– दुर्गाप्रसाद
——————————-
लण्डनको एउटा रेष्तराँमा
चियाको पहिलो सुर्कीसँगै म सोच्छु-
“रात आउँछ इडिपस बनेर
रात जान्छ सिसिफस बनेर
दिन उड्छ इकारस बनेर
दिन खस्छ इकारस खसेर
दुवै एकै हुन मेरा लागि
म कपासको डल्लोले बेलौती झारेर खान सक्दिन ।”
म लोती हराएको कान
मेरा लागि गहना किन्नेहरू ताँती लाग्छन्
आफ्नो रित्तो भाग्य छामेर
बाटोमा बस्छु र बाँड्छु मेरा अवसरहरु लिफलेट बाँडे झैं ।
अखबारमा मेरो हात छापिन्छ
छाला चाटेर रातो बनेको बाङ्गो हात
सडक सडकमा खुट्टाहरू बाडिन्छन्
म नर्तक जस्तै तर भग्न नृत्य नाचिरहन्छु
उ के भन्छ- म बुझ्छु बेग्लै
म के भन्छु- उ बुझ्छ बेग्लै
म सँग अर्थका अनेकार्थहरू
यथार्थ बनेर उभिन्छन् ।
मेरो बुझाईमा उसको बुझाई
समानान्तर हुन नसकेकै बेला-
आखिरी चियाको सुर्कीसँगै
मेरो मन बाडिन्छ विभिन्नतामा ।
कति मनहरू नबुझिंदा गुनासो गर्छन्
रात पनि अँध्यारै छ
दिन पनि अँध्यारै छ
म कहाँ अँध्यारोमा तिम्रो मन पढ्न सक्छु र?
सिसिफस र इकारस मेरो दाँया बायाँ भएर हिड्छन्
म शायद क्यै बुझ्दिन
र बुझ्नुले मेरो मन आल्हादित हुदैन ।

२ मार्च २०१२ लण्डन

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *