चौध बर्षमा पाइला टेक्दै गरेकी चञ्चले छोरीको चालामाला नियालिरहेकी रानीले श्रीमानसँग भन्छिन्।
“सुन्नुहोस् त पुजाको बा! त्यो मास्टरको चालामाला त ठिक लागेन है मलाई त समयमै होस् पुराउनुपर्छ। काम बिग्रेपछि रोएर काम छैन।”
हुन्छ। लागेको त मलाई पनि त्यस्तै हो। बरु यो मास्टरलाई हटाएर त्यो पाण्डे सरलाई बोलाउनु पर्यो।” गम्भीरता साथ उनले भने।
पचहत्तर बर्षे पाण्डे सरलाई ट्युसनको लागि बोलाइयो।
ट्युसन सकेर सर जानुभयो।
रानीले छोरी पुजालाई दुई झ्याप् हान्दै भनिन् ” नकच्चरी अलि टाढै बसेर पढ्न सक्दैनस्? त्यो बुढामास्टरसँग टाँस्सिएरै बस्नुपर्छ ?”
रन्थनिदै पुजाले भनि- “मैले के गरेँ र ? टाढा बसेर कसरी पढ्नु त?”
अझै मुखमुखै लाग्छस् हेर बिन्दुको हालत मास्टरकै पेट बोकि के हालत भयो उनिहरुको इज्जतको? त्यस्तै होलास् नि तँ? रानीले मुर्मुरिदै स्पष्टीकरण दिइन्।
“आमा! बिन्दु नै किन बिन्दु जस्ता कति होलान् तर तपाईले किन मलाई बिग्रेकाहरुसँग तुलना गरेर हेर्नुहुन्छ? के गर्न हुन्छ के हुदैन त्यो मलाई थाहा छ नि। यति थाहा नभए मान्छे भएर जन्मेको के काम लाग्यो र ? आमा! आफ्ना छोराछोरीलाई विस्वास गर्न नसक्दा पनि हो धेरैका छोराछोरी कुबाटोमा लागेका छन्। बिस्वास् नै ठुलो कुरो हो। हरेक नाता विस्वासमा नै अडेको छ। जहाँ बिस्वास छ। त्यो नाता सुन्दर बन्छ। बिस्वास बिनाको कुनैपनि नाता सुकेर जान्छ। ” पुजा भन्दै थिइन्।