हे देवादिदेव
हे आराध्यदेव
हे महाङ्काल
हे उत्ताल छाल !
बजाएर मेघका लहरहरू
सजाएर सौदामनीका रहरहरू
चन्द्रमाले शीतलता फिजाइदेऊ
पवित्र गङ्गाले मनहरू भिजाइदेऊ ।
हे शंकर !
हे ईश्वर !
तन मन जीवन शुद्ध बनोस्
हृदयले शुभ संकल्प भनोस्
हर हर हर महादेव !
हे आदिदेव !
हे महादेव !
हे त्रिपुरारि !
हे कामारि !
सर्पका अग्निमय उच्छ्वासद्वारा
पापका अनन्तराशिहरू डढाइदेऊ
ज्ञानको तेस्रो आँखा उघारेर
विनाशकारी अहंकार लडाइदेऊ
हे शिव !
हे कल्याणसिन्धु !
मानवीयता निष्कलङ्क रहोस्
शुभ भावनाले जीवन बहोस्
हर हर हर महादेव !
हे परमेश्वर !
हे जगदीश्वर !
हे सर्वात्मा !
हे परमात्मा !
डमरु डम्डम पारी तत्वज्ञान गराऊ
नीलो कण्ठ देखाई जिउने कला बताऊ
हे शितिकण्ठ !
हे नीलकण्ठ !
जीवनशक्ति तनमा नछुटोस्
अविरल भक्ति मनमा नटुटोस्
हर हर हर महादेव !
हे कैलाशपति !
हे पशुपति !
हे वामदेव !
हे महादेव !
अज्ञानका पञ्चकोशहरूलाई छुटाइदेऊ
अन्धतमसका जोशहरूलाई हटाइदेऊ
कामको तुँवालोबाट यौवन मुक्त होस्
मायाको जालोबाट जीवन मुक्त होस्
हे पुरारि !
हे दुःखारि !
बुद्धिमा विवेकको अन्तर्ज्योति आओस्
अध्यात्मले जीवनको स्वर्ज्योति पाओस्
हर हर हर महादेव !!
१० मार्च २०१३ लण्डन , शिवरात्री

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *