आफ्नो घर परिवार नभनी
देश र राष्ट्रका निम्ति
गोली थापेर
सिमानामा नागरिक ढल्दा नदुख्ने
हामी नेपाली के नेपाली।
दिउँसै
हाँकाहाँकी
सिमाना मिचेर
गाउँ पसी पसी
गाईगोरुलाई जस्तो खेदिखेदी
उसका झण्डा आफ्नो माटोमा गाड्दा
टुलुटुलु हेर्ने
हामी नेपाली के नेपाली।
विस्तारवादले
आफैमाथि बुट बजार्दा
नदुख्ने
आफ्नो बिछ्यौना
सारिदिदा पनि
थाहा नपाउने
हामी नेपाली के नेपाली।
सेतो हिउँको शीरबन्दी लगाएर
नेपालको सान र पहिचान बोकेर
विस्तारवादसँग नझुकी
हाम्रै गीत गाउँदै गरेको
लिपुलेक, लिम्पियाधुरा
अनि
बिहान बेलुकै
नेपाल र नेपालीको विरताको
गीत सुनाउदै
निरन्तर निरन्तर बगिरहने
कालापानीको मर्मा नबुझ्ने
हामी नेपाली के नेपाली।
साम्राज्यवादलाई परास्त गर्ने
विश्वमा वीर गोर्खालीको
नामले चिनिन्ने
दुनियाँसँग कहिल्यै झुक्ने
हामी नेपाली
जाबो विस्तारवादसँग डराउछौँ भने
हामी नेपाली के नेपाली।
गोपाल पौडेल
न्यूजिल्याण्ड
पामिस्ट्रन नर्थ