टाउको तल खुट्टा माथि अनुमान लाउनुस्
फल इन भयो मध्य राति अनुमान लाउनुस्
राम्रो गर्दै जानु है भन्नु हुन्थ्यो गुरु जी ले
किन भएन काम जाति अनुमान लाउनुस्
चखाई भयो शेष हुन्जेल गल्तीगर्दा एकले यहाँ
को बन्यो यसको खाती अनुमान लाउनुस्
सयचोटि पुस अप गर्दा गुरुजीको इशारामा
कस्तो भयो होला छाती अनुमान लाउनुस्
गोली सरी आयो प्रहार आखाँ चिम्म गरीबसे
कहा लाग्यो लाप्टा लाती अनुमान लाउनुस्
फुटबल सरी हान्दा कीक, गोप्टो परी बस्थ्यौं हामी
उछिटियो कता साथी अनुमान लाउनुस्
-अनिश जेस्पुचा सुनुवार
क्याट्रीक ग्यारिजन
गुर्खा कम्पनी, हेलेजन ब्यारेक
हाल-आर.एस.एम.ई ग्रीब्रालटार
ब्यारेक, क्याम्बरले ब्ल्याकवाटर
Please follow and like us:
- याक्थुङ पहिचान र कुवाना कुजाका सुब्बाहरु- कृष्णकुमार हेम्ब्या
- म खुसी बटुल्दै हिँडेँ- शर्मिला खड्का (दाहाल)
- अर्को युटोपिया – महेश कार्की ‘क्षितिज’
- लघुकथा: टाइम मशिन मनोज रेग्मी
- लघुकथा – चेतना -प्रेम पुन मगर
- भाइभाइको प्रेम -शेर सिंह
- नेपाली भाषालाई खजजुम्ली भन्न र नेपाली साहित्यको परिभाषा सच्याउन तिगेलाको ज्ञापनपत्र
Sahitya Samachar