कमजोर कथाहरूको संग्रह
विमल भौकाजीको संकलनमा रत्न पुस्तक भण्डारबाट प्रकाशित प्रतिनिधि नारी यौनकथामा १८ जना सुपरििचत नेपाली नारी साहित्यकारका यौनका बहुविध पक्षमा केन्दि्रत कथाहरू प्रस्तुत गरएिका छन् । संग्रहमा वानीरा गिरजिस्ती पुरानो पुस्ताकी ख्यातनामा लेखिकादेखि नयाँ पुस्ताका ममता शर्मा नेपाल, शर्मिला खड्का दाहाल र तृष्णा कुँवरसम्म संकलित भएकाले यसले समग्रमा नेपाली नारी कथाकारहरूको सिर्जनात्मक प्राप्तिको आकलन गर्ने अवसर त उपलब्ध गराउँछ नै, साथसाथै यौनजस्तो अति नै महत्त्वपूर्ण मानवीय संवेगलाई हेर्ने, बुझ्ने यी लेखिकाहरूको दृष्टिकोण र चेतनाको झल्को पनि दिन्छ । संकलक र प्रकाशकले संग्रहलाई प्रतिनिधि यौनकथा भन्ने गह्रुँगो नाम दिएका छन् र घुमाउरो किसिमले नेपाली नारी साहित्यकारहरूले लेखेका अब्बल यौनकथाहरूको प्रतिनिधिमूलक संग्रह भएको दाबी गरेका छन् । वास्तवमा, संग्रहको संयोजन राम्रोसँग हुनसकेको छैन । संग्रहमा पुरानो पुस्ताका पारजिात, वेदकुमारी न्यौपाने, कुन्ता शर्माजस्ता प्रतिभाशाली लेखिकाका कथाहरू छुटेका छन् भने नयाँ पुस्ताका सीमा आभास, आन्विका गिरी, सुविसुधा आचार्यजस्ता चर्चित साहित्यकारका यौनकथा समेटिएका छैनन् ।
समीक्ष्य संग्रहको सबैभन्दा कमजोर पक्ष रहेको छ, सम्पादनको सर्वथा अभाव । भन्न त विमल भौकाजीलाई संग्रहको सम्पादक भनिएको छ तर उनको सम्पादन-शिल्पको कुनै छाप पुस्तकको कुनै पनि पृष्ठमा परेको देखिँदैन । उनले यस्तो संग्रहको संयोजनका बारेमा लेखिनुपर्ने सम्पादकीय आलेख पनि लेखेका छैनन्, न त कथाकार र कथाहरूको छनोट गर्दा अपनाएको विधिका बारेमा नै कुनै खुलासा गरेका छन् । संग्रहमा संकलित कथा र कथाकारहरूका बारेमा रचना-कालक्रमादि कुनै विवरण पनि दिइएको छैन, न कथाकारको परचिय नै दिइएको छ । कथा-क्रम कसरी तय गरएिको हो, त्यसको बारेमा पनि कुनै प्रस्टीकरण संकलक वा प्रकाशक, कतैबाट आएको छैन । प्रतिनिधि नारी यौनकथाजस्तो महत्त्वपूर्ण संग्रहको संयोजन गर्नेले नेपाली नारी कथाकारहरूको रचना संसारमा विवेचकका हैसियतले प्रवेश गरी त्यसको वस्तुपरक विश्लेषण गर्न सक्नुपर्दथ्यो र ऐतिहासिक सन्दर्भमा राखेर हेर्दासमेत सही अर्थमा प्रतिनिधिमूलक मान्न सकिने संकलन तयार गर्न सक्नुपर्दथ्यो । विमल भौकाजीले त्यो उत्तरदायित्व पूरा गर्न सकेका छैनन् । पंक्तिकारका दृष्टिमा युवा लेखक/पत्रकार विमल भौकाजीले प्रतिनिधि नारी यौनकथाको संकलकको मामुली भूमिकामा मात्र आफूलाई प्रस्तुत गरेका छन्, सम्पादकको होइन ।
संग्रहमा समावेश नारी यौनकथाकारहरूका पनि उत्कृष्ट यौनकथाको छनोट नगरेर विमलले संग्रहलाई कमजोर बनाइदिएका छन् । छुट्नु नहुने कुन कथाकार छुट्यो भन्ने सवाल साबुतै रहेका अवस्थामा संग्रहितहरूकै कथा चयन पनि त्रुटिपूर्ण हुनु खेदजनक विषय हो । तानतुन गरेर यौनकथाकार बनाइएका केही नामलाई छोडेर भन्ने हो भने चर्चित यौनकथाकार प्रेमा शाह, सीता पाण्डे र जलेश्वरी श्रेष्ठका पनि तुलनात्मक रूपमा कमजोर कथाहरूको पक्षमा संकलक उभिएको पाइन्छ । प्रेमाको ‘पहेँलो गुलाफ’ यस संग्रहको ‘चाँया’ कथाभन्दा निश्चय नै पनि उत्कृष्ट कथा हो भने सीता पाण्डेको ‘ज्वर’ वा ‘लालपुर्जा’ यस संकलनमा राखिएको ‘सुन्दरयिा’भन्दा हरेक दृष्टिकोणले राम्रा छन् । यहाँनेर संकलक विमल भौकाजीले आवश्यक मिहिनेत गर्न नचाहेको प्रस्ट देखिन्छ ।
यस संग्रहमा परेका अधिकांश कथाहरू लेखनको शिल्प, भाषा, शैली, विषयवस्तुको निर्वाह र लेखकको विशिष्ट वैयक्तिक छापका दृष्टिले औसत वा औसतभन्दा तलका छन् । यी कथाहरूले नेपाली नारी कथाकारहरूको खासै प्रशंसायोग्य लेखकीय क्षमता देखाउँदैनन् । अधिकांश कथाहरू वर्णनात्मक छन् । एउटा सफल कथामा हुनुपर्ने कथावस्तुको विश्वसनीयता, चरत्रिहरूको समुचित विकास, मानवीय मनोभावहरूको सूक्ष्म अवलोकन, जटिल मनोवैज्ञानिक द्वन्द्वको अध्ययन एवं विश्लेषण, रहस्य र जटिलताहरूको समायोजन र चमत्कारपूर्ण समाप्तिजस्ता तत्त्वहरूको आलोकमा पढ्दा यस संग्रहमा संकलित धेरैजसो कथाहरू सिकारुका सिर्जनाजस्ता लाग्छन् । यी कथाहरू विश्वका उन्नत साहित्यमा पाइने राम्रा यौनकथाहरूको छेउसम्म पनि नपुग्ने कुरो त आफ्नो ठाउँमा छँदैछ, नेपाली साहित्यकै सफल यौनकथाकारहरू विश्वेश्वरप्रसाद कोइराला, गोविन्द मल्ल ‘गोठाले’, भवानी भिक्षु, दौलतविक्रम विष्ट र पोषण पाण्डेको समेत हाराहारीमा उभिन सक्दैनन् । नेपाली सिर्जनाको आधा आकाश ओगटेर बसेका नारी स्रष्टाहरूका रचनाहरूमा तुलनीय सिर्जनात्मक सामथ्र्य कहिले आउने हो कुन्नि !
कथाकारहरूले यौनकथाको तानाबाना बुन्दा यो शाश्वत विषयसँग अविभाज्य रूपमा गाँसिएर आउने कुण्ठा, अतृप्ति, अतिशय वासना, अनमेल सम्बन्ध, शोषण र यौन व्यवसायजस्ता विषयहरूको आधार लिएका छन् । तर, प्रायः सबै कथाकारहरूले यी विषयहरूले माग गर्ने सूक्ष्म मनोवैज्ञानिक अनुशीलनतर्फ ध्यान दिनुको सट्टा स्थूल घटनाहरूको मात्र सिर्जना गरेर कथालाई लालित्यहीन बनाएर छोडिदिएका छन् । सबैजसो कथाकारहरूले नेपाली साहित्यमा अनेकौँपटक प्रस्तुत भइसकेका पाराम्परकि कथा परििस्थति र स्त्री-पुरुषको यौनिक सम्बन्धका प्रायः लेखिइरहेका जटिलतामै आफूलाई सीमित बनाएका छन्, जसले गर्दा यस संकलनका कथाहरूले पाठकको रुचिलाई उद्दीपन गर्ने वा चेतनालाई झंकृत पार्ने कुनै सम्भावना देखिँदैन । दिन-प्रतिदिन बदलिइरहेको सामाजिक परििस्थति र त्यसले मानिसको यौनजीवनमाथि पारेको विशद प्रभावको अध्ययन गर्दै नयाँ युगका नयाँ कथावस्तु र नयाँ चरत्रिहरूलाई लिएर यौनकथा लेख्ने बेला भइसकेकोतर्फ नेपाली कथाकारहरूको ध्यान पुगेको देखिँदैन । नेपाली कथा लेखन प्रौढ हुने बेला भइसकेको छ, होइन र ?
प्रतिनिधि नारी यौनकथाको एउटा रोचक पक्ष के बन्न पुगेको छ भने यसमा संकलित कथाकारहरूमध्ये जो अलि वरष्िठ छन् र जसको साहित्यमा हैसियत बनिसकेको छ, त्यस्ताहरूका कथाहरूचाहिँ तुलनात्मक रूपले कमजोर छन् । वानीरा गिर,ि बेन्जु शर्मा, भागीरथी श्रेष्ठ र मञ्जु काँचुलीका यस संग्रहमा संकलित कथाहरूले उनीहरूको प्रतिष्ठा अनुरूप आफूलाई प्रस्तुत गर्न सकेका छैनन् । यसको विपरीत जलेश्वरी श्रेष्ठ, ममता शर्मा नेपाल, शर्मिला खड्का दाहाल, इल्या भट्टराई र तृष्णा कुँवरका कथाहरूले लेखकीय क्षमता देखाउँछन् । सीता पाण्डेलाई एउटा कमजोर कथामार्फत प्रतिनिधित्व गराएर खेर फालिएको छ भने उषा शेरचनलाई अनावश्यक प्रविष्टि दिइएको छ । मुक्तक र गीतका क्षेत्रमा नाम कहलिएकी उषालाई कथाकारको कोटीमा उभ्याइहाल्नुपर्ने आधार संग्रहमा राखिएको कथाले उपलब्ध गराउँदैन ।
यस्तै प्रकृतिको कुनै अर्को संकलन प्रकाशन गर्ने अवसरमा विमल भौकाजी र रत्न पुस्तक भण्डारले रचना चयन, प्रस्तुति र भूमिका लेखनमा बढी सजगता, गम्भीरता र मिहिनेत गर्नेछन् भन्ने आशा गर्नु अन्यथा हुने छैन ।