लघुकथाः आयो युग
-ऋषि तिवारी
‘सधैंजसो म मर्निङवाक गर्न बाटोमा हिड्थें ।’
बाटामा अरु पनि हिड्थें । सबैसंग चिनजान हुन थाल्यो । हिडाई पछिको थकान तिनै कालीको चिया पसलमा जमघट हुने गर्थ्यो । कोही नयाँ मान्छे, नयाँ अनुहारसँग पुरानो अनुहारहरु मिसिदिन्थ्यो । नयाँ मान्छेसंग पनि परिचय हुँन्थ्यो, आ- आफ्नो नाम भनेर परिचित हुँदै हात मिलाउँथ्यौं ।
घर पुग्थें । श्रीमतीको प्रश्न तेर्सि हाल्थ्यो, ‘आज कसैसंग हात मिलाएर आउँनु भएको छैन नि ?’ उनलाई थाहा थियो वहाँ बाटोमा निस्किदै गर्दा धेरैजनासंग हात मिलाउँदै हिड्नु हुन्छ ।
मैंले भने- ‘एउटा नयाँ अनुहारको मान्छेसंग भेट भाको थियो परिचय गर्दै हात मिलाइयो ।’ यति भन्न भ्याएको थिइनँ, उनले हतारो स्वरले भनिन, ‘लु लु साबुन पानीले हात धुई हाल्नुस । कोरोना संक्रमण हुन सक्छ ।’
भोलि पल्ट फेरि उहि समय उहि सुर्य उदाउँनु भन्दा अघि लागे मर्निङवाकतिर । नयाँ पुराना सबै अनुहार दैनिकीजसो उस्तैं चिया पसलमा । किसानलालले हात मिलाउँन हात बढाएँ, मैंले उनलाई हातमा हात न दिएर, दुई हात जोडी नमस्कार फर्काएँ । किसनलाल भन्छन, ‘के युग आयो आयो रतन ?’ मैंले जवाफ दिएको थिएँ, ‘यो युग अब करुणा अवतारको युग हो यार किसनलाल । हात होइन नमस्कार गरौं ।’
● ●
विराटनगर-६, ममता-मार्ग ।
मितिः २०७६|१२|०५
source: लघुकथा कुनो