८ असोज २३ । ललित साहित्य परिषद् रोल्पाको पाँचौं अधिवेशन असोज १३ गते हुने भएको छ । परिषद्का निवर्तमान अध्यक्ष कृष्ण डी.सी.को अध्यक्षतामा बिहान लिबाङमा सम्पन्न बैठकले अधिवेशन सम्पन्न गर्न विभिन्न समितिहरु बनाई कार्य विभाजन गरेको छ ।
जस अन्तर्गत प्रगति प्रतिवदेनको जिम्मा निवर्तमान महासचिव केवी विरहीलाई दिइएको छ । त्यस्तै मञ्च व्यवस्थापन संयोजकमा गगन रोकाय रहनुभएको छ भने प्रचारप्रसार समितिको संयोजकमा केवी विरही रहनुभएको छ । यस्तै आजकै बैठकले परिषद्को विधान संसोधन गर्नेसमेत निर्णय गरेको छ । बैठकले खेमराज गाउँले संयोजक र कृष्ण डी.सी. सदस्य रहेको विधान संसोधन समितिसमेत निर्माण गरेका छ । बैठकमा परिषद्का संस्थापक अध्यक्ष डी.बी. टुहुरोको समेत उपस्थिति रहेको थियो ।
-खेमराज गाउँले
खुमेल, रोल्पा
Please follow and like us: