नियात्रा
‘समुद्र नहेरी हुन्छ त !’
दोहामै बसेका थियौँ हामी । हामी भनेको उद्वव भट्टराई र म । बिहानको चारै बजेदेखि आँखै तिर्मिराउने ओर्लिसकेको छ घाम । झ्यालबाट बाहिर हात निकाल्दा बफ्याउँदो तातो आएको लागिरहेको छ ।
प्रदीप कुँवरले फोनमा भनेका रहेछन् भट्टराईलाई ।
हाम्रो बसाइ छ सलवा रोडमा । काममा जाने र आउने साथीहरुसँग उत्ति सा¥हो भेट भइरहेको छैन ।
दिउँसोको टन्टलापुर घाम र उखर्माउलो गर्मीमा हामी हुँइकियौँ— सी लाइन बीचतिर । कुँवरले हामीलाई बाटोका अनेक घुम्तीमा देश, समाज, राजनीति र जीवनकै पनि प्रशस्तै मोडहरु सुनाए ।
एकोहोरो हुइँकिइरहेका छौँ हामी ।
बाटोमा तेल खानीहरु देखिन्छन् । आगोका मुस्लो ओकलिरहेका अग्ला–अग्ला चिम्नीहरु निकै देखिए । त्यतातिर नि मनग्गे नेपालीले काम गरिरहेको सुनाए कुँवरले ।
बालुवाको रास चिरेर बनेका लमतन्ने कालोपत्रे सडक नाप्न आँखालाई छ भ्याई–नभ्याई । उँटका बथान पनि ठाउँ–ठाउँमा देखा पर्छन् बाटोका दायाँबायाँ ।
आँखा मात्र पिलिक्क देखाएर अरु सबै शरीर छोपिएका मान्छे पनि बाटाभरि देखिन्छन् । बालुवाको रास, उँट, छालै खुइल्याउने तातो र उँटका गोठालाहरु हेर्दै मनमा धेरै खालका उकुसमुकुसमा आफैँ पाकिन्छु म ।
एक घन्टाभन्दा बढी हुइँकिएपछि हामी पुगेका थियौँ— सी लाइन बीच ।
‘यो अरब सागर !’
समुद्रको पानीले मुख धोइरहँदा सँगै उभिएका टिबी कार्कीले बोलेको सुनेँ मैले । कार्कीसँगै आएका घनश्याम भुषालले अड्कल गरे— ‘यो त पर्सियन खाडी हैन र ?’
कुरा सुन्दै म विशाल समुद्रभित्र पसेँ ।
आँखाले नभ्याउने सागर छ । पूर्व, पश्चिम भएर दक्षिणसम्म पैmलेको अथाह समुद्र । नीलो सागर कति धेरै विशाल, विराट्, विस्तृत !
समुद्रका किनारमा ‘जुमा रात’को मज्जा लिन आएका छन् कतारीहरु । किनारमा ठूला–ठूला छाता छन् रङ्गीबिरङ्गी । आइमाई, केटाकेटी समेत समुद्रमा पौडी रहेका छन् ।
केही जलबाजहरु पानीमा हुइँकिने साना डुङ्गाहरुलाई तुफानसँग हुइँक्याइरहेका थिए । पानीका फोहराले आकाशसम्म छेडुँलाजस्तो सिर्का हानेको देखिरहेको छु म ।
नीलो अकास । नीलै समुद्र । त्यसमाथि तैरिएर गइरहेका छन् औधी ठूला–ठूला पानी जहाजहरु ! क्षितिजका किनारसम्म पुगेका अग्ला–अग्ला पानी जहाजमा मन पुगेर कुन बेला कुन बेला थेच्चिइसकेछ ।
पूर्वपट्टि समुद्रको माझतिर ठूला–ठूला तेलखानी थिए । खानीका टुप्पाबाट आगोका लप्काहरु ह्वारह्वारी बलिरहेकै थिए अटुट ।
‘यी जहाज कता गएका हुन् ?’
मैले औल्याएँ ।
‘कति इरानसम्म पुग्छन् । कति चैँ बहराइनतिर पनि लाग्छन् । यी दक्षिण लागेकाहरु साउदी अरबसम्म गएका हुन सक्छन् !’
तेज कटुवालले पनि अड्कलै काटे ।
समुद्र हेर्न आएको हाम्रो ठूलो बथान छ । सबैलाई समुद्र हेर्ने आ–आफ्नै हतारो छ । कोही पानी छोइरहेका छन् । कोही छन् मुख धोइरहेका । कोही घुँडा–घुँडासम्म पाइन्ट सुर्केर तस्बीर खिचिरहेका छन् । कोही पानीमा आफनो अनुहारलाई गहिरिएर हेरिरहेका ।
मैले पानी सूर्यतिर छर्केर आमासम्म पुगोस् भनी मनमनै कल्पेँ ।
हामी जस्तो हतारो छैन समुद्रलाई । शान्त छ ऊ । गम्भीर छ । चुपचाप छ । ढलपल–ढलपल उसका छालले किनारको बालुवासँग कानेखुसी गरेर गएको लाग्छ ।
मैले आँखाले पिउनसम्म पिएँ अथाह समुद्रलाई ।
‘हामी अब अर्को हेर्न जाने । लौ चढ्नु होस् गाडीमा !’
कार्कीले हामीलाई उनकै मोटरमा लाने रहर देखाए ।
‘अघि आउने मित्रहरु मिलिजुली बेग्लैमा आउनुस् । म उहाँहरुसँगै लागेँ !’
कार्कीले गाडी मोडे ।
अनि हामी लाग्यौँ समुद्रको किनारबाट पश्चिमतिर । रातै छ बालुवाको पहाड । त्यै पहाडमा पनि कुदिरहेका थिए अनेक रङ्गीबिरङ्गी साना–साना फुच्चे गाडीहरु ।
‘डेजर्ट सफारीमा जाऊँ !’
कार्कीले गाडी कुइँक्क मोडेर हुतुतु उकाले— बालुवाको चुच्चो चुली । गाडी देब्रे–दाहिने हुँदै कुदिरहेछ । बालुवाको रासमा बनेको बाटो गाडी कुदेसँगै पुरिन्छ । फेरि हावाको प्रचण्ड लहर उर्लिएर आइरहेको छ बेतोडले । तर त्यसलाई पनि बेबास्ता गरी गाडी हुइँक्याउँछन् कार्की ।
बालुवै–बालुवाले बनेका खैरा पहाडहरु । पहेँला र सुनौला रङले लिपिएका डाँडाकाँडा । आँखामा शीतलता थप्ने बालुबाका चुलीको रङरोगन ।
बालुबाका आपट्टे अनेक चुलीमा पर्दा खस्छ सरर्र । तिनमा हावाको तेजले बालुवाको पहाडलाई छिन– छिनमा बेग्लै पारिदिन्छ । पहिरो खसिरहेको देखिन्छ भिराला पहाडहरुमा ।
फेरि हावाले ती पहिरिएका भिरालामा लगत्तै बालुवा थपेर बनाइहाल्छ निकै राम्रो र कलात्मक । सरर्र खसेका बालुवाको पहिरोमा अदभूत् कला बन्न पुग्छन् छिनभरका लागि । दोहो¥याएर हेरुन्जेलमा ती लापत्ता भइसकेका हुन्छन् ।
हामी हुइँकिइरहेका छौँ मरुभूमिका पहाड, खोँच र भिरालामा ।
‘न्यान्सी ताल खोज्नु छ !’
कार्कीको बोली जति चर्को छ— त्योभन्दा बढी उनको हात घुमाइ कडा छ स्टेरियङमा ।
बालुवै–बालुवा छ जतासुकै । पहेँलो छ रङ कतै, कतै राताम्मे । यी रङका बालुवाका ढिस्का, खोँच, भीर र समथर टारहरु देखिरहेको छु म ।
हामी निकै कष्टसँग बालुवाको चुलीमा पुग्थ्यौँ । गाडी कोल्टिएर पल्टिउँला–पल्टिउँला जस्तो हुन्थ्यो— तर कार्की गाडीलाई अनेक पाराले उकाली हाल्थे बालुबाको उत्तुङ्ग उकालोमा । भीरमा देब्रे–दाहिने दगुराएर उनी नागबेली बाटो बनाइहाल्थे । बालुवाको पहिरो जित्न उनी चम्किन्थे झन्–झन् ।
उनको गाडी हाँक्ने कला अद्भूत लाग्थ्यो ।
पछाडि बस्नेहरुले हँसाइरहेका थिए— ‘टिबी भनेको मधेसमा ‘टाँगन हाँक्ने बहादुर’ होला भनेको त कसैलाई ‘टेरपुच्छर नलाउने बहादुर’ पो रहेछ नि !’
हाँसो कम आउँथ्यो ।
फसफसी खसिरहेको बालुवाको भीरबाट स्वात्त उकालिइरहेको जीपमा हामी उफ्रिपाफ्री भइरहेका थियौँ । यस्तो बेलामा हाँसोभन्दा डरकै बोली चर्को लाग्थ्यो ।
हामीभन्दा पछाडि–पछाडि आएको जीप कता छेलियो कता । हामी निकै दक्षिण पुगिसकेका छौँ । बालुवाको मैदानमा पनि बेस्सरी मोटर कुदेर बसेका बाटोका डाम अनौठा देखिन्थे । कतै पुरिएका, कतै भर्खरै बनेजस्ता बलौटे बाटाहरु ।
मरुभूमिका पहाडको बनौट पनि अचम्मैलाग्दो । आँखाले नभ्याउनेसम्म बालुवै–बालुवा छ । यस्ता बालुवाको रासमा पनि कतिपय कडा काँडे पोथ्रा–पोथ्री देख्दा छक्क परेर मेरा आँखा तिल्मिलाउँथे ।
‘यिनले बाँच्न चैँ सकेकै हुन् है !’
मैले कटुवाललाई सोधेँ ।
‘नेपाली नै भन्दिए नै हुन्छ यी पोथ्राको नाउँ !’
मैले उनीबाट सुनेँ ।
हो, यी ठिकै भनिरहेका छन् । यिनका भनाइमा छैन बनावटी । यिनका विचारमा नक्कलीपना छैन, छँदै छैन कत्ति नि ।
छालै खुइल्याउने यो गर्मीमा पसिना चुहाइरहेका परिश्रमी नेपाली छन् असङ्ख्यौँ । सयौँ होइन हजारौँ । हजारौँ होइन लाखौँ ।
कति मन छुने उत्तर अनायास बोलेथे कटुवालले ।
हामी डेजर्ट सफारीमा गुडिरहेका छौँ ।
‘यति त आइयो, नहेरी जानै हुन्न !’
ताल पु¥याइछोड्ने अड्डी छ कार्कीको ।
हामी पूर्व, दक्षिण भएर गुडेका–गुडेकै छौँ । ठाउँ–ठाउँमा ठूला र अग्ला न अग्ला टावर छन् । त्यहाँ क्यामेरा जडान गरिएका देखिन्छन् प्रशस्तै ।
पर–पर उँटका बथान छन् । आँखै तिर्मिराउने घाम र गर्मीले शरीर गलाएको छ । गाडी बेस्सरी हल्लिएर थिलथिलो भइसकेका छन् ज्यानका धेरै अङ्गहरु ।
एक ठाउँमा त गाडी मास्तिर उक्लिनै सकेन— कार्कीले मरुन्जेल गाडी उकाल्न खोजे । बालुवाको रास गुरुरु तल झरेर गाडी नै सुलुलु आपैmँ तल आएर थच्चिन पुग्यो ।
मुटुको तातो स्वात्तै हरायो र चिसिन पुगेँ म ।
‘आज यत्ति नै होला दुनियाँ देख्न लेखेको !’
मेरो मन अत्तालिएर बोलिरहेको छ ।
मसँगै अरुका अनुहारमा पनि अँध्यारो ओर्लियो एकाएक । सबैको मनको कहाली अनुहारमा आएर बस्यो थपक्क । भय, त्रास, अत्यासको भुँवरी एकै पटक आँखामा आएर छताछुल्ल पोखियो ।
तर टिबीले छोडेनन् । फेरि एक फन्को गाडी मोडेर पश्चिमी पाटो भएर भीरैभीरै भई तीनचार तरेली मोडेर थाप्लामा पु¥याइछोडे— बालुवाको धारिलो चुलीमा ।
‘मरुभूमिको चक्कर यस्तै हुन्छ !’
कार्की बोलिरहेका छन् ।
निकै तेर्छो देखियो । पूर्वपट्टि आपट्टे समुद्रको अटलता छ नजिकै । सागर र सगर दुवैको नीलोले केही बातचित गरिरहेको लाग्दैछ । हामी सागरको छेउमै जोडिएको बालुवाको खानीमा दगुरिरहेका छौँ ।
तीनवटा बालुवाका चुली चढ्ने र ओर्लिने क्रम सकिएपछि एउटा निकै टारजस्तो विशाल मैदानमा हामी रोकियौँ ।
पहेँलो र राताम्मे टाकुरामा फुत्त फुत्त खस्थे अकासबाट वेग मारेर आएका आपैmँ उडाउन मिल्ने छाते धोक्राहरु । जहाजे पाराका ती थैलाहरुमा एक दुई उडुवाहरु हावाका तालमा यताउता खसिरहेथे ।
‘समुद्रमा झ्वाम्म खस्दैनन् ?’
‘यी उडिरहेका हेलिकप्टरले टपक्क टिपिहाल्छन् नि !’
मेरो गनगनले कार्कीबाटै उत्तर पायो ।
आँखाले नभ्याउने पहेँलपुर बालुवाका पहाड, टार र खोँचमा चकमन्न थुप्रेको थियो । बेला–बेलामा हावाको फुइँकीले हुइँहुइँ आवाज छर्दा कोलाहलमय हुन पुग्थ्यो सिङ्गो मरुभूमि । अझ खोँचबाट बटारिएर निस्केको हावाको फुइँकी निकै त्रासद सुनिन्थ्यो ।
मैले चारैतिर हेरेँ ।
पश्चिमतिर घामको डल्लो ‘अभैm पनि खरानी पार्न सक्छु’ भन्ने हाँक दिएर डुब्ने तर्खरमा थियो । गर्मी केही मत्थर थियो । धर्तीमा तापको राप मत्थर भएको थियो थोरै भए नि ।
‘हाम्रा साथी कता छुटे ?’
बोलिरहेका छन् टिबी ।
हामी हुइँकिएर निकै पर पुगिसकेका छौँ । अघि देखिएका बालुवाका शिखरहरु बेग्लै भइरहेका छन् फेरि । भिन्नै रङ र आकारमा टुप्लुक्क आँखासामु झुल्किन्छन् । डुब्दो घामसँगै हुत्तिएको हावाले बालुवाका पहाडमा पोखिरहेछ अनेक खालको कला र रूप ।
कतै टुप्लुकिइरहेका छन् गहिरा खोँचहरु । कतै स्वात्तै चिप्लिने भिरालाहरु देखिइरहेका छन् । कतै आँखा शान्त हुने समथर पखेरा भेटिइरहेका छन् । कतै मुटुको कम्पन समेत चुप लाग्ने सुन्दर नागबेली तरेली सामुन्निएका छन् ।
म त हेरेको हेरेकै भएँ— बालुवाको चमत्कार । बालुवाको खानीको अद्भूत संसार ।
आँखाले देखेको मरुभूमिको रूप ओठले भन्न मानिरहेको छैन । हो, खलबल छ । बेजोडसँग त्यो उकुसमुकुसले कोहीसँग बातचित गर्न मन गरिरहेको छ ।
‘अभैm भेटिएन न्यान्सी ताल !’
कार्कीले गाडी स्टार्ट गरे ।
उनको भूतमा हामी सबै परेका छौँ । उनी बालुवाको पहाडमा सुलुलु चिप्ल्याएर बेस्सरी गाडी हुइँक्याइरहेका छन्… हुइक्याइँरहेका छन् । घरी–घरी गाडी पल्टिएर उत्तानचित खाला जस्तो हुन्छ । मुटुले ठाउँ छोड्छ बेला– बेला !
हामी सबै डल्लो पर्छौं एकै ठाउँमा ।
‘यता हुनु पर्ने हो !’
उनी गाडी पहाडबाट तल ओराल्छन् ।
‘यता पनि देखिएन !’
कार्की फेरि गाडी मोडेर पहाडतिरै हुइँक्याउँछन् । बालुवाको चुलीमा त हेर्दाहेर्दै पहिरो खसेर गाडीका पाङ्ग्रा सबै पुर्रिइन्छन् ।
तर पनि कार्कीले अनेक जोडबल लगाएर ठीक ठाउँमा ल्याइपुर्याउँछन् गाडी ।
हामी पूर्व निकै हुत्तिएपछि अकासबाट उडेका प्यारासुट निकै परको खोँचमा ओर्लिएको देख्यौँ । उडिरहेको प्यारासुटले दिएको सङ्केत समातेर हामी नि हुइँकिएका थियौँ बेतोडले ।
ओहो, अघि नै छोडेको समुद्रसँग त फेरि पो भेट भो । त्यही नीलो समुद्र । त्यही चकमन्न सागर । त्यही अपार जलराशि ।
‘लौ, संसार घुमियो भनेको त त्यै समुद्रको फन्को मार्दै बसिएछ !’
दिक्क भएँ म ।
गाडी फेरि रोकियो ।
निकै माथि पो पुगिएछ त । चारैतिरबाट बालुवाका चहकिला थुम्का, टार र नागबेली चुलीहरु टुप्लुकिए मज्जा–मज्जाका । राता, खैरा र कतै–कतै त घुर्मैला मैदानहरु पनि ।
कतै–कतै छायाँको बढी प्रभावले काला खोँच समेत देखिए ।
गाडी मोडिएर दक्षिणतिर सुलुलु चिप्ल्याउन मन गरेछन् कार्कीले । तह–तह परेको भीरमा गाडी थामिन मुस्किल पर्यो । एकै बाजी पुल्टुङबाजी खालाजस्तो पो भइयो— गाडीसँगै हामी सबै ।
गाडी पनि खसिरहेको छ । बालुवाको रास झन् बेतोडले झरिरहेको छ । गाडीको आधा–आधासम्म बालुवाले पु¥यो । निकै कसरत गरे कार्कीले । बालुवामा नमज्जाले फँस्यो गाडी ।
हामी सबै झ¥यौँ । अनि बिस्तारै गाडी पछाडि सारेर तेर्छो फाँटमा पु¥याए उनले ।
‘मरी त हालिन्न थियो । घाइतेसम्म होइन्थ्यो !’
भट्टराई फुसफुसाए ।
तर मैले र कटुवालले भने मानेनौँ उनका कुरा ।
मरुभूमिमा बालुवाले पुर्रिएर मरिन्थ्यो होला । समुद्रका छेउमा ‘पानी–पानी’ भनेर परान जान्थ्यो होला हाम्रो ।
मैले त यस्तै कुरा भनेँ ।
तर कार्कीेले झनै बेतोडसँग बालुवाको खोँचतिर गाडी हुत्ताएर मेरा कुरालाई हावामा उडाइदिए । गाडी र कार्की दुबै जब्बर । बरु मरुभूमिको बालुवा हा¥यो ।
हामी पाँच–सात नागबेली उकाली र ओराली छिचोलेर पूर्वतर्पmको फाँटिलो थुम्कोमा पुग्यौँ । भीरकै छेउमा घ्याच्च रोकियो गाडी ।
‘ऊ त्यही हो !’
पश्चिमतिर औँल्याए कार्कीले ।
‘यत्रो समय लगाएर खोजेको ताल यै हो !’
हामीले समुद्र घुसेर बनेको सानो र सङ्लो पोखरी जस्तो देख्यौँ ।
अनि सरर्र फेरि झ¥यौँ समुद्रकै छेउमा । गहिरो तालको पिँधमा मास्तिरको भीरको रातो रङको छायाँ झन् उत्ताउलिएर बसेथ्यो । यति परबाट नि त्यसको रूपौलो सौन्दर्यले मायालु छुवाइ भ¥यो मनमा ।
लस्करै बसेका मान्छेहरु माछा मारिरहेका थिए समुद्रका कलिला लहरमा । पारि… समुद्रपारि देखिन्थ्यो सानो टापु । त्यहाँ केही घरहरु पनि देखा परे । समुद्रले घेरेको टापु एक्कासि देख्दा खुसी बेग्लै खालको उम्रियो मनमा ।
‘त्यो साउदी अरब हो !’
एउटा सिपाहीले हाम्रो चासोलाई मत्थर पा¥यो ।
हामीसँग छुटेको गाडी पनि आइपुग्यो । लस्करै बसेर खिटिक–खिटिक फोटाहरु खिच्यौँ ।
साँझ निकै रमाइलो भइरहेको थियो । राता र खैरा मरुभूमिका पहाडहरु देखिइरहेथे झनै उत्ताउला र लोभलाग्दा ।
केही साथीहरु तालको पानी छुन गए । मैले त्यो छुने मन गरिनँ । मेरा लागि मरुभूमिको बालुवाको पहाडले फत्काइरहेको थियो धेरै कुरा । हावाको फुर्ति त्यति बेला देखा पथ्र्यो— जब केही अघिदेखि देखिएको भीर छिनभरमै अत्यन्तै कलात्मक मैदानजस्तो देखिन्थ्यो ।
बालुवा खस्थ्यो बुरर्र… बुरर्र । फेरि हावाले खसाइरहेको बालुवा रोकिएर अरु थपिन्थ्यो । पहिरिएको बालुवालाई फेरि हावाले नै रोकेर बनाइहाल्थ्यो बेग्लै आकारको ।
कस्तो–कस्तो गजब लाग्ने ! कस्तो–कस्तो छक्कै पार्ने ! कस्तो–कस्तो दङ्गै तुल्याउने ! आँखा र मनले पक्क परिरहने मरुभूमिका पर्दाहरु ।
ओहो, कस्तो लुकामारी हावा र बालुवाको !
मरुभूमिको अद्भूत संसारमा मेरा आँखा हराइरहेका छन् । आँखाले एउटा दृश्य हेरिनसक्दै मनले अर्कै भाषा बोलिसक्ने समयको परिवर्तन— मैले मरुभूमिमा मात्र देखेँ । एकदमै अचम्म, अनौठो र अपत्यारिलो समेत । निकै बेर समुद्र छेउमा टहलियौँ हामी । साथीहरु छरिएर हातको पानी साटासाट गरी–गरी खायौँ ।
मैले बालुवामा लेखेँ— ‘९वैशाख, २०७३ । अरब सागरलाई पढेको दिन !’
साँझमा दोहा फर्किन लाग्दा कार्की बोले— ‘डेजर्ट सफारी कस्तो लाग्यो तपाईंहरुलाई ?’
अरुहरु अनेक कुरा जोडेर धेरै–धेरै बयान गरिरहेका थिए । मसँग मौनता थियो— अगाडिको समुद्रजस्तो । यो अथाह बालुवाको पहाडको चुपचापजस्तो ।
अहिले भन्न मन लागेको छ— ‘कार्की सर, त्यो घुमघाम अद्भूत भयो । जीवनलाई नयाँ शैलीमा एक पटक पढेर फर्कन पाएँ । कृतज्ञ छु तपाईंप्रति !’
By: writer for sahityasangalo.com @copywrite 2010