गत सालहरू झैँ यो साल पनि पाँचौं वातावरण साहित्य गोष्ठी युकेमा भर्चुवल माध्यमद्वारा एक भब्य र सभ्यका साथ सुसम्पन्न भयो । दुवै दिनको कार्यक्रममा वातावरण साहित्यकार विजय हितानको संयोजकत्वमा जीत रानाभाटको प्रस्तुति रह्यो । पहिलो दिनको कार्यक्रमको टिप्पणीकारमा प्रा. ड. गोविन्दराज भट्टराई र समालोचक ज्ञानबहादुर क्षेत्री हुनु हुन्थ्यो भने दोश्रो दिनमा बेलायतका लागि नेपालका राजदुत डा. दुबसु क्षेत्री र प्रा. डा. खगेन्द्रप्रसाद लुईटेल थिए । यस अन्तर्देशीय गोष्ठीमा दुबै दिन गरेर करिब ८३ जना साहित्यकार तथा स्रष्ठाहरूको सहभागितामा वातावरणको संरक्षणमा चेतना फैलाउने अभिप्रायले गरिएको कार्यक्रममा दोश्रो दिन बेलायतका लागि नेपाली राजदूत दुबशु क्षेत्रीको प्रमुख अतिथि रहेको थियो । कार्यक्रमको अन्त्यमा प्रा. डा. खगेन्द्रप्रसाद लुइटेलले सवै कविका कविता माथि चोटिलो टिप्पणी गरेका थिए । बेलायतका १४ वटै साहित्यिक संस्थाहरूको सहकार्यमा पहिलो दिन (नेपाल र प्रवासमा रहेका स्रस्टाको लागि) थियो भने दोस्रो दिन (बेलायत र प्रवासमा रहेका स्रस्टाको लागि) समय निर्धारण गरिएको थियो । कवि तथा साहित्यकर डा. दुबसु ज्युले कार्यक्रमको सुरुमा विश्व वातावरणको छोटो चर्चा गर्नु भएको थियो भने प्रा. डा. खगेन्द्रप्रसाद लुईटेलज्यु ले कविता लेखन तथा नेपाली साहित्यमा तुकवन्धी नगरिकन अगाडि जानु पर्ने आजको नेपाली साहित्यको आवस्यकता हो भन्नु भयो । निकट भविस्यमानै डायस्पोरा नेपाली साहित्य र साहित्यकारको एक एतिहासिक अभिलेख पनि तयार गर्दै गरेकाले सवैलाई बेलैमा आफ्नो परिचय र प्रकाशीत कृति नभए कतै न कतै छापिएका रचनाका नाम भएपनि पठाउनु अनुरोध गर्नु भयो । कार्यक्रमको अन्तमा उहाँले सवै कविका कविता, मुक्तक, गीत, गजल माथि टिप्पणी गर्नु भएको थियो । टिप्पणीमा मुख्यत:
१, कविताको शिर्षकलाई केन्द्रविन्दु बनाएर कवितामा आफु खेल्नु पर्ने ।
२, कविता पाठ अगाडिनै आफ्नो कविताको गर्भ भनेर आफु मपाइ नबन्ने ।
३, विम्व पनि पोख्ने अनी ब्याख्या पनि गर्नाले कविता फितलो हुने ।
४, संचालकले कविका कविता माथि प्रकाश नपार्ने ताकी टिप्पणीकारलाई छोडिदिने ।
५, लुकेको सौन्दर्यमा कौतुहलता बढ्ने जस्तै कवितामा विम्ब प्रयोग गर्ने तर
6, आँफैले प्रयोग गरेको विम्बमा आफु हराउन नहुने ।
7, मैले आज लेखेको, मैले हिजो लेखेको, मेरो कविता हराएर भर्खर कोरेको भनेर पाठकलाई खल्लो नबनाउने । ८, आफ्नो कविता भनेर टाप कस्ने र अरुको कविता नसुन्ने कविले राम्रा कविता लेख्न नसक्ने ।
९, समग्रहमा डायस्पोरा कविका कविता राम्रा भएको र यि दुई दिनमा वाचित कवितालाई फेरी पुनर्लेखन गरेर सङ्रहको रुपमा प्रकाशन गर्न सके धेरै राम्रो हुने बताउनु भयो । तीन घण्टा लामो कार्यक्रमको अन्तिममा टिप्पनी कारबाट कविहरूको हुर्मतै लुटियो । नेपाली कवितामानै डक्टरेट गरेका यस्ता खरा टिप्पणीकारको मुखार वृन्दबाट एउटा कविताको टुक्रो पनि नखस्दा भने अली खल्लो लाग्यो ।
कार्यक्रमको अन्त्यमा सम्योजक विजय हितानले पाॅचौ वातावरण साहित्य गोष्ठीमा भाग लिएर यसलाई भव्य सफल पार्न सहयोग गर्ने सबै वातावरण साहित्य अनुरागी (नेपाल, भारत, भुटान, जपान्, रसिया, अमेरिका, युरोप र वेलायतबाट सहभागी ८३ जना) हरूलाई पुन: हार्दिक धन्यवाद दिंदै कार्यक्रम बिसर्जन गर्नु भएको थियो । यसरी जुम टेक्नोलोजिको माध्यमबाट भर्चुवल रुपमा कार्यक्रम सम्पन्न हुँदा वायुमन्डलमा एक ग्राम पनि कारबनडाइ अक्साइड उत्सर्जन नभएको हुँदा यो कार्यक्रम अती नै वातावरण मैत्री भएर आफुले आत्मा सन्तुष्टी पाउनु भएको हितानको भनाइ थियो ।
यसरी जुम टेक्नोलोजिको माध्यमबाट पाॅचौ वातावरण साहित्य गोष्ठी भव्यताका साथ सुसम्पन्न भएर एक अविस्मरणीय देन लिएर विसर्जन भयो ।