मित्रताको पहिलो चरणमा नै ऊसले भनेको थियो कि मलहम नहुनेले घाऊहरु नकोट्टाउनु | ऊनी बन्न शुरु गरिन् मलहमका फूलहरू !
फूलहरू यत्रतत्र छरिए |
बीजारोपण भयो | अंगअंगमा फूल्न शुरु गरे फूलहरू ! कहिले पल्लवित हुने | कहिले फक्राउने | कहिले ओइलाउने | कहिले बिजाउने ! र, कहिले मलहम बन्ने |
जब ऊ सशंकित बन्ने गर्थ्यो, भन्ने गर्थिन्, ‘’मलहमका फूलहरूको खानी नै छ मसंग !’’
खाटाहरू निको हुँदै गए |
फेरि कुनैदिन अप्रत्यासितरूपमा ऊनले भनिन्, “अब मलहमका फूलहरू नखोज !”
बगैचा जर्जर भयो ! चर्किए धरा ! ऊ टोलायो, र ऊनलाई नियाल्यो !
ढुक्कले भनिन्, “म स्वतन्त्र छु ! मलहम कसलाई लगाउने, फूल कसलाई दिने मेरो अधिकारको कुरा हो !”
अधिकार खोस्ने ऊसको कुनै अधिकार नै थिएन | घाऊ निहालेन; उप्केको थियो कि गहिरिएको ! र, कामना गर्यो, ‘ऊनका मलहमका फूलहरू स्वीकार्नेलाई कतै घाऊहरू नहोस् !’
समय रोकिएन !
एकदिन आइन् | ऊनका फूलहरू बर्साउने आँखाबाट अश्रुधारा बहन शुरु गरे |
साँझ भनिन्, “रोएपछि शिर-दर्द हुन्छ!”
ऊसले यकिन नै गर्न सकेन भक्कानो कहाँबाट शुरु र अन्त्य हुने रहेछ !
ऊसँग ऊनले रोपेका मलहमका अनगिनत सुवासित फूलहरू थिए |
*** *** ***
चाबहिल, काठमाडौँ – ७
sabhar: laghkatha kuno