गुनासो (गजल)
आँशुसंग हाँसो साट्ने धेरै दाँत रहेछ
आहा !कत्रो अहम्बाजको मात रहेछ
जीवन भरी पश्चात्तापमा बस्नु त
डालीसंगै भाँची झरेको पात रहेछ
निष्ठुरी मायालुसंग मुटु साट्नु त
भुलमात्र हैन हृदय घात रहेछ
बादल माथि आकाश फाट्नु त
मध्य दिनकै अँध्यारो रात रहेछ
उल्लासको स्वार्थमै विकिरहने
मानवहरू खै: कस्तो जात रहेछ ।।
अग्नीप्रसाद केदेम लिम्बू
बेलायत
25/07/20
Please follow and like us: