सानो कुटी थियो साधुको । त्यही कुटी साधुको सबै कुरा थियो । कुटीको चारैतिर साधुले हरियाली बनाएको थियो । त्यही हरियालीसँग साधुको भलाकुसारी, हिमचिम भइरहन्थ्यो । हरियाली पनि मानवकै रुपधरि साधुसँग अन्तरङ्ग गथ्र्यो । कहिले उभिएर आउँथ्यो साधुको हालचाल बुझ्न त कहिल्यै लहलह झुली साधुसँग झुकाव जनाउँथ्यो । साधुको कुटी त्यो परिसरमा प्रख्यात थियो । साधु हरियालीसँग मुग्ध थियो ।
कसैले भन्थ्यो त्यो साधु बुद्ध हो , उसले सब राजपाट छोडी आएको । त्यसैले त्यहाँ विहान पुजा गर्न जानेहरुले साधुलाई पवित्र सर्जामहरु भेटी चढाइ जान्थ्यो । त्यसैको अनुकरण गर्दै अरुले अपवित्र कुरा साधुकहाँ फाल्दिन्थे । साधुले पवित्र र अपवित्र चढाउनेहरु राम्ररी चिनेका थिए । साधुको कुटी नजिकै विद्यालय पनि थियो । विद्यालयमा सफाइमा खट्ने दिदीहरुले साधुलाई कहिले चिया ल्याइदिन्थे, कहिले सरसफाइ गरी जान्थे । साधुले दानमा पाएका बढी भएका खानेकुराहरु बाँदर, विरालो, कुकुर आदि जनावरका साथसाथै परेवा, भङ्गेरा, काग, ढुकुर आदिजस्ता चराचुरुङ्गीहरुलाई खुवाइरहन्थे । सबै जनावर चराचुरुङ्गीहरु एकै परिवारसरह साधुसँग मिलेर दिनचर्या विताइरहेका थिए ।
यत्ति हुँदा हुँदै पनि साधुले जति पनि खाइसेकपछि वरिपरिका हरियालीसँग अन्तरङ्ग कुरा गर्दै तिनीहरुलाई खाना भनी पखाल्ने काम गरी मलका रुपमा खुवाउँदा असीम आनन्दित हुन्थे । मुख धुँदा, कुल्ला गर्दा पनि हरियालीमा गई धुन्थे । विद्यालयबाट खुवाउन आउने दिदीहरुलाई साधुले सधैँ “जहाँ सफा गरेपनि वरिपरिका घाँसपातको हरियाली नउखेल्नू यीसब मेरा आत्मा हुन् , उखेल्यौ भने अनर्थ हुन्छ , हेक्का राख्नू ” भन्थे । एकदिन प्रधानाध्यापकले “यो साधुले धेरै फोहोर गर्यो दिदीहरु चारैतिरको घाँसपात उखेल्नू ” भनी अराए । जब उनीहरुले घाँसपात सब उखेले भोलिपल्टदेखि लकडाउन सुरुभयो । सब जना कोरोनाको प्रकोपले घरघरमा बसिरहे ।
त्यहाँ धेरैजनाले उदासिनको रोगले ग्रस्त पा¥यो । साधुकहाँ धेरै जना परामर्श लिन आउन थाले ।
एकजना श्रीमती पीडित श्रीमान साधुकहाँ समाधान खोज्न आए । ससुरालीबाट शालीन व्यवहारका आश गरेका ती व्यक्तिलाई साधुले “आधि घरवालीजस्तो ससुराली छोड्नु नै उत्तम वत्स !” भनी सल्लाह दिए ।
साधुले कुन धर्म मान्दछन् भनी उत्सुक भइ एकजना जिज्ञासु आए , साधुले भोलि विहान भक्तहरु माझ बताउने भनी पठाए ।
भोलिपल्ट भयो , साधु नित्यकर्म सकी आए , पुरै ध्यानमा लिप्त भएपछि साधुले मुख खोले र भन्नथाले “आजकल धर्मले जुन सिकाइरहेको छ , त्यो संकुचीत घेराको छ । त्योभन्दा कैयौँ ठुलो छ यो संसार । ग्यालेक्सी मात्रै पनि अनन्त छन् यो संसारमा । त्यस्ता ग्यालेक्सीको संयुक्त रुपमा आजको न २००भन्दा बढी यस पृथ्वीका धर्म, पुग्न सकेका छन् ननै आजको अत्याधुनिक विज्ञान नै । शुक्ष्मतामा पनि एउटा सियोको टुप्पोमै पनि करोडौँ जीवाणु अटाउन सक्छ । त्यस्तै इन्भिजिवल अर्थात् अदृश्य संसार त हामी सोच्नै सक्दैनौँ । यत्ति बहुआयामिक छ यो संसार । पहिलेको जस्तो कुनै पनि धर्मगुरुले संकुचित किसिमले अथ्र्याएको जस्तो कदापि हुँदै हैन यो संसार । यस पृथ्वीका प्रत्येक कुराको चालले व्रह्माण्डका कुनै न कुनै पिण्डसँग सम्बन्ध राख्दछ । वत्स ! म कुटीमा जान्छु । आजका लागि यत्ति ।”
सबैजना लक डाउनमा तरकारी किन्न भनी निस्किएका थिए , साधुलाई भेटी चढाएर सबै आआफ्ना निवासमा लागे ।
साधु भने आफ्नो कुटीको चारैतिरको आत्मासँगको विछोडमा रुन थाले । “यो पृथ्वी मेरो लागि होइन । यहाँ राक्षशी राज छ । सकेसम्म म छुटकारा पाउन चाहन्छु ।
तिमीहरुको रिस थाहा छ मलाई । हरे के भयो के भयो गिल्ला गरे ती अञ्जानले । अब कोरोनाको प्रकोप सामना गरिरहेका छन् । मानवका लागि जस्तै अन्य प्रत्येकका लागि पनि पृथ्वीमाथि त्यत्तिक्कै हक छ । तर यो बुझ्दैनन् र पो !”
भोलिपल्ट साधुले फेरि सबैलाई प्रवचन सुन्न बोलाए र भने, “तिमीहरुले हरियाली धेरै नाश गर्यौ । मेसिनमा मात्र काम गर्यौ । कृषि पेशा भुल्यौ । देशलाई कङ्गाल बनायौ ।”
“बाबा ! कसरी हामी कङ्गाल भयौँ ? हामीले त बुझेनौँ ।”
“यहाँ स्कूलका दिदीहरुले झारपात भनी टिपेर जलाए नि ती अमुल्य जडिबुटी हुन् । त्यसले हाम्रो इम्युनिटी पावर अर्थात् प्रतिरोध क्षमता बढ्ने हो । मेरो वर्षौँको अनुसन्धान खत्तम पारे यी दिदीहरुले।”
“बाबा ! दिदीहरुले होइन । उनीहरुका हाकिमको आदेशमा भएको त्यो । हामी आज हजुरसँग सल्लाह गर्न स्थानीय वडाका प्रतिनिधीहरु पनि आएका छौँ ।”
“खयर अब झारपातको कुरा छोडौँ । अर्को विषयमा जाऔँ । यो महामारीमा अब पैसाको काम रहेन । तपाई वडाकाहरु पनि अब प्रत्येकको घरघरमा करेसावारी अनिवार्य गराउनुहोस् । यसले आफ्नो खुट्टामा उभ्याउन सिकाउँछ । विदेशमा कमाएको पैसाले अब देश चल्दैन ।”
“अनि यो भयावह महामारी तथा खाद्य संकटको कसरी सामना गर्ने ?”
“यसमा खासै डराउनु आावश्यक छैन । हाम्रो जस्तो आकारको सानो देशमा १३/१४ करोड जनताहरु कृषिमा निर्भर भएर विकसित देश हुन सक्छन् भने हाम्रो कमजोरी प्रस्त देखिन्छ । हामी पहिले योभन्दा गरिव थियौँ, तर पनि कृषिमा ९७ प्रतिशत लागेको समयमा विदेशी सहायताविना आफ्नै खुट्टामा उभिएका थियौँ । अब हामी त्यसमा फर्कनुपर्छ ।”
“अहिले हामीले गर्नुपर्ने मुख्य काम के हो बाबा ?”
“अहिले हामीले कुनै पनि खेतवारी बाँझो राख्नु भएन । यो निकै ढिलो भइसक्यो, अझै पनि हामी विदेशी सहयोगको अनि डलरको आश गरिरहेका छौँ । यो कदापि होइन । पहिलो प्राथमिकता भनेको देशलाई कृषिमा आत्मनिर्भर बनाउनु हो । देशका प्रत्येक नागरिकले छिटो फल्ने सागसब्जी, कन्दमुल उमारेर देशमा भुकमरिबाट बचाउनु आजको टड्कारो आवश्यकता हो । लौ आज मेरो ध्यानको समय भयो विदा !”
विदावारी भइसकेपछि भक्तहरुले भोलिपल्ट सागसब्जीका बीउहरु आआफ्ना करेसावारीमा छरे । साधुबाबालाई पनि दिए । साधुवावाले पनि कुटीको चारैतिर माटो खनी त्यहाँ बीउहरु छरिदिए । साधुवावाले टिप्न आउँदा पनि नदेखिने ठाउँमा फेरि जडिबुटीका बिरुवा लगाए ।
पन्ध्र दिनपछि फेरि भक्त र साधुको भेट भयो । लकडाउनै थियो तर सबैजना भक्तहरुको मुहारमा पहिलेजस्तो सन्त्रास थिएन । सबैजना आत्मनिर्भर भएजस्ता देखिन्थे । सबैजना यस्तो संकटमा पनि यही आफुले तरकारी किन्ने अमुल्य पैसा जोगिएकोमा खुसी भएको वताए , त्योभन्दा बढी आत्मनिर्भर भएकामा । साधुको मुहारमा पनि तेज राम्रैसँग प्रकट भइरहेको थियो ।
सबै भक्त गइसकेपछि साधु आफ्ना कुटीका चारैतिर हरियालीसाग कुरा गर्न थाले । ए हरियाली ! तिमीहरु धेरै नरिसाऊ । प्रकोपले मनवजातिमा सन्त्रास फैलिएको छ । यसमा यहाँका भक्तहरुलाई जस्तो सारा विश्वमा त म कसरी सम्झाउन सक्छु र ! अब म उनीहरुका तर्फबाट पनि तपाईंहरुसँग माफी मागिरहेको छु । पहिलेजस्तो प्रकट भएर मसँग कुरा गर्न आइदिनुहोस् ।
बाबाले ध्यान गर्दै कति दिनसम्म भक्तहरुलाई वास्तै गरेनन् । ध्यानमा लिप्त भइरहे । भक्तहरु पनि बाबाले समय मिलाएम भेट्न लालायित भइरहे । बाबा भने दिनप्रतिदिन मौनव्रतमा रहिरहे । एकाएक फेरि प्रवचनमा बोलाए ।
यसपालीको प्रवचनमा वावा कुटीबट बाहिर आएनन् सबैलाई घरमा फेसबुक लाइभमा हेर्न आइडि दिए । सबैजना आठ बजे लाइभमा पर्खिरहे । बाबाले आफ्नो फेसबुक आइडिबाट लाइभमा ध्यानमा आएको देखापरे ।
बाबाले ॐ को गुरुवाणी सम्झाए अनि विस्तारै प्रवचन सुरु गरे, “हेर ! तिमीहरुले हरियाली खत्तम गरेकोले मलाई चोट परेको हो । उनीहरुको पनि बाँच्ने हक छ । मैले उनीहरुसँग कुरा गरेको भन्दा तिमीहरुले पत्याएनौ । अब उनीहरुको सन्त्रास पनि हेरिहेका छौ । उनीहरुलाई उपयोग गर । अब कसरी भन्लाऊ ? अस्ति एकजना जापानबाट भक्त भेट्न आए । उनको कुरा त बुझ्छौ तिमीहरु सुन ! ‘त्यहाँ प्रत्येक फोहोर फाल्ने ठाउँमा डस्टविन नै ६ वटा हुन्छन् रे । फोहोरहरु मध्ये प्लास्टिक, कागज, गल्ने, नगल्ने आदि गरी ६ प्रकारले छुट्याएर फाल्नु पर्ने’ रहेछ । त्यसरी हरेक कुराको मुल्य थाहा पाउनुपर्छ । अब त बुझ्यौ होला मेरो कुरा । अन्तर्आत्माको कुरा । अमुल्य जडिबुटी झारपात नष्ट गर्यौ, कत्तिको जीवन खेर गएजस्तो चित्त दुख्यो नि । सिक्ने कुरा त्यस्तै हो । अब गल्ती नदोहो¥याऊ , अनि म मान्छु । मेरो सहयोगमा यसबाट हात बढाएको मान्छु । भूल नदोहो¥याउने पनि सबैभन्दा ठुलो पाठ हो । ल मेरो पनि पाठको समय भयो । फेसबुक लग आउट गर्दै बाबाले सन्देश दिए ॐ…ॐ…ॐ..