तिमीलाई गाली नगरी

म उभिनै सक्दिनँ

तिमी २० वर्षमा

राज्य समाल्छौ

म ३० वर्षमा

चाकडी गर्दै छु

४० वर्षको उमेरमा

नेताको दौरा समात्दै छु

तिमी बिरासतमा पाएको

राज्य नेतृत्व गर्छौ

म बिरासतकै जग्गा बाँझै राख्छु

विश्वविद्यालय बाँझै राख्छु

तिमी खानी चलाई

उद्योगधन्दा गर भन्छौ

म नेताको …खानी चलाई

कामधन्दा चलाउँछु

तिमी छिमेकमा घाहा राख भन्छौ

म उनीहरूसँग डाहा गर्छु

तिमी जनता राजीको

कालु छान भन्छौ

म जनताले हराएको

कुहिएको आलु छान्छु

तिमी घुस नले भन्छौ

म घुस ले भन्ने बुझ्छु

म मरेर भूत भइसकेँ

अब म वर्तमानका

समस्या चिन्दै चिन्दिनँ

छिमेकी ली र लखनको

मेहनत र उन्नति बुझ्नै सक्दिनँ

त्यसैले म चिच्याउँदै

तिमीलाई गाली गरी

मेरो अस्तित्व जोगाउन

अभिशप्त छु।

Please follow and like us:
error0
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *