‘जन्म, मृत्यु, कर्ता, कर्म र क्रिया नियमित हुन् कि अाकस्मिकता’ भनेर तर्क गर्नु अचेल फेसनजस्तै भइसकेकाे थियाे पराजित मनहरूसँग । नियमित हुन भन्नेका तथ्य र अाकस्मिक हुन् भन्नेका तर्कका बीचमा खास भेद नै दर्शनकाे मूल मर्ममा ठाेकिएकाे थियाे । तर बेकारका बहसमा बुज्रुकहरू गरिबलाई अाश्वासन बेचिरहेथे । हतारहतार अाएकाे एक नव अागन्तुक सभा हलमा प्रवेश गरे । अाफु अगाडि देखेका सबैलाई सम्बाेधन गरे ।
–“दर्शन हजुर !”
–“दर्शन !”
प्रेक्ष्यालयकाे खचाखच भीडका बीच सहभागीहरूकाे हतासाे थियाे । फुर्सद कसैलाई थिएन । तर्कशास्त्री हरू वस्तुजगत् अनि चेतना बारे बहस गरिरहेका थिए । लाेकदर्शन भुसुभुसु निदाइरहेकाे थियाे । उसकाे निद्रामा अाएकाे सपनाकाे दर्शन भुवँरीमा थियाे । मार्क्स, बुध्द र हिन्दु दर्शनकाे बीचमा बहस गरिरहेका सहभागीहरू र स्राेत व्यक्तिकाे घच्चमघच्च तनाव तर्ककाे उत्कर्षकाे समय थियाे । एकाएक बहस हलमा प्रबेश गरे सम्राट । सबैका वाक्य राेकिए । बहसकाे उत्कर्ष एकाएक अलमलकाे पाेखरीमा लर्बरायाे । कि-स्पीकरले तुरून्त अाफ्नाे समाधिबाट उठेर दर्शन गरे । केही क्षणकाे अलमलपछि चर्किएका दर्शनका तनावहरू अाेइलिएर खुल्न थाले ।
–“याने कि दर्शन, दर्शन नै हाे !, अर्थात् दर्शन मिल्याे भने वस्तुजगत र चेतना कुन पहिले भन्ने हुँदैन । जुन जन्मे पनि दर्शन नै हुन्छ !”
–“भ्रम ?”
लाेकदर्शन जुरूक्क उठ्याे र वस्तुजगत र चेतना बारे व्याख्यानका अधुरा प्रश्न उठाउन थाल्याे । उसकाे अनुहार दर्शनकाे व्याख्यानले राताे भएकाे थियाे । वक्ताकाे मुहार पिराे न पिराे थियाे । सम्राटकाे चेहरा मलिन थियाे । कि-स्पीकर निलाे अनुहारमा राताे एवं पहेंलाे रङ छाेडिरहेका थिए ।
दर्शनकाे व्याख्यानमा लाेकदर्शन वस्तुसत्य दर्शनकाे वरिपरि घुमिरहन्थ्याे । तर गराेस के ? उसँग दर्शनकाे चतुर्याइँ थिएन । त्यसैले उसले सबैलाई हात जाेड्दथ्याे र घाेक्दथ्याे ‘जीवनकाे सारसूत्र’ ।
–“अरे मेराे नामै लाेकदर्शन !”
परबाट अाएका विज्ञहरू लाेकदर्शनकाे कुरा सुनेर नेपाली लाेक दर्शन र प्रभाव बारे दृश्यहरू देखेर छक्क पर्दथे । प्राध्यापकहरूकाे दर्शन फेरि सम्राट तर्फ चल्याे । उनीहरू अाफ्नाे दर्शन गराइरहेका थिए । सबैले सबैलाई दर्शन गरिरहेका, पढाइरहेका, पढिरहेका र घाेकिरहेकाे समय थियाे । अस्पतालमा चिकित्सककाे दर्शन नभएर मानिसहरू मरिरहेका थिए । राजनीतिमा खुब अफवाह थियाे भाेकाे पेटकाे दर्शनकाे व्याख्या । म प्राज्ञभवन खुब घुमिरहेथे । जति घुमे पनि निस्कने बाटाे एउटै थियाे ।
–“दर्शन हजुर !”
ढाेकामा पुगेपछि थाहा पाएँ । पाले मलाई हेरेर हाँसिरहेकाे रहेछ । उसले मलाई शालीन उत्तर दिइरहेथ्याे ।
–“दर्शन कहिले नियमित कहिले अाकस्मिक हुन्छ है सर !”
उसकाे ‘बुध्दु कुरा’ सुनेर म चुपचाप अाफ्नाे बाटाे लागें ।
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)