-विनाेद नेपाल

‘ए बुढा, छिमेकी त मिच्दै मिच्दै करेसासम्मै आईपुगे नि’

बुढीकाे कुरा सुनेर उनले भने – ‘ करेसै लगेका त छैनन् नि ?’

बुढीले भनिन् – ‘तिम्रा कुरा पनि बुझ्नै गाह्राे, करेसाे त त्यहीँ छ नि, ठाउँ पनि कहाँ सर्थ्याे र ?’

‘अनि किन आत्तिनु पर्‍यो त त्यसरी, जमिनै उठाएर अन्त लगेका भए पाे त के र कसाे भन्नुपर्थ्याे र ?- उनले भने ।

‘साँध मिच्ने तरिकै यही हाे क्या’- उनले भनिन् ।

नभन्दै केही दिनमा त्यहाँ ग्यारेज बन्याे ।

बुढीले भनिन्, ‘देख्याै नि अब त’ ‘अब के भन्छाै नि’

‘के भन्नू नि ? आवश्यक थियो, बन्याे, कति खर्च लाग्याे हाेला बिचराकाे, साेध्छु र लागेको खर्च दिन्छु ‘

‘हैन के भन्छन् हँ यिनी, बाैलाउन आँट्याै कि क्याहाे ?’ – बुढीले भनिन् ।

जवाफमा उनले भने -‘याे कूटनीति हाे क्या, बुझ्नेले मात्र बुझ्छ यस्ताे कुरा ।’

श्रोत : लघुकथा कुनो

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *