-रामकृष्ण पौडेल "अनयास" अर्को साल आउँछु भन्थे पोहर साल भन्दा बैनि आउने दिन बाँकि रैछ साहुले मिति गन्दा बैनि । गाउँ वेँशि डाँडाकाँडा गुन्जिदाहुन तिजका गित ले भक्कानिदै रुदै हौली नमान न धन्दा बैनि । तिम्रो हातको भाईटिका आमाको त्यो आशिर्बाद संझिल्याउदा हकानिदै अत्तिन्छ मन खन्दा बैनि । मात्तृभूमि ईष्टमित्र सबको माया त्यागि बिदेश धाउँदा आखिर फसाई छाड्य़ो समयको फन्दा बैनि । http://ramkrishnakapana.blogspot.com/ भरतपुर- 13,गजलकुन्ज चितवन
Please follow and like us: