यात्राको तेस्रो दिन अपराह्ण देहरादून पुगेदेखि नै मन अत्यन्त उत्सुक
थियो— ऐतिहासिक महŒवको किल्ला नालापानीबारे थाहा पाउन । कहाँ, कता र कति
टाढा पर्ने रहेछ भन्ने उत्सुकताले झोला पनि थन्कोमन्को नगरी नजिकै उपस्थित
व्यक्तिहरूलाई सोधपुछ गर्न थालियो । कता–कता आत्मीयता र आफन्तपनको आभास
देहरादूनको हावामा मिसिएको जस्तो लागिरह्यो । जति उत्सुकता र उल्लास भित्र
थियो, त्यो बाहिर देखाउन मिल्ने अवस्था भने थिएन ।
सोध्नेबित्तिकै नेपालको इतिहासमा त्यत्रो महŒव दिइएको महान् युद्ध
लडिएको किल्लाका बारेमा सबैलाई राम्रो जानकारी होला र त्यहाँका हरेक मान्छेले
यसलाई स्पष्टसँग बुझेका होलान् भन्ने भावनामा ठेस लाग्न सुरु भयो । पहिलो,
दोस्रो, तेस्रो व्यक्ति कसैले पनि नालापानी किल्लाबारे जानकारी नभएको जनाए ।
जोसँग सोधे पनि त्यस्तै जवाफ आयो । एक जनाले नालापानी भन्ने गाउँ छ र त्यो
त्यहाँबाट आठ कि.मि. टाढा रहेकोसम्म जानकारी दियो । तर, उसले पनि त्यहाँ
कुनै किल्ला छ भन्ने थाहा नभएको कुरा बतायो । मलगायत केही साथीहरू यताउता
गर्दै, भेटिएजतिलाई सोध्दै थियौँ भने केही साथीहरू बस्ने होटलको व्यवस्थामा
लागेका थिए । देहरादूनको व्यस्त मानिने प्रिन्स चोकमा हामी थियौँ । मलाई खल्लो
लाग्यो । सोचेँ— यति धेरै मानिसहरूसँग सोध्दा पनि किन कसैले बताउन सकेनन्
श्रीराम पाण्डे
द्ध ः शाल्मलि
? के त्यत्रो ऐतिहासिक महŒवको त्यस ठाउँको बारेमा यहाँका मानिसहरूलाई चासो
नै थिएन ? मैले सुनेको थिएँ— देहरादूनमा नेपालीहरूको ठूलै बस्ती छ रे । मनमा
एउटा आशा पलायो— त्यो पत्ता लगाउन सकियो भने त अवश्य नै नालापानी किल्ला
पुग्न सकिन्छ !
मौसम सफा थियो; अलि चिसो । अपराह्णको लगभग तीन÷चार बजेको
थियो होला; घडी थियो, हेरिएन क्यारे ! उत्तरतिर अलि परै तेर्सिएको अग्लो पहाड,
त्यसको फेदमै जस्तो विशाल पैmलावटमा लमतन्न परेको देहरादून शहर आँखालाई
बिझाउने खालको कुनै दृश्य नभएकाले राम्रो लागेको थियो । शहरैभरि जताततै
खानेपानीका निम्ति भनेर बनाइएका ठूला–ठूला ओभरहेड ट्याङ्कहरू देखिन्थे । सडक
सफा थियो । सबै कुरा व्यवस्थित लाग्थ्यो । भारतको उत्तराखण्डको राजधानी शहर
भएकाले पनि होला यो सुन्दर व्यवस्थित र रमणीय देखिन्थ्यो । तर, मन अशान्त
भयो; भई नै रह्यो । मैले नै सबैलाई भनेको थिएँ— ‘देहरादूनबाट नालापानी नजिकै
पर्छ; त्यो हेर्नुपर्छ ।’ साथीहरूले विश्वास गरेका थिए । मैले फेरि मेरो मस्तिष्कमा जोड
दिएर सोचेँ— मैले कतै पढेको थिएँ; एउटा राष्ट्रिय स्तरको दैनिक पत्रिकामा कुनै
पत्रकारले लेखेको थियो— देहरादून शहरबाट अलिकति टाढा नालापानी किल्लामा
जाँदा त्यो ऐतिहासिक किल्ला उपेक्षित रहेको पाएर दुःख लागेको कुरा । यदि
त्यसो हो भने म गलत थिइनँ तर किन यहाँका मानिसलाई केही थाहा नभएको
होला ? झोला बोकेर त्यहीँ नजिकै रात्रिबासको निमित्त व्यवस्था मिलाइएको कोठामा
छिरुन्जेलसम्म पनि मेरो दिमागमा त्यही कुरा चलिरह्यो ।
होटलका पञ्जाबी साहुजी; उनका कर्मचारी; जसलाई सोधे पनि
नालापानीबारे कुनै जानकारी प्राप्त भएन । उनीहरूले त त्यसबारे सुन्दै नसुनेको
कुरा पो बताए । होटेलको भित्तामा उत्तराखण्डको ठूलो नक्सा टाँगिएको थियो ।
त्यसमा पर्यटकीय स्थलहरूको बारेमा विशेष उल्लेख थियो । हामीले त्यो नक्सामा
आँखा गाड्यौँ । त्यहाँ उल्लिखित लगभग सबै स्थानका बारेमा; खासगरी पर्यटकीय
स्थल भनेर चित्रित ठाउँहरूमा नबिराई हे¥यौँ । अहँ, कतै थिएन—नालापानी किल्ला !
हाम्रो टोली ३७ सदस्यीय थियो, महिला पुरुष सबै मिलाएर । टोलीका
धेरै जसोलाई त्यस बारेमा चिन्ता नै थिएन । उनीहरू बजार घुम्न, किनमेल
गर्न आतुरजस्तै थिए । सूर्य साँझका रक्तिम आभासहित पश्चिमाकाशबाट आफ्नो
बिदाइको सङ्केत गर्दै थिए । हामी सडकमा ओर्लिएर सवारीसाधन कुरिरहँदासमेत
मलाई सूर्यको ठूलो रातो विम्ब आकर्षक लागिरहेको थियो । सडकमा उत्तराखण्ड
परिवहन निगमका सरकारी बसहरू गुडिरहेका थिए । केही गुडिरहेका बसमा हामीले
नालापानी जाने बसहरू पनि देख्यौँ । अलि आश्वस्त भइयो; कमसेकम नालापानी
भन्ने ठाउँसम्म गएर हेरौँ, त्यसपछि त्यतैकतै त्यो किल्ला अवश्य होला !
शाल्मलि ः छ
घण्टाघरको आसपासको एउटा ठूलो क्षेत्रमा लाग्ने सन्ध्याकालीन बजार
देहरादूनको मुख्य आकर्षण रहेछ । जता पनि मान्छेमान्छे; जता पनि बिक्रीका
लागि राखिएका सामानहरू ! कीरासरि सिलिङमिलिङ सलबलाइरहेका मानिसहरूको
जमातमा हाम्रा साथी कता हराए, कता ! जतासुकै मानिसका टाउकै टाउकामात्र
देखिन्थे । म पनि त्यो भीडमा हराएको थिएँ । मसँग एक÷दुई बाहेक कोही साथी
थिएनन् । पैसा खर्च गर्ने ठाउँ नपाएर हो वा त्यहाँको बजारमा सामान सस्तो पाइने
भएर हो; लाग्थ्यो सिङ्गै देहरादूनका मानिसहरू सडकमा ओर्लिएका छन्— सबै घर
रित्तै बनाएर । सायद त्यो एउटामात्र त्यस्तो समय हो; त्यस्तो हाट हो; जुन त्यस
दिनपछि फेरि कहिल्यै लाग्दैन भनेभैmँ मानिसहरूको भीड उर्लिएको थियो । म त्यस
भीडले जताजता लग्यो, त्यतैत्यतै तानिँदै थिएँ । मनमा नालापानीमात्र थियो । कुनै
उत्सुकता थिएन; निस्पृह थिएँ । मानौँ, संवेदनाहीन कुनै यन्त्रभैmँ म त्यसमा सामेल
थिएँ ।
राति होटेलको छतमा बनेको भान्सामा खाना खाइरहँदा मैले पुनः उत्तरतिर
पूर्व–पश्चिम तेर्सिएको विशाल पहाडलाई हेरेँ । माथि पहाडको दक्षिणपट्टि भिरालोमा
दीपावली गरेभैmँ बत्तीको झलमल देखिन्थ्यो । त्यो कुनै पर्यटकीय स्थल नै हुनुपर्छ
भनेर मैले जिज्ञासा राखेँ । जवाफमा त्यो ‘मसुरी’ भन्ने पर्यटकीय स्थल हो भन्ने
जानकारी पाइयो । त्यहाँ पनि नालापानीको चर्चा चल्यो तर त्यहाँ पनि शून्यता र
निराशाबाहेक केही फेला परेन । राति सुत्नुअघि भोलिपल्ट बिहानै नालापानी भन्ने
ठाउँसम्म पुग्ने र त्यहाँ पुगेर त्यो ऐतिहासिक किल्ला खोज्ने निर्णय भयो । त्यसमा
पनि जान सक्ने र इच्छुकहरूमात्र जाने; जान नचाहने र अशक्तहरू होटेलमै बस्ने
निधो भयो । सुत्ने उद्देश्यसाथ आरामदायक बिछ्यौनामा पल्टेको धेरै बेरसम्म पनि
मलाई निद्रा परेन ।
भोलिपल्ट बिहान नित्यकर्म सिध्याई तयार भएर बाहिर निस्कँदा बिहानको
६ः२० बजिसकेको थियो । देहरादूनको सडकमा सवारीका साधनहरू गुड्न
थालिसकेका थिए । चिसो थियो; चिसोले हात ज्याकेटको खल्तीभित्र हाल्नुपर्नेसम्म
अवस्था आएको थियो । नालापानी जाने बस अलि परतिरबाट लाग्छ भन्ने थाहा
पाएपछि हामी केही पैदल नै त्यता लाग्ने निधो गरी अगाडि बढ्यौँ । अन्दाजी १०–
१२º जति तापक्रम थियो होला त्यसबेला । सूर्य उदाइसकेको भए पनि त्यहाँ देखा
परेको थिएन । आकाशको नीलो वक्ष स्निग्ध थियो । धरतीलाई चिर शान्ति, सुख
र समृद्धि साथै संरक्षण गर्दै आएकामा आफ्नो अनन्त पैmलावटले न्यानो गरी ढाक्न
खोजेभैmँ लाग्थ्यो दूर–दूरसम्म पैmलिएको विशाल गगन । कतै–कतै एकाध चराहरू
उडेका भेटिन्थे । लाग्थ्यो, बिहानको सौन्दर्यमा देहरादूनको वातावरण कुनै रुमानी
कविताको सुललित हरफभैmँ मेरो अगाडि खुला छ । हामी सडकै सडक अगाडि
बढ्दै थियौँ । मानिसहरू सडकमा पातलै थिए र सवारीका साधनहरू पनि पातलै
ट ः शाल्मलि
थिए । अलिकति पूर्व लागेपछि हामी उत्तर तेर्सियौँ । ठूलो र सफा सडक भेटियो ।
दुवैतिर भव्य घरहरू थिए । ठाउँठाउँमा होटल भेटिन्थे । मैले सडक छेउकै विशाल
भवनमा ‘होटल कलिङ्गा’ लेखेको एउटा साइनबोर्ड पढेँ । म झल्याँस्स भएँ । यथार्थमा
त्यस किल्लालाई अङ्ग्रेजहरू कलङ्गा भन्थे । त्यसपछि भेटिएजति मानिसलाई
नालापानी र कलङ्गा किल्लाको बारेमा सोध्न थालेँ ।
बाटाका दुवैतिर सरकारी गैरसरकारी आकर्षक भवनहरू थिए । अलि–अलि
चिसो बढ्दै गएर झन्डै मुटु छुनेसम्मको भइसकेको थियो । सडकमा केही स्कूले
केटाकेटी, केही अधबैँसे पाका र केही युवा भेटिए । हिँड्दा–हिँड्दै हामी नालापानीको
बस लाग्ने बिसौनी पुग्नै आँटेका थियौँ; हाम्रो आँखा सडक पार गर्न लागेका एक
हुल नवयौवनामा प¥यो । रातभरिको शीतले छपक्क भिजेका लालित्ययुक्त गुलाफका
पत्रदलजस्ता कुमारी कपोलहरूलाई बेलाबेलामा चल्ने चिसो सिरेटोको कुनियतपूर्ण
स्पर्शबाट जोगाउन हो वा दुनियाँका फोहोरी नजरबाट बचाउन हो; हावाले बेला–बेलामा
उडाउन खोज्ने पातलो रेसमी स्कार्पm घुम्टोजस्तै बनाएर उनीहरूले आफ्नो गाला
ढाकेको दृश्य निकै चित्ताकर्षक थियो । त्यसमाथि हावाभन्दा पनि हिँडाइको गतिसँग
लहरिने केशराशि र त्यससँगै वासन्ती पवनले उडाएर ल्याउने केवँराको सुगन्धभँैm
मनाल्हादित पार्ने मादक कुमारी सुगन्ध सडकभरि छरपस्ट छरिएको त्यो क्षणले
आफ्नो विगतका मायालु सपनाहरू विम्बित भएझैँ आँखा वरिपरि झुम्मिएकाले त्यसैमा
हराउन पुगिएछ ।
चौबाटोको सडक पारितिर केही टेम्पो लागेका थिए । तिनीहरूसँग सोधपुछ
गर्ने मनसायले म त्यतै लागेँ । नालापानी किल्लाका बारेमा तिनीहरूलाई पनि थाहा
थिएन । सडकमा हिँड्दै गर्दा फेला परेको एउटा युवकले पनि त्यस बारेमा जानकारी
नभएको बतायो । तर, ऊ हाम्रो मद्दत गर्न लालायित भयो । उसले पनि सडकका
धेरैसँग सोधपुछ ग¥यो; कतै केही थाहा भएन ।
हामी जुन ठाउँमा उभिएका थियौँ; त्यो एउटा लामो, अग्लो पर्खालको
छेउ थियो । त्यो क्षेत्र अत्यन्त फोहर र दुर्गन्धित थियो । सडकको पेटीमा ठाउँ–
ठाउँमा आगो बालिएको, केही बोतलहरू फालिएर अलपत्र थिए । मलाई त्यो ठाउँ
एडिक्सनमा फसेका मान्छेहरूको प्रयोग स्थान हो भन्ने बुझ्न समय लागेन । अघि
सडकमा सँगै हिँड्ने युवक अलि पर कुनै टेम्पो चालकसित कुरा गर्दै थियो । उसले
बोलायो, म त्यतै लागेँ । एउटा टेम्पो चालकले नालापानी गाउँबाट लगभग तीन÷चार
किलोमिटर माथि डाँडाको टुप्पोमा किल्ला रहेको जानकारी दियो । त्यहाँसम्म बस
जाने बाटोसमेत भएको र आपूm त्यहाँ पटक–पटक गएको कुरा उसले बतायो । मैले
उसलाई हाम्रो गाइड गरिदिन भनेँ । तर, उसले आफ्नो रुट त्यता नपर्ने भएकाले
जान नसक्ने बतायो । हाम्रो बाटामा भेटिएको त्यो अघोषित गाइड युवकको अनुहारमा
शाल्मलि ः ठ
आपूmले केही सहयोग गर्न सकेकाले सन्तुष्टिका भावहरू सल्बलाइरहेको अनुभव
मलाई भयो । मैले उसको आँखामा हेरेरै मौन कृतज्ञता ज्ञापन गरेँ । मस्तिष्कबाट
एउटा ठूलो बोझ हटेको महसुस भयो । आखिर नालापानी किल्ला त रहेछ नै ! त्यो
पनि यहीँ नजिकै ! मैले इतिहासका हरफहरूमा अङ्ग्रेज फौजले देहरादूनमा क्याम्प
गरेर बसी नालापानीमा आक्रमण गरेको कुरा पनि पढेको थिएँ । आखिर यथार्थ
यथार्थ नै हो; ढिलो वा चाँडो त्यो प्रस्ट हुन्छ नै ! त्यही भयो ।
अब हाम्रो टोलीमा कुनै अन्योल थिएन । मात्र नालापानी जाने बस
आगमनको प्रतीक्षा थियो । त्यति बेला बिहानको साढे सात बजिसकेको थियो ।
पूर्वी आकाशमा सूर्यको रातो विम्ब, धेरै पर–परका अग्ला होचा पहाडहरू, घरका
अट्टालिकाहरूमा लगाइएका गमलामा फुलेका विभिन्न मनोहारी पूmलहरू, मनभरि
छरिएको मौसमी मिठास, उत्फुल्ल सुन्दर बिहानी र गन्तव्यको रोमाञ्चक कल्पना
सबै मिसिएर म कुनै स्वप्नलोकको यात्रा गर्दै छु भन्ने मिठो भ्रममा थिएँ । मेरा कानमा
विभिन्न मान्छेका कुरा गुञ्जिरहेका थिए तर ती अर्थित थिएनन्; मात्र ध्वनित थिए । म
आपैmँभित्र हराएको थिएँ; भित्रभित्रै रमाएको थिएँ । हिजोदेखिको तनावग्रस्त मस्तिष्क
रोमाञ्चक कल्पनाले सिक्त भएको थियो । समय कति लाग्यो आधा, पौने या एक
घण्टा; पत्तै भएन । घडी पनि हेरिएन तर बसले हामीलाई त्यस ठाउँमा पु¥याएर
ओराल्यो, जहाँ एउटा ढोका बनेको थियो र त्यसमा लेखिएको थियो— ‘बलभद्र,
खलङ्गाद्वार नालापानी ।’
हामी पहाडको फेदीमा थियौँ । त्यो द्वार भएर एउटा कालोपत्रे सडक
नागबेली परेर मास्तिर गएको थियो । हामीले बसवालालाई किल्लासम्म पु¥याइदिन
भन्यौँ । उसले अलि निकै महँगो रकम भन्यो । यात्राको क्रममा एक जना गुरुङ÷मगर
जस्ता उमेरले ६० छेउछाउका लाग्ने गोर्खा लाहुरेभैmँ देखिने मानिस पनि त्यही
बसबाट झरे । नेपालीपनको आभासमा म उत्साहित भएँ र सोधेँ— “किल्ला कति
टाढा छ ?”
उसले मेरो अपेक्षा–विपरीत हिन्दीमा जवाफ दियो— “बहुत दूर है ।”
म खिन्न भएँ । मलाई उसले नेपाली नबोलेकाले आश्चर्य लाग्यो । उकालो
चढ्दै गर्दा ऊ हाम्रो अघि–अघि थियो; मैले उसलाई फेरि सोधेँ, “तपाई कहाँसम्म
जानुहुन्छ ?”
उसले फेरि भन्यो— “उपर गाँव तक ।”
नालापानी गाउँ धेरै पैmलिएभैmँ त लागेन तर पनि बसबाट नओर्ल“दै तलै
सडकका दुवैतिर बसेको रहेछ भन्ने कुरा थाहा पाइएको थियो र यो त पहाडको
केही माथिसम्म पनि पैmलिएको रहेछ । बाटाका छेउछाउमा बनेका स–साना घरहरू,
बाटामा भेटिने मान्छेहरू, तिनीहरूका अनुहारले नेपाली मूलका हुन् भन्ने लागिरहेथ्यो ।
हामीले केही मानिसलाई नेपालीमै सोध्यौँ— “किल्ला कति माथि छ ?”
ड ः शाल्मलि
उनीहरूले नेपालीमै जवाफ फर्काए— “टाढो छ बहुत ! एक–डेढ घण्टा
पड्छ ।”
नेपाली भाषामा परेको हिन्दी भाषाको प्रभाव स्पष्ट झल्किन्थ्यो उनीहरूको
बोलीमा । धन्न, आफ्नो बाउ–बाजेको भूमिमा आफ्नोपनको पहिचान दिने नेपाली भाषा
विकृत रूपमै भए पनि यहाँ जीवितै त रहेछ ! सोचेँ, एक÷दुई पुस्तापछि यो समाप्त
भएर जान्छ होला; यदि यसको संरक्षण बेलैमा गरिएन भने ।
त्यहाँ नजिकै चौतारो थियो; धारा थियो; चिसो, सफा र स्वच्छ पानी
थियो । चौतारा निर्मात्री थापा थर भएकी कुनै महिला थिइन्; नाम याद गरिएन ।
बाटामा भेटिएका मानिसलाई हामीले सोध्दा सडकै–सडक गए धेरै घुम्नुपर्ने हुन्छ
त्यसैले छोटो कच्ची बाटोबाट जान उनीहरूले सल्लाह दिए; बाटो देखाइदिए ।
मलाई म नेपालकै कुनै गाउँमा छुभैmँ लाग्यो । त्यो डाँडो, ती बोट–बिरुवा, ती रूख
सबै नेपालकै जस्ता थिए; चुरे र महाभारत पहाडहरूमा पाइनेभैmँ । त्यहाँको जीवन
पनि त्यस्तै थियो— गाईवस्तु पाल्ने; घाँस काट्ने; पहाडी जीवनभैmँ । मलाई रमाइलो
लाग्यो । म हेटौँडाबाट लगभग १००० कि.मि. टाढा थिएँ । तर, त्यो ठाउँ मलाई
नेपाल नै लाग्यो । हुन पनि त्यो नेपाल नै त थियो नि; लगभग २०० वर्षअगाडि ।
सन् १८१४ को युद्धपछि मात्र त त्यो गुमेको थियो नि ! युद्धले भूगोल जित्न सकिन्छ
तर मान्छेको मन वा आत्मा जित्न सकिन्न । शताब्दियौँसम्म पनि त्यो मन यथावत्
रहन्छ । भूगोलमा नेपालबाट गुम्यो त्यो भूभाग; तर उनीहरूको मनबाट गुमेन । र, त
त्यहाँ भेटिने हरेकले हामीसँग नेपाली आत्मीयताका साथ बात मारे ।
हुन त अघिल्लो दिन अशक्त, अनिच्छुकहरू नजाने भन्ने सल्लाह भएको
थियो तर पुर्खाहरूले रगत बगाएको र अङ्ग्रेजहरूले समेत बलभद्र कुँवर र
नेपालीहरूको सम्मान गरेको त्यो युद्धभूमि हेर्न सबै लालायित थिए भन्ने कुरा हाम्रो
टोलीका सैँतीसै जना आएकाले पनि स्पष्ट पारेको थियो ।
उकालो चढ्दाचढ्दै हाम्रो टोली तीन समूहमा विभाजित भयो । मलगायत
केही साथीहरू बीचको टोलीमा प¥यौँ । उकालो खासै थिएन; सामान्य उकालोमा
पनि हिँड्न नसक्ने साथीहरू पछाडि थिए । तर पनि उनीहरूको हौसला हेर्नलायक
थियो । उनीहरू दिनभर हिँड्नुपरे पनि तयार भएका थिए; मानसिक रूपमा । अलि
माथि पुगेपछि हामीले घुमेर आएको पिच रोडलाई फेरि भेट्यौँ । त्यहाँ एक जना
नेपाली भेटिए । उनी रिटायर्ड आर्मीजस्ता देखिन्थे । उनले पनि हामीसित राम्रै कुरा
गरे । उनको नेपाली पनि उतैको भाषाले प्रभावित थियो । किल्ला पुग्न लगभग
एक–डेढ घण्टा लाग्ने कुरा उनले बताए । बिहानको नौभन्दा बढी भइसकेको थियो ।
हामीले सोचेका थियौँ, नालापानी किल्ला धेरै टाढा छैन तर हामी उकालो चढ्दै गयौँ,
नालापानी भेटिने नामै लिँदैनथ्यो । अलि माथि पुगेपछि बाटामा पर्खालले घेरिएको
शाल्मलि ः ढ
एउटा ठूलो ठाउँ आयो । पर्खाल धेरै पुरानो थिएन, एक मनले कतै यतैभित्र त छैन
त्यो किल्ला भन्ने भयो । पछि यहाँका मानिसहरूले संरक्षणका निम्ति यो पर्खाल
लगाएका हुन् कि भन्ने प¥यो । तर, यथार्थ त्यस्तो होइन रहेछ ।
हामी एकापट्टि पर्खाल र अर्कोतिर गहिरो खोँच भएको बाटाबाट हिँडिरहेका
थियौँ । बाटाका दुवैतिर नजर लगाउँदै, पर–परसम्म देखिने दृश्यहरूमा आँखा
डुलाउँदै, पहाडको फेदीमा निकै फराकिलो भएर बसेको देहरादूनलाई आँखाभरिभरि
समेट्दै र उत्तर–पश्चिमतिरको अग्लो पहाडको टाकुरामा दक्षिणी पाखोमा टलक्क
टल्किने घरहरूले भरपूर भएको परको ‘मसुरी’ लाई नियाल्दै थियौँ हामी । अनि,
यदाकदा नीलो आकाशमुनि सालका बोटले ढाकिएको गेग्रेन र ढुङ्गेनी बाटामा समेत
दृष्टि दिँदै हामी उचालिँदै थियौँ । शरीर थाक्तै थियो; सास छिटोछिटो चल्न थालेको
थियो; तापनि गोडा थाकेका थिएनन्; मन आत्तिएको थिएन । म निरन्तर त्यस्तो
टाकुराको खोजीमा थिएँ; जसमा चढ्न मुस्किल परोस् र जसका चारैतिर भीरपहरा
हुन् । किनभने, कुनै पनि युद्ध किल्ला प्रायः त्यस्तै ठाउँमा बनेको हुन्छ । तर, मेरो
दृष्टिमा अहिलेसम्म त्यस्तो ठाउँ परेको थिएन ।
हामीलाई प्यास लाग्यो होला; दश बजिसकेको थियो, भोक पनि लाग्यो
होला; हाम्रा गोडा गले होलान्; शरीर थाक्यो होला; त्यस्तो केही भयो होला र अरू
के–के भए होलान्, जुन सामान्य अवस्थामा हुने गर्छन् । तर, त्यहाँ त्यो यात्रामा
कतै केही महसुस नै भएन । हामी पुरुषसँगै महिलाहरू पनि हौसिएर अगाडि बढ्दै
थिए । बाटो त्यही थियो भन्ने विश्वास थियो । त्यहाँ हामीमध्ये पहिले जाने कोही पनि
थिएन । हामीभन्दा अगाडिका साथीहरूको पनि पत्तो थिएन र पछाडिकाहरू बेपत्ता
थिए । मात्र हामी चार–पाँच जना थियौँ एकसाथ । पछाडि हिँड्न नसक्ने साथीहरू
भएकाले उनीहरू फर्के कि भन्ने पनि नलागेको त कहाँ हो र !
उकालो सकिएर केही थली परेको ठाउँ आइपुग्यो । घुमेर आएको पिच
रोडले फेरि हामीलाई भेट्यो । हामी त्यसलाई छाडेर सोभैm उत्तर हान्नियौँ । बाटो
पश्चिमबाट पूर्वतिर मोडियो । हामी दुवैतिर अग्लो पहाड र बीचमा बाटो भएर अगाडि
बढ्न थाल्यौँ ।
बाटोको पश्चिमपट्टि बलभद्र कुँवरको सम्झनामा एउटा पार्क निर्माण हुँदै
रहेछ । अलिकति सम्म परेको ठाउँमा बनाउन लागिएको त्यस पार्कले हामीलाई
बलभद्र कुँवरले लडेको नालापानी किल्ला यतै नजिकै छ भन्ने लाग्यो । त्यसलाई देब्रे
पारेर हामी सोभैm उत्तर हान्नियौँ । बाटोमा जङ्गलमात्र थियो; हामी थियौँ; स्थानीय
वा अरू कोही पनि भेटिएनन् । हामीलाई त्यो बाटो कहाँ पुगेर सकिन्छ; थाहा थिएन ।
अर्को कुनै गाउँमा पुग्छ या किल्लामा; निश्चित थिएन । झन्डै हामी कुहिराको काग
थियौँ । मात्र हौसला थियो र मन गन्तव्य नपुगी नफर्कने दृढ निश्चयमा थियो ।
ज्ञण् ः शाल्मलि
अगाडि जाने साथीहरूको स्थिति पनि अज्ञात थियो । हामीले एकाध पटक
सिटी बजाएर उनीहरूलाई हामी पछि आउँदै गरेको सङ्केत ग¥यौँ, तर जवाफ
आएन । पश्चिमपट्टिको अग्लो देखिने टाकुरालाई बायाँ पारेर त्यसलाई फन्को मार्दै
बाटो अगाडि बढेपछि भने म अलि निराश भएँ । मैले ठानेको किल्लाजस्तो लाग्ने
डाँडो त्यही थियो तर बाटो त्यसभन्दा अगाडि बढ्न लागेको जस्तो लाग्थ्यो । मनमा
अदम्य उत्साह भने थियो— किल्ला पुगेरैमात्र फर्कने !
मैले घडी हेरेँ, बिहानको लगभग साँढे दश हुँदै थियो । हिसाब लगाएँ,
झन्डै डेढ घण्टा हिँडिएछ । मैले पत्रिकामा पढ्दा एक–डेढ घण्टा पैदल हिँड्नुपर्ने
कुरा पढेको थिएँ । बाटो त्यो पहाडलाई दक्षिण पारेर पश्चिम मोडिएपछि हामीले
अगाडि जाने साथीहरूलाई अलि परबाट त्यही पहाडको टुप्पोतिर चढिरहेको देख्यौँ
र उनीहरूले हामीलाई बाटो छाडेर सोभैm उनीहरूतिर आउन भनेको सुन्यौँ । हामीले
त्यसै ग¥यौँ । बाटो अलि परबाट उकालोतिर मोडिएको रहेछ । हामीले साथीहरू र
बाटो फेरि भेट्यौँ । अब भने किल्ला त्यही पहाडको टुप्पोमा रहेछ र त्यो बाटो त्यही
किल्लासम्म पुग्न बनाइएको रहेछ भन्ने कुरा निधो भयो । लगभग १०÷१५ मिनेट
हिँडेपछि एउटा सानो भन्ज्याङजस्तो ठाउँ र त्यसपछि ठाडै उकालो उक्लिएपछि
हामी ऐतिहासिक किल्लाको सामुन्ने थियौँ, जसमा लेखिएको थियो— बलभद्र खलङ्गा
युद्ध स्मारक (सन् १९१४ ई.) नालापानी ।
भर्खरै मात्र किल्लाको पुनर्निर्माण गरिएको रहेछ । वीर बलभद्र कुँवरले सन्
१८१४ मा लडेको त्यो ऐतिहासिक किल्ला–वरिपरि पर्खालले घेरेर बनाइएको थियो ।
बीचमा अग्लो सिँढी चढेर जानुपर्ने र त्यसमाथि बनेको १५÷२० फिटजति अग्लो
स्तम्भ आकर्षक थियो । त्यस स्तम्भको टुप्पामा तीनतिर फर्काएर तीन वटा खुकुरी
ठड्याइएका थिए ।
किल्लाको पर्खाल बाहिर बसेर मैले सबै निरीक्षण गरेँ । पहाडको टुप्पोमा
घेरिएको सानो ठाउँ थियो त्यो । त्यहाँबाट देहरादून स्पष्टसित देखिन्थ्यो । साथीहरूका
डिजिटल क्यामेराहरू चल्न थाले । विभिन्न पोजमा विभिन्न भागमा बसेर फोटाहरू
खिँचिएका थिए । म विगतमा हराएको थिएँ । किल्लाभित्र प्रवेश गरेर मैले पर्खाल
बाहिर हेरेँ । दक्षिण, पश्चिमतिर ठूलो भीर थियो । पूर्वतिर ठाडै भीर त थिएन तर
भिरालो थियो भने उत्तरतिर अलि कम भिरालो थियो । मैले त्यहाँ पुगेर बलभद्र
कुँवरको सम्झना र सम्मानमा अङ्ग्रेजहरूले राखिदिएको शिलास्तम्भ खोजेँ; त्यो कतै
देखिएन । नालापानी वा खलङ्गाको रित्तो किल्ला हात लागेपछि र त्यहाँको वीभत्स
दृश्य देखेपछि अङ्ग्रेजहरूले नेपालीहरूको वीरताको कदर गर्दै एउटा शिलास्तम्भ
राखेका थिए, जसमा ‘हाम्रा वीर शत्रु बलभद्र कुँवरको सम्मानमा’ भनेर लेखिएको
थियो भन्ने कुरा मैले इतिहासमा पढेको थिएँ । त्यहाँ त्यसको कुनै नामनिशान
शाल्मलि ः ज्ञज्ञ
थिएन । आधुनिक स्तम्भमुनि बनेको कोठामा ढोका खोलेर हेरियो; त्यहाँभित्र पनि
केही थिएन । मलाई फेरि खल्लो लाग्यो । पुर्खाको रगत बगेको त्यो भूमिमा म खडा
थिएँ । मैले लक्ष्य भेटेको थिएँ तर अधुरो । मैले खोजेको कुरा पाइनँ । इतिहासमा त्यस
लडाइँमा लगभग ७०० जति नेपाली (आइमाई, केटाकेटीसमेत) त्यस किल्लामा रहेका
र पछि बलभद्र कुँवरसहित ७० जनाजति बाहिर निस्केर गएको उल्लेख छ । मैले
अनुमान गरेँ; पर्खालले घेरिएको ठाउँमा मुस्किलले ५०÷६० जना अटाउन सक्छन् ।
मैले सोचेँ, त्यो ऐतिहासिक किल्लाले कति ठाउँ ओगटेको थियो होला त ? लगभग
त्यो डाँडो जम्मै ?
मेरो मुटु ढक्क फुलेर आयो । कल्पना गरेँ— अङ्ग्रेजहरूको गोला लागेर
ढलेका लासहरू मेरा वरिपरि छरपस्ट छन् । तोपगोलाले किल्लाको पर्खाल भत्किँदो
छ; मानिसहरू ढल्दा छन् तर कसैलाई पनि उनीहरूलाई हेर्ने; उठाउने फुर्सत छैन ।
किल्लाको पर्खाल तुरुन्तै मर्मत गर्न आइमाई, केटाकेटी लागेका छन् । जतासुकै
लासैलास, रासन रित्तिएको रित्तो किल्ला, विशाल अङ्ग्रेज फौजको अन्धाधुन्ध
आक्रमण, नेपाली अस्मिताको रक्षा गर्नुपर्ने कर्तव्य ! त्यसैले न भोक, न तिर्खा, न
शोक, मात्र युद्ध–युद्ध ! कि वीरगति; कि विजय !
मेरा आँखाअगाडि झन्डै दुई सय वर्षअघिको त्यो दृश्य फनफनी घुम्न
थाल्यो— तोप–गोलाको आवाज; लासहरूको थुप्रो; चीत्कारभित्र उत्साहका आदेशयुक्त
आवाज; सबै–सबै एकाकार भएर मेरो वरिपरि फन्फनी घुमिरहे; घुमिरहे; घुमिरहे !
मेरो मुटु भक्कानिएर आयो ।
किल्ला टुप्पोमा थियो तर त्यहाँ आउने पानीको मुहान कतै देखिएन ।
अङ्ग्रेजहरूले पानीको मुहान अन्तै फर्काएपछि पानी पनि खान नपाएर बलभद्रसहित
बाँकी भएका ७० जना जति हाकाहाकी अङ्ग्रेज फौजको आँखै अगाडि किल्ला छाडेर
जङ्गलमा अलप भएका थिए । रित्तो किल्ला हात पारेको अङ्ग्रेज किल्लाभित्रको
स्थितिले स्तब्ध भएको थियो ।
मैले बलभद्र र नेपालीहरूको वीरता र साहसको दिल खोलेर मनमनले
प्रशंसा गरेँ । मनमनले भनेँ— सलाम वीर–वीराङ्गनाहरू हो ! सलाम !!
किल्लाबाट फर्क“दा मर्माहत थिएँ म । नेपालले गुमाएको त्यो भूभाग; नेपाली
वीर–वीराङ्गनाको रगतले भिजेको त्यो भूमि; मलाई आज पनि आफ्नै लाग्यो ।
ओरालो झरिरहँदा मैले खलङ्गाको माटो निधारमा लगाएँ । फर्क“दा पनि
त्यो शिलास्तम्भ के भयो होला भन्ने लागि रह्यो र एउटा खल्लोपनले मन ढाकिरह्यो ।
ìì
हेटौँडा, हाल ः हरिसिद्धि, ललितपुर

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *