हामी बुढा बुढी एक्लै घरमा
छोरी बिहे गरि घर टाढा
जेठो छोरा बिदेशमा
माइलो छोरो श्रीमतीको पेटिकोटमा
कान्छो छोरा सधै मोबाइल फोनमा

तर बर्षको एक चोटि
मुख हेर्ने दिनमा
कहिले म बुढाको
कहिले मेरो बुढिको
सामाजिक संजालमा
फोटो हाल्छन यी छोराछोरी।

अचम्मको खुशी लाग्छ
केही चिनेको साथीभाइहरु
र केही नातेदारहरु सबैले त्यो दिन
एक अर्काको बा आमाको फोटो तल
तछाड मछाड गर्दै
लाइक र कमेन्ट गर्दा रहेछ्न।

तर शंका लाग्छ
हामीलाइ कत्तिले चिने सम्झेका छन कि छैन
खै कुन्नि?
बाटोमा भेटे देखे बोल्छन कि बोल्दैनन
खै कुन्नि?

उ बेलामा, सानोमा, गाउँमा
फोटो खिच्ने रिल पनि थियेन
मेरो बा आमाको फोटो
मन मै खिचेर राखेको थिये।

बत्ती थियेन
तर अनुहार सधै उज्यालो देख्थे।

टेलीफोन थियेन
तर दिन दिनै कुरो हुन्थ्यो।

इन्टेर्नेट त झन के हो कुन्नि
तर पुरै गाउँले जोडिएका थिये।

टिभी सिनेमा देखेको थियेन
तर गाउँ घरको दुख सुखका कथाहरुले नै
कहिले रुवाउथ्यो, कहिले हसाउथ्यो।
केही अभाव महसुस हुदैन थिए ।

घर सानो थियो तर न्यानो थियो
हामी चार भाइ र तीन दिदीबहीनी
बा आमाको मन भरी अटेको थियौ
तल गारो भत्केको थियो तर
सबैको मन मिलेको थियो।

बाले घर बनाउनु हुन्थ्यो
आमाले घर सम्हाल्नु भयो
हामीलाई त भन्दै नभनी
कत्ती धेरै मायाले हुर्काउनु भयो।

तर खै कुन दिन, थाहै नपाइ
भबिस्य खोज्न शहर पसेछु
शहरको सुबिधामा घरजम गरेछु
अहिले त निधारमा यति धेरै मुजा परिसक्यो
यो पक्की बाटोमा हिड्दा हिड्दा
गाउँ जाने कच्ची बाटो बिर्सिसके
जब म शहर पसे
मेरो गाउँ त यहि शहरको गल्लीहरुमा बिलायेर गये।

खै दोस दिउ त कस्लाइ?
आफैलाइ? भो आत्माग्लानी हुन्छ
समयलाइ? हो यहि सजिलो हुन्छ
हो सबै समयको खेल हो भन्छु
किन कि म सङ्ग प्रस्नहरु छन
तर उत्तर भने केही छैन।

थाहै भयेन खै कुन दिन
बा आमा मेरो मनबाट अनि यो सन्सारबाट
डिस्कनेक्ट हुनु भयेछ
खबर ढिलो आयो,
ढिलो पुगेको थिये गाउ
घर त थियो
तर लाग्यो शरीर थियो आत्मा थियेन
सुन्यताले मेरो मन मस्तिस्कमा डस्यो
म अत्त्तालियेर मेरो शहर फर्के
तर अझै पनि, अहिले पनि
मेरो पुरै अस्तित्व नै डगमगायेको छ।

मेरो छोराछोरीलाई धेरै पहिले नै
पोखेको थिये यो पीडा
तर कान्छो छोरोले भनेको याद आउँछ
बा! उ बेलामा पो
गाउँमा न फोन, न बत्ती, न इन्टेर्नेट थियो
यो बेलामा त छ नी हाम्रो हातमा मोबाइल फोन
ढुक्क हुनुहोस
म त ढिलो हुने छैन
तपाई माथी जादा
तपाइको फोटो तल
समयमा नै नबिर्सिकन लेख्नेछु
RIP (रिप)

पीडाले मुटु पोल्यो, जल्यो
लडे, उठ्न सकिन
जहाँ लडे, लडिरहे
अनि मन मनै ठाने
बहाना खोजे, सोचे
ठिकै छ
मेरो छोरा त कमेडियन भयेछ।

खै दोस दिउ त कस्लाइ?
आफैलाइ? भो आत्माग्लानी हुन्छ
समयलाइ? हो यहि सजिलो हुन्छ
हो यो सबै समयको खेल हो भन्छु
किन कि म सङ्ग प्रस्नहरु धेरै छन
तर उत्तर भने अहिले सम्म पनि भेटेको छैन।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *