हावा चल्दा फिरफिर उड्न खोज्ने उनको स्कर्ट, सेतो सट, खैरो कपाल, अनि रातो टाईमा सजिएका उनीसँग कान्तिपुर यातायातको सेकेन्ड लास्ट सिटमा भेट भयो । हुन त अगाडि पनि खालि सिट थियो । तर आँट गरेर उनको साइडमा गएर बसेँ । उनले घुरेर हेरिन् । म पनि हेरिरहेँ । जुधिरहेका त हाम्रा आँखा थिए, तर कम्पन त सीधै मुटुमा । त्यत्तिकैमा कन्डक्टर भाडा उठाउन आयो, उनले ५० रुपैयाँको नोट र कार्ड दिइन् । कन्डक्टरले सोध्यो, ‘दुईजना हो ?’ उसले सोधेन मात्रै दुईजनाको भाडा कटायो पनि ।
‘केको दुईजना ? एकजना हो,’ उनी झर्केर बोलिन् ।
आज पनि बस कति छिटै बसुन्धारा, टिचिङ हुँदै रत्नपार्क पुगिसकेछ । आज पनि बोल्ने आँट गर्नै सकिएन । भेट हुन्छ धेरैजसो बसुन्धारा चोकबाट रत्नपार्क जाँदा । हुन त हामी दुवै अपरिचित छौँ । तर, के अपरिचित भन्नु ? उनको नाम पो थाहा छैन, तर प्रत्येक दिनजसो भेट भएकै हुन्छ ।
हाम्रो नजर जुध्छ, घुरेर हेर्छिन् म हल्का हाँसिदिन्छु । अझ कहिलेकाहीँ साँझ रत्नपार्कबाट बसुन्धारा फर्किंदा पनि भेट हुन्छ । उनी पुग्ने ठाउँ थाहा पाउन कम्ती मेहनत गर्नु परेन मैले । एक दिन सामाखुसी भन्दै भाडा दिँदा बल्ल चाल पाएँ । सँगै बस्दा कार्ड त दिन्थिन्, तर सधैँ उल्टो पारेर । नाम पनि थाहा पाउन सकिएन । लाग्थ्यो, नामसम्म थाहा पाउन पाए पनि फेसबुकमा फ्रेन्ड रिक्वेस्ट पठाउन हुन्थ्यो । प्रत्येक बिहान मायाका किरण बोकेर आउँथे, तर बोल्न नपाउँदा प्रत्येक साँझ निराशामा बदलिन्थे ।
आज म छिटै बसुन्धारा चोकमा पुगेँ, सधैँ चढ्ने ठाउँभन्दा हल्का अगाडि गएर बसिरहेको थिएँ, पछाडि हेर्छु भन्दा बसको झ्यालबाट बाहिर कसैले खोजे जस्तो देखेँ, आखिरी उनी थिइन् । सायद उनी पनि मलाई खोज्न थालिछिन् जस्तो लाग्यो । आजचाहिँ उनको अगाडि एकछिन उभिएर घुरेर हेरेँ, अनि मन्द मुस्कान दिएँ । बल्ल उनी हाँसिन् । हल्का मनमा जोस–जाँगर पलायो । भोलि त जसरी नि बोल्छु भन्दै मनमा कुरा खेलाइरहेँ । टिचिङबाट उसको साइडको सिट खालि भयो । म पनि त्यही सिटमा गएर बसेँ, लगभग गाडी खालिजस्तै थियो । कन्डक्टर आयो, भाडा माग्यो, मैले ५० को नोट दिएँ, कार्ड छ भन्दै । कन्डक्टरले दुईजनाको भाडा कटायो । ऊ ड्रेसमा थिई । अगाडिको सिट खालि हुँदा पनि हामी लास्टको सिटमा दुईजना बसेको भएर हुनुपर्छ, कन्डक्टरले पनि दुईजनाको भाडा लिएको । उसको भाडा तिर्न पाएकोमा मलाई खुसी लागेको थियो । उसलाई हेरेँ, स्माइल दिँदै होली भन्या त, मोरीले त पूरै कालीको रुपधारण गरी रिसाएर बसेकी पो रहिछे । एकैचोटि रत्नपार्क झर्ने बेला थ्यांक यु’भन्दै झरी । त्यसदिन उसलाई हात हल्लाएर बाईबाई गर्न मन थियो, तर फर्काइन भने बेइज्जत हुने, त्यसैले आँट गरिनँ । आज पनि बोल्ने इच्छा, अधुरै भयो ।
शनिबारको दिन थियो । साथीले फुर्सद छ भने न्युरोेड आउ भनेर फोन ग¥यो । शनिबारको काम सकेको थिएँ, फुर्सदमै थिएँ साथी भेट्न हिँडे । खै किन, त्यस दिन मलाई कान्तिपुर बस चढ्न मन लाग्यो । बस चढेँ, कस्तो अचम्म ल आज पनि ऊ भेट भई । तर ऊ अगाडिको महिला सिटमा बसेकी थिई । कुनै चान्स नै थिएन । सरकारसँग पनि रिस नउठेको त कहाँ हो र, किन महिला सिट छुट्टै बनाउनुपरेको होला । विरक्तिएर लास्टमा गएर बसेँ । तर चढेको ५ मिनेट नहुँदै, ऊ त उठेर मेरो साइडमा आई । म त हेर्याहेर्यै भएँ । बोल्न मन त थियो, तर नबोली बसिरहेँ । शनिबार भएर हो कि, आज ऊ पुरै वान पिस ड्रेसमा थिई । रेड कलरको ड्रेस, हिल, त्यसमाथि पिंक कलर पोतिएको ओठ, गाजलमाथि स्याडो पनि, गालामा पनि कुन्नि के–के, चिउँडोको कालो कोठीले त झनै सेक्सी देखिएकी थिई । तत्काल फेसबुक खोलेर ‘फिलिङ हट’ भन्दै सेयर गर्न त मन थियो, तर हतार गरिनँ । सोचेँ, आफ्नै गर्लफ्रेन्ड भएको भए, आज त मेरा ओठहरु पनि निराश हुनु पर्दैनथ्थो होला । सोचेँ आज ऊ डेट हिँडेकी हुनुपर्छ, फलो गर्नु केही फाइदा छैन । टिचिङ नपुग्दै आइफोन निकाली, थिचेजस्तो गरी तर मोबाइल खुलेन । सायद स्विच अफ भएको हुनुपर्छ । मतिर हेरेर बोली ‘एक्सक्युज मी, मोबाइल स्विच अफ भएछ, तपाईंकोबाट एक कल गर्न सक्छु ?’
म त अलमल्लमा परेँ, अनि तत्कालै बोलेँ, अफकोर्स ।
उसले मेरो मोबाइलबाट नम्बर डायल गरी, खुसीको सीमा रहेन । ऊ स्याड फेस बनाउँदै मोबाइल फिर्ता दिँदै बोली, ‘फोन उठेन, थ्यांक यु ।’
दिनभरि साथीसँग वसन्तपुर, नौतले, हनुमानढोका दरबार र धरहरा घुम्दा उसको याद नआएको होइन । साँझ रुम फर्केपछि त्यही नम्बर डायल गरी उसको नम्बर सोध्नुपर्ला भन्दै फर्किएँ । साँझ ट्विटर चलाइरहेको थिएँ, मोबाइलमा म्यासेज आएको संकेत पाएँ । आज भोलि खासै कोही थिएन मलाई मिसकल, म्यासेज गर्ने । त्यसैले, एनटिसीको ब्यालेन्स कम भएको म्यासेज होला भन्दै हेरेँ । अननोन नम्बरबाट पो म्यासेज रहेछ । लेखिएको थियो, ‘हेल्लो मिस्टर, फाइन ? थ्याङक यु ! हिहिहि… ’
मैले ‘???’ लेखी तत्कालै रिप्लाई दिइहालेँ ।
उताबाट फेरि म्यासेज आयो, ‘सरी मैले तपाईंसँग बोल्ने बहाना धेरै बनाएँ र फाइनल्ली सफल भएँ । किनकि तपाईंको मोबाइल मागेर अरु कसैको नम्बर नभएर, मेरैमा डायल गरेकी थिएँ । सुरुमा त डर लाग्यो । तर जब तपाई स्माइल दिँदै मतिर हेर्नुभयो अनि आँट आयो ।’ उसको म्यासेज हेरेपछि म पनि अचम्मै परेँ । कति धेरै नाटक गर्न आउँदो रहेछ केटीलाई झन् । खुसी लाग्यो । मलाई पनि उसको उपस्थिति राम्रै लाग्न थालेको थियो ।
‘मे आइ कल यु ?’ भन्दै अर्को म्यासेज आयो ।
‘अफकोर्स’
त्यत्तिकैमा मोबाइल बज्यो । उठाएँ ।
ऊ बोली, ‘हेल्लो, थ्यांक यु !’
उसको फ्रेन्ड रिक्वेस्ट आयो, प्रोफाइल क्लिक गरेँ । पूरै वान पिस गेटअपमा अनेक शृंगारसहितको सेल्फी देखेँ । फेसबुकमा त पूरै मोर्डन छौ त, सायद विचारमा पनि, मनमनै सोचेँ । सामाजिक सञ्जाल फेसबुकले सम्बन्ध बढाउँदै लग्यो । अब ऊसँग लाइक, कमेन्ट र च्याट दिनहुँ हुन थाल्यो । च्याट गर्दागर्दै एक दिन सोधी, ‘तपाईंको गर्लफ्रेन्ड छ ?’
मैले पनि भन्दिएँ, ‘राम्रो नाटक गर्दी रैछौ, सायद शेक्सपियर, बालकृष्ण सम अहिलेसम्म भए त फ्लप खाने रहेछन् ।’
ऊ मस्तले हाँसी र बोली, ‘क्यान वी कम्युनिकेट थ्रु फेसबुक ?’
– सरी, आई डन्ट युज फेसबुक,