-अजय पारस  205518_148201815366810_648975678_n
नर्क यही स्वर्ग यही भगवान कहाँ छ ?
सबै भर्छन् आफ्नै पोल्टो ईमान कहाँ छ ?

 

यिनै मानव भगवान हुन् यिनै दानव ।
सधै सँगै हुन्छन् तर पहिचान कहाँ छ ?

 

कति सुत्छन् भोक भोकै सडक पेटीमा ।
राज्यले दिने यिनलाई ओछ्यान कहाँ छ ?

 

गजल लेख्छन् गजलकार मुटु फुटाएर ।
गाउने चर्चित हुन्छ लेख्नेको बयान कहाँ छ ?

 

म तड्पी तड्पी मसानमा खोजिरहेछु ।
प्रियाले उपहार दिएकी चिहान कहाँ छ ?

 

जनकपुर

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *