- मधु माधुर्य 

जीवन कोलाइडरमा 
छेदित  / विच्छेदित 
सृष्टिकर्ताको एक कण 

म -

संसारको रंगमंचमा 
पात्र-दर्शक-निर्देशक  बनेर 
अपरिमित दृश्यहरु खेलिरहेछु  

द्वैध पर्दाहरुमा :
रंग र सुवासको एउटा समीकरण > सौन्दर्यको नाममा -
फूलहरु  फूलिरहेछन्  /फक्रिरहेछन् 
फूलहरु चुंडीएका छन्  /झरिरहेका छन् 
.....      .....     .....    .....      .....
गति र स्पेसको एउटा मिलन >विचरणको नाममा -
चराहरु चरिरहेका छन् / उडिरहेका छन् 
चराहरु झरिरहेका छन् / निशानामा छन् 
.....      .....     .....    .....      .....
उर्जा र आकारको जम्कोभेट >  द्रव्यको नाममा 
नदीनाला बगिरहेका छन् / जमिरहेका छन् 
नदीनाला छेकिएका छन् / सुकिरहेका छन् 
.....      .....     .....    .....      .....
स्वर र भावनाको सिन्तेज >   संगीत वा धुनको नाममा 
बाँसुरीहरु ब्युँझेका छन् / बजिरहेका छन् 
बाँसुरीहरु मौन छन् / फुटिरहेका छन् 
.....      .....     .....    .....      .....

य-

सरि  .....

स्वेत-दूलोबाट -
केहि निस्किरहेका छन् 
र 
कृष्ण-दूलोभित्र  
केहि हराईरहेका छन् 
 .....
यो नित्य परिवर्तन
अभिव्यंजना मान्छेको 
"जीवन -
एम्बुस छल्दै गरेको अस्तित्वलाई 
भोगाइले बर्साउने मीठो चुम्बन रहेछ 
भोगाइले लुट्ने  जंगली संसर्ग रहेछ " !
Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *