-राजु मुखिया”दर्पण”

ढोग्नेहरु भन्ने गर्छन शहरमा छ जिन्दगानी !   
भोग्नेहरु भन्ने गर्छन कहरमा छ जीन्दगानी !!

 

कसैलाई मीठो होला शरद को पारिलो घाम !   
कसैलाई शीत खस्ने प्रहरमा छ जिन्दगानी !!

 

जिन्दगीको अर्थ बुझ्न  आकाश नै किन छुनु !           
गरिबीमा  डुबी हेर  नहरमा छ  जिन्दगानी !!

 

सडकपेटी दोबाटोमा खोक्रो भाषण दिने लाई !   
के थाहा र  गजलको  बहरमा छ जिन्दगानी !!

 

कोहिभने शराबमा जिन्दगीको मजा लिन्छन !
गरिब को  घरमा हेर  जहरमा छ जिन्दगानी !!

 

दोहा कतार ।

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *