सफलताको ताज शिरमा हरेकको हुन्छ
बिराएमा बाटो,जीवन भिरमा हरेकको हुन्छ

आँखै पिच्छे फरक हुन्छ दृश्य,
टिलपिल अँश्रु, पिरमा हरेकको हुन्छ

योजना र कार्यान्वयन नमिलेसी हरे!
क्यै लाग्दैन, खुट्टा भिरमा हरेकको हुन्छ

को चाहन्छ र खान तितो, टर्रो,
लोभी आँखा खिरमा हरेकको हुन्छ

वारि र पारिको रोजाइ फरक,
निर्णय खोलिको तिरमा हरेकको हुन्छ

छिटो र छरितोभन्दा पनि उपायहरु,
कर्तव्यनिष्ठ भएपछि, मन थिरमा हरेकको हुन्छ

सफलताको ताज शिरमा हरेकको हुन्छ
बिराएमा बाटो,जीवन भिरमा हरेकको हुन्छ

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *