- मधु माधुर्य जीवन कोलाइडरमा छेदित / विच्छेदित सृष्टिकर्ताको एक कण म - संसारको रंगमंचमा पात्र-दर्शक-निर्देशक बनेर अपरिमित दृश्यहरु खेलिरहेछु द्वैध पर्दाहरुमा : रंग र सुवासको एउटा समीकरण > सौन्दर्यको नाममा - फूलहरु फूलिरहेछन् /फक्रिरहेछन् फूलहरु चुंडीएका छन् /झरिरहेका छन् ..... ..... ..... ..... ..... गति र स्पेसको एउटा मिलन >विचरणको नाममा - चराहरु चरिरहेका छन् / उडिरहेका छन् चराहरु झरिरहेका छन् / निशानामा छन् ..... ..... ..... ..... ..... उर्जा र आकारको जम्कोभेट > द्रव्यको नाममा नदीनाला बगिरहेका छन् / जमिरहेका छन् नदीनाला छेकिएका छन् / सुकिरहेका छन् ..... ..... ..... ..... ..... स्वर र भावनाको सिन्तेज > संगीत वा धुनको नाममा बाँसुरीहरु ब्युँझेका छन् / बजिरहेका छन् बाँसुरीहरु मौन छन् / फुटिरहेका छन् ..... ..... ..... ..... ..... य- सरि ..... स्वेत-दूलोबाट - केहि निस्किरहेका छन् र कृष्ण-दूलोभित्र केहि हराईरहेका छन् ..... यो नित्य परिवर्तन अभिव्यंजना मान्छेको "जीवन - एम्बुस छल्दै गरेको अस्तित्वलाई भोगाइले बर्साउने मीठो चुम्बन रहेछ भोगाइले लुट्ने जंगली संसर्ग रहेछ " !
Please follow and like us: