-बिजय फोम्बो
कोही छ कि ? सधैं’नै हसाउने ढुङ्गालाई,
कोही छ कि ? पानी’झै रसाउने ढुङ्गालाई !
चक्रव्युहमा अभिमन्युलाई फसाए जसरी,
कोही छ कि ? जालमा फसाउने ढुङ्गालाई !
प्रेमिकाको तस्वीरमात्र किन टाँस्छौ प्रेमी ?
कोही छ कि ? प्रेमले टसाउने ढुङ्गालाई !
शवलाई छोडी मलामी घर फर्केर जाँदा,
कोही छ कि ? आँशु खसाउने ढुङ्गालाई !
आकाश-धर्तीको मायालु जून-फूल जस्तै,
कोही छ कि ? मनैमा बसाउने ढुङ्गालाई !!
महेश्पुर- १, झापा
हाल: दोहा,कतार
Please follow and like us: