कोरोनाले विश्वभर, मानव जातिलाई अस्तव्यस्त पार्दा,
सारा खुसीहरू वन्धकी राखेर मान्छे,
एक मुस्कान सापटी खोज्दै गर्दा ।
नाथे एउटा सुक्ष्म जीवाणुले,
विश्वका मै हुँ भन्ने शहरहरूमा ताण्डव मच्चाइँरहदा
विश्व नै त्रसित भई अशान्तिको डेरा सर्दा,
मलाई शान्त प्रकृतिले सुटुक्क दिएको निम्तो स्वीकार्दै,
लाए मितेरी उनीसँगै, धाए हरेक दिन उनकै साथ
न रिसराग छ उनीसँग, न कसैप्रति छ भेदभाव ।

ए घमण्डी मान्छे,
कति गर्छस् अहम्ताको खेती
के सिकाउँछस् दुनियालाई, विभेदकारी शिक्षाको बीज रोपी
ए मान्छे तँ के गर्छस्,
ईष्र्या र वैमनश्यताको ब्याज थापेर ।

जा घमण्डी मान्छे,
आफ्नो अहम्ताको पगेरी उघारेर
एकपटक प्रकृतिसँग मितेरी गाँस्न
उनैले सिकाउनेछिन् तँलाई,
खुलेर हाँस्न अनि शान्तिले बाँच्न
जा घमण्डी मान्छे,
एकपटक प्रकृतिसँग मितेरी गाँस्न ।

ए मान्छे,
प्रकृतिविना अधुरो र अपुरो छ तेरो जीवन
घाम पानी, दिन रात र तैँले फेर्ने श्वास
त्यो अहंकारी धन
अनि गाँस वास र कपास
जसले सक्छ, प्रकृतिसँग मितेरी गाँस्न
गा¥हो हुन्न उसलाई खुलेर हाँस्न र निस्वार्थ बाँच्न ।

ए मान्छे,
प्रकृति प्रेम हो, पूजा गर्न सिके
प्रकृति घनिष्ट मित्र हो, व्यवहार गर्न जाने
प्रकृति अदृश्य शक्ति हो, साधना गर्न सके
प्रकृति सबैको साझा संसार हो, उपभोग गर्न सके ।
हाल : अष्ट्रिया, भियना

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *