छपन्न वर्ष लामो कालखण्ड । सिङ्गो एउटा मान्छेको जीवनभित्र । मान्छे उभ्याउने डोबहरूसित । छचल्किरहेथे । अनिदि्रत तन्द्रासित मानो मन एक सागर । न प्रकार एउटा सिङ्गो आकाश । जसको न लम्बाइ । न चौडाइ । न उचाइ । न गहिराइ । न आकार । न प्रकार । शून्यमा शून्यसरी बिलाउने मानिस । शून्यमा शून्य जस्तै आकाश । न यसको छ ब्यास । न कुनै प्यास । छिल्लिन खोज्यो छिल्लिन्न । यो हर्मन हेसले अपन शङ्कर लामिछानेको प्याज माथिको अमूर्त चिन्तनभन्दा भिन्न । हर्मन हेसले मान्छेलाई प्याजसित तुलना गरे ।

सिङ्गो एउटा प्याज । हेसको आँखामा मान्छे प्याजको गेडा बन्छ । प्याजले मान्छेको विम्ब बोक्न थाल्छ । अनिदि्रत तन्द्रा जसले तानातान गर्दैछन् मलाई यो घडी पला र अणुअणु समयका मान्छेका शून्यताहरूका । मान्छेका सार्थकता, असार्थकताहरू लाग्छ शून्यसरीका शून्यै शून्यहरू । स्मृतिका पर्दा उघि्रन्छन् । सम्झन्छु एकफेर मेरा गुरु महाकवि लक्ष्मीप्रसाद देवकोटा मृत्यु शैय्याबाट मुखरित मृत्यु शैय्याका स्वरगुञ्जन “म शून्यमा शून्य सरी बिलाएँ!”

“मृत्यु शैय्याबाट” देवकोटाभित्रदेखि मुखरित भएका शब्दाङ्कण हरिश्रेष्ठले गरेथे । महाकवि देवकोटा मृत्यु शैय्यामा काव्यिक जीवन अनुष्ठान भर्दै थिए । म शून्यमा शून्यसरि बिलाएँ । दर्शन मृत्यु शैय्यामा काव्यिक जीवन अनुष्ठानका उत्कर्ष रह्यो । हरि श्रेष्ठले तत्काल त्यसलाई मुद्रण गरे छापाको सहाराले । एकातिर नेपालीमा अर्कोतिर अङ्ग्रेजीमा मुदि्रत अन्तिम आवाज यसरी छापिएथे ः

मृत्यु शैय्याबाट
संसाररूपी सुख स्वर्गभित्र
रमेँ रमाए लिइ भित्र चित्र
सारा भयो त्यो मरुभूमि तुल्य
रातै परेझैँ अब बुझ्छु बल्ल
रहेछ संसार निशा समान
आएन ज्यँूदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो, ज्ञान, न भो विवेक
महामरुमा कणझैँ म तातो
जलेर मर्दो बिनु आश लाटो
सुकिरहेको तरुझैँ छु खाली
चिन्ताग्नि तापी जल डाल्न फालि
संस्कार आफ्नो सबै नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ
जन्मेँ म यो स्वर्ग विषे पलाएँ
आखिर भै खाक त्यसै बिलाएँ ।

मृत्यु शैय्यामा पनि महाकविले संसारलाई भूस्वर्ग नै माने । जसरी शहीद शुक्रराज शास्त्रीले मानेथे । कविताका पहिलो पङ्क्ति बोल्छ, ‘संसाररूपी सुख स्वर्गभित्र’ अन्ततिर उस्तै भन्छ, ‘जन्मे म यो स्वर्ग विषे पलाएँ’ । कत्रो पृथ्वी गान! अगाध आस्थाविना पृथ्वी गान गर्नै सकिन्न । धरती पुत्रले नै धरतीप्रतिको आस्था गान गाउँछ । यथार्थमा मान्छे धरतीकै सान, मान, गान हुन् । देवकोटा धरतीका शान, मान र गान सबै हुन् । लक्ष्मीप्रसाद आखिर कवि आत्मा हुन् । अरुबेला त लेख्छन्, लेखे मृत्यु शैय्याबाट फुरेका यो कविता कविता मात्र नभएर कवि आत्माकै बिम्ब बोक्छ । यसो भन्न पाउँछु जब चेला बन्न पाएको देवकोटाको म निधार सुम्सुम्याउँछु आफ्नै पुर्पुरो दुई हातले । कत्रो श्रद्धा, कत्रो सम्मान, कत्रो आस्था मेरो । गुरुप्रति! गुरुकुल एक चेत घराना । गुरुकुल एकै चेतका अनेक । मृत्यु शैय्या एकै कविता । प्रत्येक पङ्क्ति तिनका चेत धारा । ओशोले भनेथे कविताका रसस्वादन शब्दका कापकापबाट हुनसक्छ । अर्थात् शब्दहरूका प्रत्येक जोडाइबाट काव्यिक चेतनाहरू चुहिरहन्छन् । शब्दका काप भेदी बन्न सामथ्र्य चाहिएको हुन्छ । सबै सबै शब्दका चेत कर्मीहरूका लागि । शब्दका चेत कर्मी भन्नु चेतनाका सर्जकहरू देवकोटा शब्दका चेतकर्मी कवि आत्माका अमरत्वका गाथा विम्ब ध्वजा भन्ठान्छु म ।

मात्र यति नै कहाँ हो र ? मृत्यु शैय्या जीवनका अभिसप्तताहरूका आलाप पनि बन्छन् । आलापमा कवि देवकोटा सुस्केरा हाल्छन् –

‘सारा भयो त्यो मरुभूमि तुल्य
रातै परेझैँ अब बुझ्छु बल्ल
रहेछ संसार निशा समान’

त्यत्रो धरती गान गाउने गायक कवि अब पलायन उन्मुख सुनिन्छ । मानौँ अनुरक्ति र विरक्तिपन जीवनका दुई किनार हुन् । कविका विरक्तिपनमा व्यङ्ग्य बिउँतिन्छ । आफ्नै आसेपासे मान्छे भनाउँदा दुई खुट्टे जन्तुहरूका अमयार्दित व्यवहारका कारण यो विश्व अँध्यारोको गोलो बन्न पुगेको अनुभूति ओकल्छन् । कहाँ स्वच्छन्द विचरण गर्न सकिने विशाल विश्व परिधानबाट व्यवधानमा परिणत हुनथाल्छ । कौतुहल मात्र नभएर यो कोलाहलपूर्ण बन्छ । कोलाहलपूर्ण मात्र होइन बरु उत्तेजनापूर्ण पनि बन्छ संसार । कवि अन्तरचेतका तरङ्गलाई सस्वर अलाप्छन् । पश्चात्ताप गर्छन् –

‘आएन ज्यूँदै रहँदा नि ज्ञान
आखिर श्रीकृष्ण रहेछ एक
न भक्ति भो ज्ञान, न भो विवेक’

आलाप र पश्चात्तापका यी स्वर गुञ्जन लहरी । मात्र पश्चात्ताप र आलाप भरी सीमाबद्ध छैन, रहेनन् । पश्चात्ताप आंशिक आफ्नै एकल धारणा, विश्वास र चिन्तनका प्रतिफल रहे । यहाँनिर एउटा धारणा वा आत्म स्वीकारोक्तिका झझल्को छरपस्ट बिउँझन्छ । “नसा-नदीका तरल तरङ्ग मन्दिर आफू अपार” ठान्ने चिन्तनधारका कवि । किन आफू सशक्त दैहिक चिन्तन लीलाका पौरुष बन्दा ज्ञान, भक्ति र कर्म योगबाट टाढिएको महसुस ज्ञापन गर्न पुग्छन् मृत्यु शैय्यामा । मृत्यु पनि नितान्त कष्ट साध्य बन्छ चेतनपुञ्ज दार्शनिक कवि देवकोटाका लािग । अब शारीरिक दुर्बलताले पीडादायक पीर व्यथा ओकल्छन् । ‘ईश्वर बस्दछ गहिराइमा सतह बहन्छौं कति दूर’ ? ज्यूँदै रहँदा हुन नसकेको कृष्णप्रतिको विवेकपूर्ण ध्यानको संस्मरण ।

दार्शनिक कविका सहधर्मी कृष्ण लीलाप्रतिका कर्म नारी, कति सम्झाउँदी हुन् उनी आफ्नो पतिलाई । मात्र मृत्यु शय्यामा किंकर्तव्यविमूढ अवस्था उनमा त्यस धारणाका चेत जगाइदिन्छ । यहाँनिरै हो जहाँ हामी पश्चात्तापका आलाप सुन्न पुग्छौँ । अनि यहीँनिर हो जहाँ पश्चात्तापका स्वीकारोक्तिबीच, कापकापबाट फसफस रसाइरहेका घोर भत्र्सना, तीव्र व्यङ्ग्यका तीरहरू तैरिन पुग्छन् । ती तीव्र व्यङ्ग्यवाण उनै सहधर्मी, सहकर्मी, सहयात्री साहित्यकर्मीहरूप्रति लक्षित बन्छन् । देवकोटाको निधन २०१६ भाद्रमा भएथ्यो । २०१६ भाद्र ६ गते भक्तपुरमा आयोजित ‘परिचय कवि गोष्ठी’ को सभापतिको आसनबाट कविवर केदारमान व्यथितले बुलन्द स्वर मुखरण गरे ः ‘देकोटा मर्न लागेको होइन मारिन लागिएको भर्खरै नेपाली साहित्यका एक नक्षत्र हृदयचन्द्रसिंह प्रधान साहित्यकासबाट बिलाए’ । जनकवि दुर्गालाल श्रेष्ठको लयदार कविता वाचनबाट आरम्भ भएको गोष्ठीमा कविवर सिद्धिचरण श्रेष्ठ, नाटक सम्राट बालकृष्ण सम, कथाकार भवानी भिक्षु, कविकेशरी चित्तधर हृदय, निबन्धकार कृष्णचन्द्रसिंह प्रधान, भूपि शेरचन, कृष्णभक्त श्रेष्ठ, मोहन हिमांसु थापा, वासुशशी, रमापतिराज शर्मा सूर्यबहादुर पिवाः, तिलकप्रकाश आदिको उपस्थिति थियो ।

जीवन-जगत् आफ्नो सेरोफेरो महामरुमा परिणत भइसकेको अनुभूति गर्छन् कवि । महामरुको विशाल परिवेशमा उनी आफू पनि एउटा कण भाग बनेर जलनका पीडा भोगी मान्छन् । यथार्थ त्यही थियो । जीवनको अन्त अर्थात् मृत्युको मुस्लो तापिरहनुको पीडाबोधको सन्देश सञ्चालित भएको छ, यसमा । निराशापूर्ण बन्छ त्यस क्षण । केही हुन्छ भने जीवनप्रतिको वितृष्णा व्याप्ति नै त्यसबेलाको महिमा बन्छ । हाड र छालाको सिरिङ्ग शरीर विकरालबोध कवि देवकोटा आफैँ गर्छन् । आफ्नो जीवन सुकेका रुखको ठूटो भएको प्रतीत गर्छन् । अनन्त पीडा र जलनको मुस्लो बनेका देवकोटा आफैँ बक्छन् । आशाविहीन मृत्युमुखी जीवन कविताका अन्तिम हरफ छन् । कवि जीवन चिताको आगो समान अनुभूत भइरहेको भावमा यी पङ्क्तिहरू पोख्छन् –

महामरुमा कण झैं म तातो
जलेर मर्दो बिनु आश लाटो
सुकिरहेको तरुझैं छु खाली
चिन्ताग्नि तापी जल डाल्न फाली

कवि चेतमा संस्कारले चैतन्य अवस्था बोध गराउँछ । संस्कारप्रतिको सार्थक मर्म चिन्तन भइरहेको झझल्को झल्यासमल्यास भएकै हुन्छ । कस्तो सबल चेतना उनको त्यस अवस्थाको अन्तिम घडीमा पनि श्वासप्रश्वासको ? चेतनाको मर्म बनोस् त जीवनदायी अमर भाव रहोस् । मनमा छचल्किँदाको तरङ्गहरू तरेलिरहन्छन् । गाउन मनलाग्छ ।

सारङ्गीको तार उक्ली
मनको भाव चढिरह्यो
शून्यहरूको शून्य सँगाली
जीवन्त सर्गको स्वर्ग छिचोली

मनमा छचल्किँदाको मभित्र कहिले हराउँछु । कहिले बग्न थाल्छु । पानी पानी । कहिले उछिटिन्छु । आफैंबाट चकनाचुर धुलोको कणैकण । पानीका छिटैछिटा । उछिटिनु पनि जीवनलीला । धुलोपिठिनु पनि लीलैलीला । कहिले सम्झन पुग्छु इन्द्रबहादुर राईका लीला लेखन आवृत्ति, प्रवृत्ति, पुनरावृत्तिहरू जे भनौँ । सम्झन्छु उतिखेर महाभारतका कृष्ण लीलाहरू कसो कसो लाग्छ । न कृष्ण हुँ । न त इन्द्र राई । तैपनि पानी झैँ लीला बगिरहेछु । लीलाहरूकै जीवन व्यहोरिरहेछु । लाग्छ व्यहोर्नु जीवन बन्दो छ । लाग्छ व्यहोर्न सके जीवन बग्दछ । मनमा छचल्किँदा यसरी ओकल्न मनलाग्छ आफैँलाई । ओकल्दा ओकल्दै सारङ्गी बनिदिन्छ । उकल्दा उकल्दै तार बनिसक्छु । सिँढीहरूको जीवन आवतजावतको भरेङ भइदिन्छु । आफ्नै जीवन । आफ्नै भर्‍याङ । आफ्नै सिँढी । आफ्नै उकालो ओरालो ।

तैपनि संस्कार टुट्ने गर्छ । टुटिरहेकै हुन्छ । देवकोटा अन्तिम अवस्थाका घिटीघिटीमा बोधिसत्व सम्प्रेषण गर्छन् । मर्मबोधका बोधिज्ञान यसरी प्रेषित छन् ।

संस्कार आफ्नो सब नै गुमाएँ
म शून्यमा शून्य सरी बिलाएँ

मर्मबोधी यी हरफहरू सारगर्भित जीवन दर्शन बोल्छन् । मानौं सच्चा जीवनबोधी तìव बुद्धलाई पनि सारनाथमै मिलेथ्यो । मानौं महाकवि देवकोटा देवत्व प्राप्तिको क्षण अमर दर्शन चिन्तन गदर्ैै अमरत्वका लागि अमर वाणी ओकल्दा हुन् । मृत्युले नै मृत्युञ्जयीमन्त्र उच्चारण गराउँदारैछन् । मृत्यु, त्यसकारण मरण मात्र नभएर मरणपछिको अरवाणी वाचक मुहूर्त बन्दोरहेछ । सबै संस्कार गुमाएर शून्यमा शून्य भएर विलीन बन्नु पनि मृत्यु रहेछ । मानौँ शून्यमा शून्यसरी बिलाउन पनि सबै सबै नै संस्कारलाई तिलाञ्जली दिनुपर्दो रैछ । लाग्छ लीलालेखनमा संस्कारहरू टड्कारो पर्दा’ रैछन् । मानौ संस्कारहरूका चर्चा परिचर्चाहरू अति लीला लेखनका खुड्किला बन्दारैछन् । भन्न मन लाग्छ र लागि नै रहन्छ संस्कार पालन भइन्जेल मृत्युले आँखा चिम्लिदिँदा हुन् ।

संस्कार आयामिक छन् । अनेक आयामहरू मध्येको एक आयाम मृत्यु पनि जीवन शरीरका अङ्गप्रत्यङ्ग, नसानसा अनि तन्तुतन्तुका रेसारेसामा लीन रहेका दैहिक स्वास्थ्यका अवस्थाहरूमा खिया पर्नु, शारीरिक संस्कारमा ह्रास आउनु । शारीरिक संस्कार एक आयाम भए मानसिक अवस्था शरीर विज्ञानले चर्चिने अर्को मनोगत संस्कार । देवकोटा चेतन ब्रहृहस्वरूप यस्ता मर्म बोधक सूत्र ओकल्छन् । संस्कार गुमाएर शून्यमा शून्यसरी बिलाउनुका अनेक तात्पर्य मध्य लाग्छ । दर्शनका मर्महरू पनि छन् । दर्शनका आयामहरू मानसिक र मनोगत पनि हुन्छन् । देवकोटाका मृत्यु शैय्या ओकल्दै उनका मृत्युमुखी अन्तिम अभिव्यक्ति ओल्टाई पल्टाई फेला पार्ने जमर्को गर्दाका अनुभूति बनेछन् यी ।

शाश्वत सत्यलाई सत्यहरूबाटै पर्गेल्नु विवेचना धर्म अनि कर्तव्य पनि । धर्म र कर्त्तव्यबोधबाट दायित्व बोध हुनथाल्छ । दायित्व बोधले पर्गेल्ने प्रवृत्तिमा थप प्रेरणाका ऊर्जाले सिञ्चन गर्छ । थप प्रेरणाका ऊर्जाले सिञ्चिदिँदा मनमा छचल्किँदो लहरहरूका तरङ्गहरू तरङ्गनि थाल्छन् । वर्तमान मेरा लेखन प्रवृत्तिका छचल्काइ बन्छन् छचल्कन मनलाग्छ । छचल्कि रहुँरहुँ । मानौँ छचल्काहरूबाट उद्भव हुने फोकाफोकाहरू सबै नै जीवनका लीलामय तरङ्गका भेद हुन् । देवकोटाका अन्तिम घडीका क्षण प्रतिक्षणहरू पानीका फोकाफोका बन्छन् । फेरि पनि एकचोटी उच्चारण गर्नै मन लागेकै हुन्छ । सबै सबैका अविचलित चलनका यी जीवन वाणीबन्दो अन्तिम पङ्क्ति

जन्मे म यो स्वर्ग विषे पलाएँ
आखिर भै खाक त्यसै बिलाएँ ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Articles researcher, contributer & Editor for www.sahityasangalo.com Poem and song writer studying master in business

Leave a Reply:

Your email address will not be published. Required fields are marked *