बुवाहजुर!यी पत्रिका पढिस्योस् त!कस्तो दुख लाग्दो समाचार आएछ। -“भारतले नेपालको जग्गा हडपेर” ………।निशान्तले आफ्ना बुवालाई दुखद खबर सुनाउँदै उठाउँने कोशिस गर्यो।तर बुवा अझ उता फर्केर आँखा चिम्म गर्दै निदाउँने थाल्यो। निशान्तलाई कता कता दुख लाग्यो र भन्यो।”बुवाहजुर,हजुर एउटा राज्यको जिम्मेवार व्यक्ति भएर पनि यस्तो संबेदनशिल बिषयमा वास्ता गरिसिन्न?” बुवाले झर्किंदै छोरालाई भन्यो।”अँ …..अँ,यो आजको कुरा हो त ?भर्खर थाहा पाउँदैछस्?” निशान्तले कठोर बन्दै भन्यो।”अनि ….यस्तो देशको भुमी नै लुटिएको कुरामा पनि हजुर जस्तो एक जिम्मेवार मन्त्रिपदमा होईसेको व्यक्तिले आनन्दको निन्द्रा सुत्ने भनेपछि हजुरको पदको जिम्मेवारी र नैतिकता कहाँसम्म रैछ त?” छोराको कुरा सुनेर बुवाहजुर जुरुक्क उठेर भित्ताको घडी नियाँल्यो।बिहानको ९ . ०० बज्न लागेको रहेछ।सिरानी भित्तामा ठाडो पारेर अडेस लाग्यो र छोराको निन्याउँरो मुख नियाँल्दै भन्यो। -“हेर छोरा मान्छेले आत्मासाक्षी राखेर बोल्नु पर्छ ।जुन आत्मामा एउटा चोर/लुटाहा शैतान पसेको छ।त्यो आत्माले कदापि सत्यको पक्षमा बोल्न नदिँदो रहेछ।मभित्र सत्यको पक्षमा बोल्ने सामर्थ्य छैन किनकी म स्वयंले दाजु,भाइको जग्गा मिचेर यत्रो बंगला बनाएँ।आफ्नो भागमा जमिन खर्लप्प राखें ।त्यहि पस्चातापले मन भत्भती पोली रहेको छ।अब आफै कालोकर्तुतको भागिदार भएपछि म कसरी यो बिषयमा अघि सरौं?” बुवाहजुरको कुरा सुनेर निशान्त अचम्भित भयो र मलिन अनुहार बनाएर भन्यो। -” बुवाहजुर म सधैं मुवाहजुरलाई सोध्ने गर्छु।हाम्रा त्यतिका सन्तान छन् भनिसिन्छ तर किन कैल्यै कोही हाम्रामा आउँदैनन्?किन हरेक चाडपर्वमा हामी खाली नेता र मन्त्रीगणहरुका पार्टीमा मात्र जान्छौं भनेको त वास्तविकता यस्तो रहेछ?” छोराको कुरा सुनेर मन्त्रीज्यु उदास देखिए र छोरालाई सम्झाउँन थाले।-“हेर् छोरा जे हुनु भईहाल्यो।अब म सच्चिएको अभिनय गरेर दाजु,भाइको जग्गा फिर्ता दिन्छु भनेर पनि हुन्न।अब तिमीहरुलाई पुस्तौंसम्म पुग्ने जग्गा/सम्पति भईहाल्यो।यति गरेर पनि मनमा केहि शान्ति चाँही छाएको छ। जब परिवारकै मामलामा म स्वार्थी र लालची बनें भने देशको मामलामा मैले आवाज उठाउँनु मलाई आफ्नै आत्माले कुरीकुरी गर्छ।” बुवाहजुरको कुराले उ मौन बन्यो र सोंच्यो।”यस्तै हालत होला नि अन्य राजनीतिक नेताको पनि। त्यसैले त सब मौन छन्।”

लघुकथा -“आत्माग्लानी” आचार्य प्रभा (कोलोराडो अमेरिका)

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Leave a Reply:

Your email address will not be published. Required fields are marked *