-यमुना खतिवडा
“अब एकछिन पनि सक्दिन म तिम्रो बुवाको सह्यार गरेर बस्न । सक्दै सक्दिन । खुरुक्क बृद्धा आश्रम लगेर छोड यी बुढालाई, हैन भने म नै घर छोडेर जान्छु ” निकै घुर्क्याएर भुत्भुतत्ताउँदै सन्ताेषकि श्रीमती रञ्जना बाहिर भित्र गरिरहेकी थिई । सन्ताेष कुनै प्रतिकृया बिना चुपचाप थियो । किनकि ऊ श्रीमतीको कुरा काट्न सक्दैन थियो ।
दिनहरू ब्यतित भइरहेका थिए। अनेकौँ बहानामा यस्तो उस्तो भन्दै अनेक कुरा बनाउँदै दिनहुँ किचकिच गरिरहेकी हुन्थी रञ्जना । अन्त्यमा हार भएर सन्ताेषले अाफ्ना बुवालाई बृद्धाअाश्रम पुर्याउने निर्णय लियो । बाबुले पनि छाेरा बुहारीकाे खुसीकाे लागि बृद्धा अाश्रममै बस्न स्वीकार गरे ।
“अहाे ! रामशरण जी तपाईँ यहाँ ..? नमस्कार ! अारामै हुनुहुन्छ ? कसरी सम्झनु भयो नि आज यतिका वर्ष पछि ? आश्रम संचालक बिनोद शर्मासङ्ग गेटैमा भेट भो । उफ ! जे नहोस् भनेर कामना गरिरहेका थिए त्यही भयो आखिर ।
बिर्सेको नै कहिले पो थिएँ र ? अनि बिर्सन नै कहाँ पो सक्छु र यो मन्दिरलाई त ! जसमा मैले मेरो जिन्दगीमा उज्यालो झोली भरी पाएको थिएँ प्रसादको रूपमा । भावुक भएर भने रामशरणले ।
अनि यो बाबुचाहिँ काे हाे नि “। सन्ताेष तिर देखाएर बिनोदले सोधे ।
“याे मेरो छाेरा हाे सर ” छोराको हात स्नेहले मुसार्दै भने रामशरणले ।
” लौ न । उहाँ सन्तोष बाबु पो ? कति चाँडै दिन बितेको है । हिजाे जस्तै लाग्छ, बच्चा नभएको कारणले तपाईंहरु दुवैजना अाएर हाम्रै अनाथ नमुना बाल गृहबाट धेरै खुसी र सपना बुनेर बाबुलाई लानु भएको थियोे ।”
सन्ताेष छागाँबाट खसे झैँ हुन्छ । चारैतिर अध्याँराे देख्छ र थुचुक्क बस्छ ।
अचेत अवस्थामा थियो । …बाबु ! के भयो ? लौ न अाँखा खाेलन छोरा !
रामशरण सन्तोषको टाउको मुसार्दै करुणा भावमा भनिरहेका थिए…..!!!!
श्रोत : लघुकथा कुनो