केरा खम्बा जस्ता गोडा देखाएको किन हो
घामले कतै कालो होला, सेकाएको किन हो
ओठ टोकी औँला भाँची यता छड्के हेरेर
लालुपाते तिम्रो जिब्रो, खेलाएको किन हो
हामी पनि मुर्ती नाइ, इशारा काफी हुन्थ्यो
थुक निली घुट्को प्यास, मेटाएको किन हो
यता थियो तोक्मा मेरो, बिसाउने चौतारी
आफ्नै निम्ति भारी बैँश, बेसाएको किन हो
Please follow and like us: