चितुवा एक्कासी बुर्लुक्क उफ्रयो र केटीबाट उछिट्टिएर अलग्ग भयो । चितुवा स्वाँस्वाँ गरिरहेको थियो । केटी पनि । त्यो विज्ञापनको अथवा डिजिटल थिएन । केटी चितुवासित पहिले डराउँदिन थिई, तर उछिट्टिएर पर गएपछि उसमा एउटा भय र विरत्ति भरिन्थ्यो।
ऊ चारैतिर हेर्दैथिई, कोही हेरिरहेको छ छैन ? त्यस्तो हुँदैन थियो । त्यस बखतसम्म त चितुवासमेत अदृश्य भइसकेकी थियो ।
वास्तवमा त्यो चितुवा पनि थिएन । त्यो हेल्लुस नाउँ गरेको जनावर हुन्थ्यो । स्थानीय वासिन्दाले त्यसको नाउँ त्यही राखेका थिए । चितुवासित केही मिल्दाजुल्दो देखिन्थ्यो । हेल्लुसका पनि पञ्जा र नङ्ग्रा थिए । जुङ्गा थिए । सबभन्दा मिल्ने कुरा थियो हेल्लुस पनि त्यत्तिकै बलशाली र फुर्तिलो थियो । हुनसक्छ कैयौँ गुना बढी पनि होस् ।
यसलाई लिएर स्थानीय वासिन्दाका दुई मत थिए । एक – यस जातिमा नर मात्र, पाइन्छ, पोथी हुँदैन । दुई – यसले विभिन्न आकृति धारण गर्न सक्छ।
दुवै कुरामा वैज्ञानिकता थिएन । पहिलोलाई नै हेरौँ । जुन जन्तुमा पोथी नै हुँदैन, त्यसमा भाले मात्र कसरी जीवित रहन सक्तछ र यो वशंगत वा अन्य दृष्टिबाट पनि सम्भव थिएन । जाति नै लोप हुनसक्ने क्रो आफ्नो ठाउँमा छँदै थियो । यो कुनै पनि जीवजन्तु र मनुष्यमा समेत असम्भव थियो । त्यसैगरी अर्को धारणा पनि तथ्यात्मक लाग्दैन थियो । कतैकतै कुनै जीवको रङ बदलिने आकार फेर्ने कुरा त सुनिन्थ्यो । तर विभिन्न रूप वा आकृति धारण गर्न सक्छ, यो नमिल्ने कुरा हो । त्यसपछि पनि यस कथामा जसरी रूपफफेरेको पाइन्छ त्यो त झन् असम्भव नै थियो । तर चलनचल्तीको कुराका अघिल्तिर कसैको केही लाग्दो रहेनछ । विश्वास भने पनि, अन्धविश्वास भने पनि कनै फरक पर्दैन ।
हाम्री यो नायिका लगभग पच्चीस-छब्बीस वर्षकी छे । यसको पति पाँच वर्ष विदेशमा बसेर आएको छ । पाँच वर्षअघि जङ्गल छेउछाउको यस इलाकामा लोग्नेको नियुक्ति कूनै पदमा भएको थियो । यो पनि बताइदिजँ तिनीहरूको प्रेम वा विवाह पनि भएको थिएन । घर भरिभराउ थियो । आमाबाबु, भाइबहिनी, अन्य यथोचित नातेदारले ।
जङ्गालनजिक उसको क्वार्टर थियो । बिहे गरेर यसै क्वार्टरमा दुलही भित्र्याएको थियो । यसबाट बुझ्न सकिन्छ तिनीहरूको घर थिएन । कतै पहाडमा भए कुन्नि ?
विवाहको वर्ष दिन निकै आशा, उत्साह र उत्तेजनामा बितेको थियो । एउटा रात पनि यस्तो बित्दैन थियो, जब तिनीहरू तृप्त नभएका हुन् । नायिका यस तृप्तिलाई पर्खिरहन्थी । यस्तो तृप्ति कहिलेकाहीँ दिउँसै पनि प्राप्त हुन्थ्यो । घरमा कोही नभएर केवल तिनीहरू हुँदा ।
हाम्रो कथा कहाँबाट थालिन्छ भने एक दिन लोग्नेले एउटा अवसर पाउँछ । बाहिर जाने मौका । तीनदेखि पाँच वर्ष । अवसर केका लागि प्राप्त गर्छ, त्यो यहाँ जरुरी देखिएन ।
उ आफ्नी स्वास्नीलाई छाड्न चाहँदैन थियो । लोग्ने तृप्तिलाई सँगै लिएर जान चाहन्थ्यो । त्यो तत्काल सम्भव भएन । तृप्तिले सम्झायो, हाम्री यस नायिकाको नाउँ तृप्ति नै राखिदिँदा कसो होला ! त यो तृप्ति आधी खिन्न, आधी प्रसन्न भई ।
श्रीमती वा सन्तान लग्ने कुनै प्रावधान थिएन । सन्तान त छँदा पनि थिएन । तृप्ति खिन्न थिई, लामो समयसम्म लोग्नेसित छुट्टिनुपर्ने भयो । तृप्तिले तृप्तिबाट वञ्चित हुनुपर्ने भयो, इत्यादि । उसलाई आफ्नो नाउँ पनि फेरिदिउँजस्तो लागेको थियो । फेर्न सकिन । नाउँ त हामीले राखेका थियौँ नि त !
प्रसन्नता पनि थियो एक कुनामा । लोग्ने फर्केपछि आफ्नै एउटा भव्य घर हुन्छ, गाडी हुन्छ, त्यो पक्का थियो । सन्तान हुन्छ, तिनको भविष्य हुन्छ । अहिले त आफ्नै भविष्य पनि हुन्छु, भन्न सकियो । त केही समयको बाईबाई र म्वाइपछि स्वास्ती सन्तुष्ट भई ।
लोग्ने हिँड्यो अर्थात् उड्यो । देशको नाउँ पनि जरुरी भएन । अमेरिका, युरोप, अस्ट्रेलिया … यस्तै भनिदिउँ । जरुरी त भविष्यको भव्यता थियो ।
तृप्ति त्यतैको एउटा रिसोर्टमा रिसेप्सनिस्ट थिई । रिसेप्सनिस्टको आधा अर्थ हुन्छ, राम्री पनि थिई । कहिलेकाहीँ कुनै विदेशीले उसको शरीर र सौन्दर्यको राम्रै प्रशंसा गरिदिन्थ्यो। ऊ मुसुक्क हाँसिदिन्थी । पार्ट अफ द जब । प्रसन्नता अफ द जब पनि हो, केही अंशमा ।
यता आएर ग्राहक कम भएको आधारमा होटेलले कर्मचारी छँटनी गरिदियो । त्यसमा तृप्ति पनि परी । जति सौन्दर्य भए पनि हेर्ने मानिस भएन भने, तलब ख्वाउन सक्ता रहेनछन् ।
अब तृप्ति एक प्रकारले हेर्ने हो भने, एकदम स्वतन्त्र भई । त्योभन्दा बढी एकदम एक्ली थिई । घरमा सब हुन्थे । तृप्त हुन्न थिई । उ आफ्नो एक्लोपनमा हुन्थी ।
घरमा समस्याहरू हुन्थे । तृप्ति त्यसमाथि छलफल गर्थी । समाधान पनि झिक्न खोज्थी । समय काटिन्थ्यो । उसको एक्लोपन केही मात्रामा काटिन्थ्यो ।
बेलुकी पुस्तक पढेर समय काट्न खोज्दथिई । तर यो पनि स्थायी समाधान हुन नसत्तै गएको लाग्यो उसलाई । तै पनि वर्ष दिन उसले दिनदिनै पुस्तक पढेर रात काटी । दिन घरको काम, कुराकानी अधवा कहिलेकाहीँ किनमेल गरेर पनि बित्थ्यो । कुरो रातको थियो। वर्ष दिनपछिकै एक चकमन्न रातमा हो, उसको त्यो चितुवासित भेट भएको थियो
अर्थात् हेल्लुससित ।
आधी रातको एकान्तमा उसको हात आफ्नै शरीरको कुनै ठाउँमा पुगेको थियो। उसलाई थाहा थिएन, कसरी ? सबथोक अनायास । केही समय उसले कतैकतै आफूलाई हलुका सुमसुम्याएकी थिई । हुनसक्छ, थकाइका कारण । हुनसक्छ, भित्रको परम एक्लोपनमा बाहिर आफ्नो सङ्गत खोज्न । उसलाई केही सञ्चो पनि लागेको होस्। केही मात्रामा आफ्नो सङ्गत पाएजस्तो पनि लागेको होस् ।
त्यसपछि उसले बिस्तारो चोर औँलाले आफ्नो शरीरको वीणाको एउटा तार चलाई, सारा शरीर झनन्न गर्यो । शरीरभरि एउटा ध्वनि तलदेखि माथिसम्म कम्पित हुन थाल्यो। त्यसबखत हो, उसले पहिलोपटक हेल्लुसलाई देखेकी थिई ।
हेल्लुसले उसलाई सुम्सुम्यायो । अलिकति नखक्षत दियो होला । त्यसपछि त्यो चितुवाको आकार धारण गरेर शरीरभरि लम्पसार पर्यो । वीणाको झड्कारका साथै हेल्लुसले उसलाई कस्दै गयो । हेल्लुस न्यानो र तातो थियो । उसको शरीरले नरम न्यानो अनुभव गर्यो । शरीरभरि तनक्क तन्किँदै । एकै छिनपछि वीणा शान्त भयो । त्यसैबखत उसले चितुवाको अनुहारलाई आफूबाट झड्कारेर उछिट्याइदिई । त्यस्तो शक्ति उसमा कसरी आएको थियो , कुन्नि ?
उसको सारा शरीर निर्जीव किसिमले शान्त भएको थियो । त्यति मात्र होइन, ग्लानि अनुभव भइरहेको थियो । ग्लानि र पश्चाताप मिश्रित तृप्ति । पहिले तृप्ति अनि ग्लानि। पहिले वीणाको कम्पन, त्यसपछि दिगमिग । पहिले एक्लोपनमा आफ्नो सङ्गत, पछि आफ्नै सङ्गत पनि छुटेर घोर एक्लोपन भोगेको एकलास ।
दुईचार दिन केही भएन । अर्थात् किताब पढेर निदाइरही । निकै समयपछि एक दिन फेरि वीणाको तार तन्केर आयो । कसले तन्काइदिएको थियो एक्कासी, उसलाई ज्ञान भएन यसको चारैतिरको एक्लोपनले हुनसक्छ । तन्केर आउनासाथ लाग्यो उसलाई ज्वरांश छ । यो तापलाई बढाउनु जरुरी छ । उसको औंलो तार तन्काउँदै र् छाड्दै तापमानमा वृद्धि गराउँदै , आँखा चिम्लेर बेजोडसित कम्पित हुन थाल्यो । सङ्गीत फुट्न थाल्यो उसको शरीरभरि
त्यस्तैमा हेल्लुस आयो र उसित खेल्न थाल्यो । कहिले त्यो कुनै विशाल चरा बन्थ्यो, कहिले गैँडा । एकपटक त्यो चितुवा अथवा गैँडा भएर उसको शरीरभरी लम्पसार परेको बखत उसले देखी – अचानक त्यो उसको अफिसको एउटा टाइपिस्ट केटामा परिणत भयो, टाइपिस्टको बलिष्ठ शरीरभरि ऊ समेटिई । टाइपिस्टले उसलाई कसेर अँगालोमा बेर्यो । छातीभरि छाती थिचियो ।सास र आवाज बनेर सुनिन थाल्यो । आवाज अश्वाव्य भयो । सब आँखा चिम्लिरै।
त्यसपछि कम्पन, सङ्गीत, अँगालो सब शानत । अदृश्य हेल्लुस गायब। बाँकी पछुताउ । के भयो यो ? ग्लानि किन भएको ?
यही थियो, तृप्ति र हेल्लुसको सम्बन्धको घनिष्ठता । त्यो आउँथ्यो । कहिलेकाहीँ त्यो उसको लोग्नेजस्तो पनि देखिन्थ्यो । तब त्यति ग्लानि हुन्थ्यो कि हुन्नथ्यो पछिबाट यो जान्ने हामीसित कुनै ठोस आधार भएन । अनुमान जे गरे पनि भयो।
हेल्लुस कहिले उसको छिमेकको एउटा ठिटो बनिदिन्थ्यो, जो उमेरमा ऊ भन्दा कान्छो थियो र उसलाई दिदी भन्ने गर्दथ्यो । कहिले आफ्नो अफिसको हाकिम बनिदिन्थ्यो । एकपटक त हेल्लुस पहिले कुकुरमा परिणत भयो । त्यसपछि उसकै नाता पर्ने एउटा यस्तो केटोमा परिणत भइदियो, जसको जुँघाको रेखी पनि भर्खर बसुँ कि नबसूँ भन्ने दोधारमा थियो ।
उसलाई ज्ञान हुँदैन थियो । हेल्लुस आएपछि मात्र त्यो कुनै मनुष्यमा परिणत हुन सक्थ्यो । किशोरदेखि कोकोसम्म भन्न कठिन । हेल्लुस तब मात्र आउँथ्यो, जब सितार तन्किन थाल्दथ्यो । सितारको तन्काइसितै हेल्लुस प्रकट भइहाल्थ्यो । अनि तृप्तिले तार बजाउन थालेपछि ऊ नजिकिँदै जान्थ्यो । कम्पित र तृप्त हुँदै जान थालेपछि हेल्लुस उसको शरीरभरि व्याप्त भएर विविध मनुष्य रूप धारण गर्न थाल्दथ्यो । उसलाई झन् कम्पित तुल्याउँदै जान हेल्लुस यस्तो रूप धारण गर्दथ्यो । कहिले कुनै एक । कहिले दुई तीन पनि। कहिले जल हारसहित बलिष्ठ पाखुरा र चौडा छातीको रूप लिन्थ्यो । कहिले हेल्लुस कुनै रूप धारण नगर्दै लुटुपुटु गरेर अलप हुन्थ्यो । तृप्तिलाई, तृप्ति र अतृप्तिबीचमा छाडेर । ग्लानि र एकान्तमा छाडेर । भ्रमित छाडेर ।
केवल एकैछिन । एकैछिनमा सब समाप्त हुन्थ्यो । हेल्लुस अदृश्य । ऊ लस्तपस्त । पश्चाताप भरिएको । ग्लानि छरिएको मन । कहिले बेसी कहिले कम । भोलिदेखि कम्पित नहुने वाचा आफैसित । औँला नियन्त्रणमा राख्ने । चाहिएन सङ्गीत । यी सङ्गीतभन्दा एकान्त राम्रो । शून्यता राम्रो । यो सङ्गीतभन्दा बेग्लिनु राम्रो । नीरसता राम्रो । उदासी राम्रो।
एक दिन त उसले औँलाहरूमा सियोले घोची पनि । तर सियोको घाउ भरिन कति दिन लाग्थ्यो र? त्रमश ऊ सङ्गीतमय बन्न थाल्दथिई ।
दिउँसो उसलाई केहीको सम्झना हुँदैन थियो । उसको शरीर । सितार होइन , संयन्त्रात्मक बनेझैँ लाग्थ्यो ।
त्यसो त हेल्लुसलाई पनि यदाकदा सम्झन्थी । तर त्यो सम्झनामा धेरै वितृष्णा हुन्थ्यो । जस्ती एउटा पशुलाई हेय ठानिरहेकस् होस् ।
यो पशुले कसैलाई मारेको अथवा मांसाहारी बनेको प्रमाणा कहिल्यैफेला परेको थिएन । यतिजस्तै यसका कथा पनि धेरै प्रचलित थिए । यति र हेल्लुसमा एउटै अन्तर थियो । यति अझै प्रमाणित हुन बाँकी थियो । हेल्लुसलाई मानिसहरू यदाकदा देख्ने गर्दथे , भन्दछन । त्यो चुपचाप कुनै ढिस्कोमाथि बसिरहेको हुन्थ्यो । सम्भवतः एक्लोपनको विक्षोभमा । त्यसरी पोथी हुन्न भन्ने धारणा थियो नि त ?
हेल्लुस के थियो ! यसमा धेरै भनाइ प्रचलित थिए । मानिसको धारणा थियो, कुनै जन्तु अन्य प्रजातिको जन्तुसित कुनै खास ग्रहनक्षत्र मिलेको बेला लायो भने हेल्लुसको जन्म हुन्छ । अर्को भनाइ पनि थियो – हेल्लुस सबै जनावरको अलिअलि अंश मिलेर बनेको प्राणी हो। तर यो मिसिने प्रक्रिया के हो त्यसबारे कसैलाई ज्ञान थिएन । अनि त्यसरी भाले मात्र किन निर्मित हुन्छु, त्यसको पनि उत्तर थिएन ।
तेस्रो कुरो झन् आश्चर्यजनक थियो । भनिन्थ्यो, हेल्लुस एक दैवी पशु हो जसलाई देउताहरूले पालेका थिए । पछि श्राप अथवा वरदानस्वरूप पृथ्वीमा पठाइदिए । देउताहरू तिनताक कि श्राप दिन्थे कि वरदान दिन्थे । तेस्रो काम गर्दैनथिए । उनीहरू आफ्नो श्वापले चराचर जगत्का जीव वा निर्जीव कसैलाई मुक्त राख्दैन थिए । देउता मुक्तिका विरूद्व हुन्थे । त्यसकारण यो पनि भनिन्थ्यो, हेल्लुसलाई दिएको यो श्राप वा वरदान, मनुष्यका लागि हो, किनभने त्यो त पशु थियो । त्यसकारण मनुष्यले श्राप भोग्ने माध्यम मात्र बन्न सक्तथ्यो।
यिनै कारण हुन् जसले गर्दा, हेल्लुस जुन स्वरूपमा पनि प्रकट हुनसक्छ । पोथी नभए पनि एकबाट अनेक बन्न सक्छ । भनिन्थ्यो प्रलय भएर सारा जीवन समाप्त भए पनि मात्र केवल हेल्लुस बाँचिरहन्छ । त्यसपछि ब्रह्माले पुनः सृष्टि रचना गर्दा, हेल्लुस उनको सहयोगीका रूपमा सक्रिय बन्नेछ, त्यसबखत बाँचेको एकमात्र प्राणी उही हुने हुनाले । त्यस हिसाबले आउँदो सृष्टिमा हेल्लुस नै मनुष्यको पुर्खाका रूपमा स्थापित हुने प्रबल सम्भावना थियो । त्यस अवस्थामा होमोसोपियन खारिन ।
एउटा कुरा अवश्य हो । हेल्लुसको अन्य कुनै गुणको बयान नभए पनि, एउटा बयान नितान्त उल्लेखयोग्य थियो । हेल्लुसको मासु खायो भने, मृत्युशययामा लडेको मानिसमा समेत तत्काल पौरूष जाग्रत हुन्छ । भियाग्राबारे सुनेपछि मानिस भन्न थाले, भियाग्राको बाबु हो, हेल्लुसको मासु । भियाग्रामा हेल्लुसको बोसो मिसाउँछन्, भन्ने पनि एकथरीको निश्चित राय थियो । यसले स्त्री पुरुष दुवैमा काम गर्छ भन्दथे ।
हेल्लुसको शरीरको जुनसुकै भाग खल्तीमा हालेर मात्र हिँड्यो भने पनि-त्यो वृद्धसमेत उत्तजेक बनिरहेका हुन्छन् भन्ने थियो । त्यतिमात्र होइन, त्यसका अवयवहरूमा वशीकरणशक्ति पनि छ । अब यस्तो दोहोरो-तेहेरो शक्ति भएपछि दुनियाँमा के चाहियो।
यसका लागि बेलाबेलामा हेल्लुसको शिकार पनि गरिन्थ्यो । त्यो नगरमा उमेर पुगेको एकजना पनि यस्तो भेट्िन्नथ्यो जसको खल्तीमा वा जन्तरमा हेल्लुसको कुनै अङ्गको टुक्राटुक्री नहोस् । दाँत, नङ्ग्रा, रौं अथवा मस्तिष्कको हाड, रगत, बोसो, मज्जा, मेदा … जे पनि ।
तर यो कतैबाट सुनिएन, हेल्लुस स्वयम् एक कामुक पशु हो । अत्यन्त शान्त र सोझो मानिन्थ्यो बरु।
तृप्ति लुगा सुकाउँदै यही सोचिरहेकी थिई । त्यस्तो शान्त र सोझो पशु मेरो जीवनमा प्रवेश गरिदियो । तर गल्ती त मेरै पनि हो । ऊ अलिकति एक्लैमा पनि लज्जालु भई । जसरी त्यो प्रकट हुने गर्दथ्यो, त्यसमा उसलाई मैले नै कलबेल बजाएजस्तो हुँदो हो ।
जे होस् केही दिनदेखि कलबेल बजिरहेको थिएन । तृप्ति तिनताक निकै व्यस्त थिई । माइती र घरका पनि अतिरिक्त मानिस आइदिएकाले राति बार बजेसम्म काम गर्नुपर्दथ्यो ओछ्यानमा पुगुन्जेल ऊ निद्राले चुर भइसकेकी हुन्थी । त्यसकारण न कलबेल बज्दथ्यो न सितार झङ्कृत हुन्थ्यो । एकैपटक घाम झलमल्ल लागेपछि आँखा उघ्रिन्थ्यो ।
हेल्लुस आउन छाडेको थियो । उसलाई रमाइलो पनि लागिरहेको थियो । तर एक्लो भएको अनुभव पनि ऊ बटुल्दै थिई । आनन्द र ग्लानिको क्रम थिएन । एक्लो हुँदै जाने अनुभव झन् तीव्र हुन थाल्यो । उसले बुझ्न सकिन, कुन ठीक हो ? त्यसबाट मेरो एक्लोपनले एकक्षणका लागि भए पनि कहीँ त विश्राम पाउँथ्यो । हेल्लुसलाई खराब मानेर यसैलाई ठीक कसरी मान्नु ! एउटै कुरा छ । यो एक्लोपनको कुरा सबलाई भन्न सकिन्छ । त्यो आनन्द र ग्लानि केही पनि कसैलाई भन्न सकिन्न । जे गर आफै अनुभव गर । नितान्त निजात्मक रूपमा ।
यसपटक पन्ध दिनपछि फेरि हेल्लुस प्रकट भइदियो । यसपटक त्यसले तृप्तिको पति र आफ्नो अनुहार सँगसँगै मिसाएर बदलेको थियो । आधा लोग्ने आधा स्वयम् हेल्लुस । उसलाई बढी आनन्द आयो, किन हो ? पछि ग्लानि पनि त्यति भएन, जति हुने गर्दथ्यो । यहाँ लोग्ने पनि थियो, त्यसकारण कि, अब ऊ हेल्लुससित घनिष्ठ हुन थालेकी थिई, त्यस कारण ? त्यो छुट्टिएन ।
एक दिन लोग्नेले ट्रङकल गर्यो । ऊ लोग्नेको आवाज सुनेर आनन्द र उत्तेजनाले व्याप्त भएर अनौठो बनेकी थिई । लोग्नेले बतायो फर्किदा ऊ साँच्चिकै नसोचेको धन लिएर फर्किनेछ।
स्वास्नी एकैछिन आउँदा दिनहरूको कल्पनामा नअल्झैकी पनि होइन । कुनै मार्बलै मार्बल ओछ्याएको भवनमा लाग्यो कारबाट ओर्लेर पस्नु । फोनो नाइट गाउन फेरेर लोग्नेसित ओछ्यानमा पल्टेको, सुपर ग्लूले टाँसेझैँ टाँस्सिएको लोग्नेको एक खुट्टा उसको ढाडमाथि उक्लेको कल्पना उसका लागि सुखद र मोहक थियो । उसले भवन पनि आफूले देखिरहेकै एउटा तीन करोड खर्च गरेर बनाएको घरलाई रोजेकी थिई । टेलिभिजनमा देखाइने फ्ल्याट वा अन्य सुविधायुक्त घरहरूलाई अस्वीकार गरिदिएकी थिई । अपार सम्पत्ति छ भने त्यस्तो किन ? झन् भव्य बनाउने ।
त्यसैबखत लोग्नेले सोधिदियो – “मेरो कमी अनुभव भएको छ कि छैन त ?” यसको उत्तर दिन एकछिन कठिन लाग्यो । कमी अनुभव भएको भनूँ भने, सोधिदिन्छ, कमी कसरी पूरा गरिरहेकी छ्यौ ? अनुभव भएको छैन भने, लोग्नेलाई लागिदिन्छ, म उसलाई माया गर्दिन होला ।
उसले भनी “कमी धेरै अनुभव हुन्छ । म भविष्यको कल्पनाले त्यो पूरा गरिरहेकी छु ।”
लोग्नेले ठट्टा गर्दै भन्यो “कि म सब छोडछाड गरेर आइदिउँ ?”
“त्यस्तो कमी होइन” उसले भनी “केवल एक्लोजस्तो लागिरहन्छ ।”
पति सन्तुष्ट । उसलाई आशङ्का यही हुँदो हो स्वास्नी कुनै अन्य … ? पति तत्काल सन्तुष्ट भएको थियो । स्वास्नीलाई होलो लाग्यो । ज्ञानी छ, उसले मनमनै भनी ।
त्यसै रात हेल्लुससित भेट भइहाल्यो । पतिका रूपमा । उसलाई लाग्यो यस्तो सारा कार्यको सञ्चालन हेल्लुसले नै गर्छ आदिम कालदेखि पतिलाई टेलिफोन पनि उसैले गराएको हो। यो एक यस्तो क्रिया हो, नसमा मान्छेलाई अलिकति पशु बनाइन्छ । पशुलाई अलिकति मान्छे बनाइन्छ । मान्छे नभए एक दुर्दमनीय पशुलाई पाल्तु बनाइन्छु । त्यसैले गर्दा दुवैको ध्यान एउटै बन्न जान्छ । निमेषभरिकै लागि होस् । त्यसपछि मान्छेको पशु मान्छेको अतल गहिराइमा बस्छ । अनि पशुको पाल्तुपन पशुले मान्छेलाई दिएर आफू विशुद्ध पशु बनेर जता मन लाग्यो जान्छ । हुनसक्छ, हिंस्रक बन्न वनमा जाओस्। हुन सक्छ उसलाई वनभन्दा बढी सुविधा मान्छेभित्रै लुकेर बस्दा लागोस् ।
एक किसिमले तृप्ति हेल्लुसको प्रतीक्षा रातिराति सधैँ गर्न थाल्दथिई । नजानिँदो गरी भने पनि हुन्छ । उसको एक्लोपनको नियमित र भरपर्दो साथी हुन थाल्यो त्यो। केवल उसले शरीरभरि कम्पित हुनुपर्दछ, सङ्गीत उमार्दै । त्यो आइहाल्दथ्यो । त्यो विभिन्न पुरुषको अनुहार, तिनका बलिष्ठ पाखुरा र न्यानोपन निमेषका लागि दिएर जान्थ्यो । त्यसपछि त्यो स्वयम पनि अलप हुन्थ्यो । जन्तु थियो किन अलप हुन्छन् भनेर सोध्ने कुरो थिएन । अलप न हो भनेर रोक्ने कुरो थिएन । त्यो स्वतन्त्र थियो । आउँथ्यो, त्यति हो ।
पाहुनाको चापले ओछ्यानमा उसितै उसकी एउटी नन्द सुतेकी थिई । “प्लस टू” मा पढ्दथिई । बिहाको कुरा बेलाबेलामा चल्थ्यो । दाइ विदेशबाट फर्केपछि गर्ने भनेर टुड्गिन्थ्यो ।
धेरै बेरसम्म तिनीहरू गफ गरिरहे । तृप्ति लोग्नेबाहेक ओछ्यानमा कसैलाई सहनै सक्तिनँ थिई पहिले । कसैले उसको जीउ छोएको उसलाई अति मन नपर्ने हुन्थ्यो । आज त्यस्तो भएन । नन्दको गफले उसलाई राम्रोसित मन बहलाइरहेको थियो ।
अन्त्यमा बत्ती निभाएर सुते । ,
निकै रात गएपछि कोठाको बत्ती बल्यो । उसले देखी नन्द बत्ती बालेर टोलाइरहेकी थिई ।
“निद्रा लागेन ?” भाउजूले सोधी ।
“अँह”
“किन?”
“मलाई लाग्यो यहाँ कोठामा हेल्लुस पसेको छ।” भाउजू झसङग भई । तर तत्काल होलो मानी । उसकहाँ हेल्लुस सङ्गीतको कम्पनविना पस्दैन अनि नन्दको उपस्थितिमा कम्पन असम्भव थियो । त्यसो भए कसले कलबेल थिचेर हेल्लुस आइ पुग्यो ?
तृप्तिले सोधी “सङ्गीत पनि सुनिएको थियो ?”
यसपटक नन्दले टाउको निहुराई । टाउको हल्लाई हलुकोसित ।
भाउजूले नन्दलाई प्याट्ट हिर्काउँदै – “अनि आउँदैन त ?”
त्यसपछि दुवै हाँस्न थाले । हेल्लुस अलप भइसकेको थियो ।
सुत्ने बेलामा नन्दले सोधी “भाउजु , त्यो किन आउँछ ?”
“थाहा छून ।” भाउजुले भनी ।
“हजुर मात्र हुँदा पनि आउँछ ?”
“कुन अघिको त्यो ! त्यो आउँदैन ।”
अलिकति छल्नु थियो उसले । यद्यपि गल्ती थिएन । उसले देख्ने हेल्लुस बेग्लै थियो । नन्दले देखेको बेग्लै । नन्दले देखेको हेल्लुस उसकहाँ कसरी आउन सक्थ्यो ? यो एक अलग्ग इन्द्रजाल थियो ।
अन्तिम वाक्य, निद्राले थिचेकैमा नन्दले सोधी “सङ्गीत पनि बेग्लाबेग्लै अनि देखिने हेल्लुस पनि बेग्लाबेग्लै हुने त होइन ?”
भाउजूले अति सङ्क्षिप्त उत्तर दिई “हुन सक्छ।”
रात अझ बिते पछि । हुनसक्छ, मिर्मिरे अघिको अवस्थामा । भाउजूले देखी, उसको ब्लाउज खुलेर पूरा उघ्नेको छ । नन्द मस्तसित निदाइरहेकी थिई । तर उसको एउटा हात
भाउजूको उच्चतामाथि थपक्क राखिएको थियो । ढाक्न राखेभेँ, तर उघारेर । अन्य समय भएको भए ऊ नन्दलाई उठाएर झर्कन्थी – “के गरेको यस्तो ?” तर यसबखत उसलाई त्यस्तो केही गर्न मन लागेन । बरु एउटा हलुको आनन्दकै अनुभूति भयो । उसलाई लाग्यो, अझ नन्दले उसलाई त्यहाँ सुम्सुम्याइदिए हुन्थ्यो । थिचिदिए पनि हुन्थ्यो, तर त्यस्तो केही भएन । तृप्ति पूरा रात नन्दकै हातको स्पर्शले बिउँझिरही ।
एकदिन खबर नगरेरै चिरप्रतीक्षित लोग्ने आइपुग्यो । घरभरि खुसी नै खुसी । तृप्ति उड्न थाली । तृप्तिको कुरा सोच्न थाली । म तृप्ति हुँ मलाई तृप्ति चाहिन्छ भन्ने माग उसको रोमरोमले गर्न थाल्यो ।
राति जब दुवै एकान्तमा भए, तृप्ति आउन थाल्यो । लोग्ने पसिनाले निथ्रुक्क भएको थियो पङ्खा भए पनि ।
उसले भन्यो “घर बनाउँदा कोठामा एसी हाल्छु ।”
“किन ?”
“यी यस्तो हुन्छ, अनि ?”
“पसिना आएको त राम्रै हो नि?”
“यसरी पसिना आएको के राम्रो ?”
“पसिना आउनु पर्छ भन्छन् नि परिश्रम गरेपछि ।”
“ठीक छ, धेरै पसिना चाहियो भने धेरै परिश्रम गरुँला अनि त्यसबखत एसी अफ गरुँला, हुन्न ?”
“शरीरले थेग्नेभन्दा बढी परिश्रम पनि गर्नु हुँदैन भन्छन् ।” स्वास्नीले यसपटक हलुको काउकुतीको स्वरमा भनी ।
लोग्नेले भन्यो “पाँच वर्षको क्षतिपूर्ति चाहियो रे शरीरलाई ।”
स्वास्नीले भनी “त्यस्तो ठाउँमा’क्षति नगराएर बसेको कुरा पत्याइएन ।”
लोग्ने हाँस्न थाल्यो । भन्यो “तृप्ति हेर, यो यहाँ हुने जन्तु हेल्लुस त्यहाँ पनि पाइँदो रहेछ। विश्वव्यापी रहेछ कि क्या हो”
“त्यहाँ पनि जड्गल थियो!”
“थियो। अनि मान्छे चारहात खुट्टा टेकेर हिँड्थे । चौपाया बस्ने अभ्यास गर्नलाई ।” लोग्नेले ठट्ठा मिसायो । त्यसपछि तत्कालै सोध्यो “हेल्लुस यहाँ त आउँदैन थियो !”
स्वास्नीले भनी “यहाँ बाहिर मात्र देखिन्थ्यो ।”
झूटो बोल्नु जरुरी थियो। जसरी तृप्ति जरुरी थियो । कुन्नि किन हो त्यति तृप्तिपछि पनि उसलाई हेल्लुसको अभावजस्तो लाग्यो । अस्तित्वमा लागिरहेको थियो पाँच वर्षपछि जसले मेरो साथ अटूटरूपमा दियो, आज म त्यसलाई धोका दिँदैछु । उपाय थिएन ।
दोस्रो दिन लोग्ने टिल भएर आएको थियो । उसले हात बेस्सरी झड्कारेर स्वास्नीलाई ओछ्यानमा पछार्यो । उसका झड्काहरू त्यसदिन बलात्कारिक थिए । बलात्कारिक झड्का उसलाई थाहा थिएन । एक्कासी ऊ आफ्नो शरीर लिएर स्वास्नीतिर लम्कियो । ओठलाई ओठले समायो एकैछिन । त्यसपछि अझै लम्क्यो । स्वास्नीको टाउको ओछ्यानको आधा भागमा थियो । ऊ चार हातखुट्टा टेक्दै अगाडि बढ्यो । त्यसपछि, आफ्नो एउटा अङ्गलाई स्वास्नीको मुखमा घुमाउन थाल्यो ।
एक्कासी चितुवालाई झड्कारेजस्तै स्वास्नीले झड्कारिदिई । लोग्ने उछिट्टिएर निर्वाङग एकातिर उभियो । स्वास्नी बाथरुमतिर गई । आफ्नो वाकवाकी साम्य पार्न ।
स्वास्नीले भनी – “मलाई यस्तोसित घुणा छ । अबदेखि म हजुरसित सुत्दिनँ ।”
लोग्ने तैपनि हाँसिरह्यो ।
त्यस दिनदेखि स्वास्नी अलग्ग तलको ओछ्यानमा सुत्न थाली । लोग्नेको अनुनय विनय केही पनि लागेन ।
लोग्ने सुतिसकेपछि बिस्तारै हेल्लुस आउन थाल्यो । त्यही सितारको तन्केको तार त्यही कम्पन, त्यही ताप, त्यही हेल्लुस, विभिन्न स्वरूपमा । तर लोग्नेको स्वरूप अब धारण गर्दैन थियो ।
केही दिनपछि लोग्नेले जङ्गल घुम्ने योजना बनायो । स्वास्नीलाई खुसी पार्न पनि हुनसक्छ । स्वास्नीलाई जङ्गल मन पर्थ्यो । जङ्गलको बीचको कटेरिया, विभिन्न. कीराहरूको एकनास आवाज बजिरहेको सुन्दै निदाउनु र बिहानीपख चराचुरुङ्गीको ध्वनिकासाथ सूर्योदय हेर्नु, रोमान्टिक लाग्दथ्यो । मध्यरातमा कुनैकुनै बेला एक अनाम पङ्क्षी एक्कासी | कराउँथ्यो । त्यो पनि रमाइलो लाग्दथ्यो ।
धेरै दिन भइसकेको थियो जङ्गल नघुमेको त्यसकारण रोमाञ्च थियो । लोग्नेले भन्यो – “यो अन्तिम जङ्गल घुमाइ हो ।”
“किन ?”” १
“अब सरुवा हुन्छ मेरो । काठमाडौंमा एउटा भव्य घर बनाउनुपर्छ । त्यसपछि बगैँचा घुमिन्छ, जङ्गल होइन ।”
“त्यसबखत झन् रमाइलो होला जङ्गल, चेञ्जका लागि ।”
“त्यसबखत फुर्सत हुँदैन, चेञ्जका लागि ।”
यो कुराकानी हात्तीमा हिँड्दाहिँड्दै भएको थियो । माहुते मास्तिरबाट लत्रेका झार र बाँसका कइनहरूलाई पन्छाउँदै बाटो बनाउँथ्यो । एक ठाउँमा रूखका दुई हाँगाबीच एउटा सानो गुँडमा तीनवटा फुल थिए । सरक्क राखेजस्ता । त्यहाँ वरपर ती फुल पार्ने चराचुरुशी कतै थिएएन्।
तृप्तिले भनी – “जङ्गलमा ती चराहरू यस्तो ठाउँलाई पनि सुरक्षित ठान्छन् ।”
“तिनीहरू त्यस्तो ठान्न विवश छन् ।” लोग्नेले भन्यो ।
“मान्छेलाई जङ्गल र जनावरप्रती यति रूची किन भएको होला ?” स्वास्नीले सोधी । लोग्नेले भन्यो “कुनै बेला ऊ पनि पशु थियो । जङगलमै बसोबसा गर्दथ्यो , त्यसको शेषांश होला नि चाहनाका रूपमा । ”
स्वास्नीले अलिक खिन्न हुँदै भनी -” तर धेरैमा त त्यो अंशश मरिसकेको छ, पशुको आफ्नै कति अनौठो कुरा छ होइन , उसलाई अब पशु र जङ्गली बन्न पनि आउँदैन ।”
“भन्दा पनि त आपत आइलाग्दो रहेछ ।” लोग्नेले साङ्केतिक भाषामा भन्यो ।
स्वास्नी तन्की – “पशु बन्नु र अप्राकृतिक बन्नुमा धेरै अन्तर छ।””
त्यसपछि दुवै ओर्ले । साझँ हिँडेरै घुम्न थाले । पथ-प्रदर्शकको हातमा लट्ठी थियो। एक्कासी उसले भुइँमा परसम्म गएको पञ्जाको छाप देखायो । उसले भन्यो – “यो बाघको त होइन । चितुवाको हो ।”
“पक्का छ, चितुवाकै हो ?” लोग्नेले सोध्यो । गाइडले भन्यो – “हुन त चितुवाकै हो। हेल्लुसको भए भन्न सकिन्न । त्यसले त जुन रूप पनि लिन सक्छु नि?”
स्वास्नीले लोग्नेतिर पुलुक्क हेरी । धेरै दिनपछि हेल्लुसको कुरा चलेको थियो । ऊ हेल्लुसलाई सम्झिन थाली । जुन अहिले त्यहाँ कतै थिएन । पञ्जाको छाप केही पर गएर हराएको थियो । हुनसक्छ रूखमाथि चढेको होस् । हेल्लुसलाई त के थियो र?
जङ्गलमा दिनदिनै एउटा जङ्गली हात्ती आएर ढोईसँग खेल्दोरहेछ । हात्तीका माहुतेहरू चाहन्थे, हात्ती लागोस् र ढोईबाट एउटा अर्को कल्कलाउँदो छावा जन्मोस् । तिनीहरू बत्ती आदि निभाएर जङगली हात्ती पर्खेर चुप लागेर पर्खिरहन्थे । हात्ती आउँथ्यो र केहीबेर तिनीहरूको आवाज सुनिन्थ्यो । त्यसपछि त्यो शान्त भएर फर्कन्थ्यो ।
जङ्गलमा केही दिनसम्म दिनदिनै चर्चा चल्दथ्यो, राजकली गर्भिणी भई । राजकली ढोईको नाउँ थियो । अर्को दिन आउँथ्यो, राजकलीलाई जङ्गली हात्तीले छोएन, शिवालाई गर्भिणी बनायो त्यसले । आठ-दश महिनासम्म सबैँ भोलिपल्ट त्यहाँको एउटा मान्छे अर्को मान्छेसित सोद्धथ्यो, हिजो आएको थियो ? आउनु शुभ सङ्केत हुन्थ्यो । त्यसकारण सोध्नेका आँखामा उत्सुकता हुन्थ्यो भने, आयो भन्ने खबर सुनाउन पाउँदा सुनाउनेका आँखामा पनि टलक आउँथ्यो ।
आठ महिनाअघिको कुरो थियो । आठ महिनापछि थाहा भयो । हात्ती गर्भिणी छैन । कथा यति थियो ‘
त्यसै कथालाई लोग्नेले आज सुनाएको थियो स्वास्नीलाई । उसले भन्यो – “हात्ती अहिले पनि आइरहन्छ ।”
स्वास्निलाई अँगालोमा लिएर च्याप्यो र भन्यो – “त्यत्रो ठूलो जीव त त्यस्तरी आउँछ भने , हामी त धेरै छरिता छौँ ।”
“कस्तरी आउँछ भनेको ? ” स्वास्नीले अलिकति रोमाञ्च अनुभव गर्दै सोधी ।
त्यसले आफ्नो जङ्गलीपन त्याग्छ र शिवाले आफ्नो घरेलुपन त्याग्छे । केही बेरका लागि अनि त भइहाल्यो ।”
“तर त्यसको शरीर … !”
शरीर मात्र नहेर, बल पनि हेर न ?”
“तै पनि केके नमिलेजस्तो लाग्छ मलाई त … ।” स्वास्नीले भनी ।
“हामीमा पनि त केके नमिलेजस्तो छैन !” लोग्नेले भन्यो । स्वास्नीले केही उदास भएर भनी “हामीमा नमिलेको शरीर होइन ।”
“के त”
“थाहा छैन के र किन ?”
“कतै हाम्रोबीच हेल्लुस त बसिदिएन !” लोग्नेले प्रश्न गर्यो । – “सुन्छु, हेल्लुसमा झन् बढी तागत र चमत्कार छ ?”
त्यसो भए, त्यो बस्दा नमिल्ने के हुन्छ !”
“उही नमिल्ने हुन्छ, उसको उपस्थिति ।”
“त्यसले बिगार के गर्छ त ?”
“जबसम्म त्यो आफै जङ्गली हात्ती बन्दैन, केही गर्दैन ।”
लोग्ने यति भनिरहेकै थियो, ढोकामा ढकढक गरियो । लोग्ने आफै उठेर ढोका उघार्न गयो । ढोका उघार्यो ।
दुवैले झस्केर हेरे । ढोकाबाहिर त्यही चर्चित जङ्गली हात्ती उभिएको थियो ।
लोग्नेले आत्तिएर ढोका थुन्यो । त्यसपछि हात्ती एकछिनपछि गयो क्यार ।बाहिर शान्ति व्याप्त भयो ।
लोग्ने र स्वास्तीको अँगालो शिथिल हुँदै गयो । लोग्ने वासतविक रूपमा त्रस्त थियो । उ पिठ्यूँ फर्काएर सुतिहाल्यो ।
स्वास्नीलाई डर लागेन । उसलाई लाग्यो, त्यो जङ्गली हात्ती थिएन । हेल्लुस नै थियो । हात्ती बनेर आएको थियो । केहीबेर उभिएको भए, उसकै लोग्ने बन्थ्यो वा अन्य कुनै मानिस । त्यसबखत के हुँदो हो?
लोग्नेतिर हेरी । गहिरो निद्रा डरले पनि दिँदोरहेछ कहिलेकाहीँ । उसलाई राम्रै लाग्यो । मुक्तिजस्तो।
त्यसपछि उ बिस्तारै उठी र बिस्तारी ढोका उघारी। उसले देखि त्यो चकमन्नमा हेल्लुस शान्त चौपायाका रूपमा उभिएको थियो । उसले बिस्तारै हेल्लुसलाई ङाँटी समाएर तानी । त्यो अलिक कठिन किसिमले पस्यो । ढोका लगाइदिई । बत्ति निभाई ।
त्यसपछि छेउको अर्को ओछ्यानमा पल्टेर ऊ हेल्लसुलाई सुम्सुम्याउन थाली । धेरै दिनमा भेट्टिएको कुनै तृप्तिजस्तो । हलुको सङ्गीत बजिरहेको थियो । एक छिापछि त्यो चर्को हँदै जान्छ । त्यसपछि हेल्लुस अदृश्य हुन्छ ।
लोग्ने त्यो सङ्गीत सुन्न सत्तैन । लोग्ने हेल्लसुलाई देख्न सत्तैन । गहिरो निद्रामा छ ।
त्यसकारण ऊ त्रमशः आफुलाई सङ्गीतमा भिजाउँदै हेल्लुसलाई सुम्सुम्याइरही । हेल्लुस एकदम घरेलु बनेर बसेको थियो ।
उसले कुनै अन्य रूप धारण गरेको थिएन ।