छितिज छिचोलेर
बतास भई
जम्का भेट गर्न
आउदै छ रे पारुहोप्पो ।
सपनाको महल सजाउन
मख्ख परेर
प्रेमका तानहरुमा
जिन्दगीका कथाहरु बुनि बसेको बेला
पारुहोप्पो सुटुक्कै हेरेर फर्केछ !
भुईमा पल्टिएको पातसँगै
मलखादमा जानु छैन मलाई
पर्खाईको घेरा अग्लाउनु छैन
दुुगन्धित भाव बोकेर
सुकुमारी बन्नुु पनि छैन
लौन …..
तायारिप्ची सायारिप्ची
पारुहोप्पोलाई सुनाई देउ ।
भंगालोमा पस्नुु छैन मलाई
पत्थर कै संज्ञा पाउँन किन नपरोस
खहरे बन्नुु पनि छैन
यात्रामै सुुस्ताउँदै नदिले काख किन नथापोस
ढलक्क ढलक्क ढल्कने कछुुवा नै प्रिय छ
किन भने
मेरो हरेक धमनीमा
पारोहोप्पो कै याद बगरिहका छन !
फेनेरोल्फुु फेरमा झुुण्डाउँदै
अमुल्य प्रेमको उपहार
थाक्री ,सुखुप,क्योङ पक्कै लिएर आउनेछौ
मायाको अमिट छाप बोकेर
कुरिबसेको छु पारुहोप्पो ।
भुमेस्थानको अगाडि बसेर
काखभरी प्रकृतिका उपहार खेलाउँदै
सुुन धुपको बास्नामा रमाउँदै
विश्वासको डोरी नचुुडिने गाँठो कस्दै
पाखा पखेरा,कुना कन्दरामा रमाउँन
तिम्रै प्रेमिल आगमन कुरी बसेको छुु पारुहोपो ।
आकाश,पालत, धर्ती
तीनै लोकमा तिम्रै रमझम
मेरो आँगनीमा ,
मनको फुलबारीमा
आँखाको नानीमा
ढुुकढुुकीमा जता ततै
तिम्रो चमकले चम्किन
स्वागतका व्यानरहरु टाँगेर
कुरी बसेका छुु पारुहोप्पो ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *