जित निश्चित हुँदा पनि हार्नुको मज्ज बेग्लै छ
पीडासबै आफैलिइ खुसी मार्नुको मज्जा बेग्लै छ
बिछोडको चोटले छाती चिरिदा कहिलेकाहीं
थकित स्वरमा आँशु झार्नुको मज्जा बेग्लै छ ।।
लम्बाई के चौडाई के मलाई नसोध
पिरतीको गहिराई मलाई नसोध
म त आफै घाइते मान्छे
चोटको दबाई मलाई नसोध ।।
सम्झना घटाउन पाए
याद अन्तै खटाउन पाए
फेरि जिउन थाल्थे होला
मनैबाट तिम्लाई हटाउन पाए ।।
सम्झी हिज पोल्छ मन
नचाहेरपनि बोल्छ मन
सुन्दैजाऊ है साथी हो
व्यथाको पोको खोल्छ मन ।
– समीर
Please follow and like us: