • itihaasa इत्तिहास र संस्कृति
  • संस्कार र सम्पदा
  • भाषा र धर्म

मसित अझै
तिमीले खोस्न खोजेको
केही खतरनाक कुरा बाँकी छन्-

पहिलो

  • तिमीले उहिल्यै बहिस्कार गरिसकेको
    साँस्कृतिक पहिचान

दोस्रो

  • तिमीले ओठबाट खोस्न चाहेर पनि नसकेको
    आदिवासी मुस्कान

तेस्रो

  • तिमीले जलाएर, भत्काएर बाँकी रहेको
    मौलिक धरोहर
    जसलाई बनाउन सक्ने
    शक्ति, सामर्थ्य र शिल्प तिम्रो रगतमै छैन ।

भन त तिमीसित
बुद्ध छ ?

  • भक्तपुर
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *