राज्यमा महामारी फैलियो । राजा निकै चिन्तित बने। “यो मानवीय प्रकोप होइन, निसन्देह दैवीय विपत्ती नै हो । ” राजाका आज्ञा अनुसार विभिन्न मठ मन्दिर, मस्जिदका गुरु पुरोहित, लामा, मौलवी र राज्यका मूलगुरु सबैलाई निमन्त्रणा डाकियो । सबै धर्मका ज्ञाताहरुबाट गहन छलफल भो । जबजब दुष्ट र अधर्मीहरुको बिगबिगी बढ्छ त्यसको अन्त्यको निम्ति भगवानले अनेक अवतार लिन्छन् । सारत्व यही हो, र यो नै भएको प्रमाणित भो ।

“अब निकास के त ? यहाँ त दानव र मानव , सानो र ठूलोको विभेद देखिएन त गुरुवर ? ” राजाको चित्त अधिर भो ।
“निकास छ, राजन ! शहरको पोखरीमा दूध खन्याउने र दुग्धपोखरी निर्माण गर्ने । त्यसमा अमृत सेचन गरी सबै नागरिकलाई समान रुपमा वितरण गर्ने । ” कुलगुरुले आफ्नो तर्फबाट निकास दिए ।
“यो त पुरानो उक्तिको फर्मुला भो पण्डित ज्यू । यसरी त फेरि अर्को पानी पोखरी बाहेक केही हुँदैन । योभन्दा प्रार्थना गर्नु नै उत्तम हुन्छ। एकमात्र उपाय इश्वर, अल्लाहसँग गुहार गरौं । “मौलवीले तर्क पेश गरे ।
“होइन ! प्रयोग गरि हेरौं । अहिलेको विश्वमा मान्छे विवेकशील र अनुशासित भएको छ । ” बौद्ध भिक्षुले हिन्दु पण्डितसँग सहमति जनाए ।

बहुमत सहभागीहरुको मत दुध पोखरी बनाउने नै भो । राजाले पहिले जसरी नै उर्दी जारी गरे, प्रत्येक नागरिकले शहरको पोखरीमा एक/ एक लोहोटा दूध खन्याउने । घोषणा कार्यान्वयन हुनेभो । तर उनले पुरानो तरीकामा केही फेरबदल गरे । पोखरीमा दुध औंसीको अध्याँरोमा होइन, पुर्णिमाको उज्यालोमा खन्याउने । त्यो पनि कसले के गर्यो हेर्न र बुझ्न ईमानदार कर्मचारी र प्रयाप्त मात्रामा सैनिक खटाउने ।
यसपटक चाहीँ लोहोटामा पानी बोकेर दूध पोखरी खोज्नेहरुको होसहवास गुम भो ।

sabhar: laghukatha kuno

Please follow and like us:
error1
fb-share-icon20
Tweet 20
fb-share-icon20

Kedar Sunuwar 'sangket' travelogue writer poet novelist song writer story writer

Leave a Reply:

Your email address will not be published. Required fields are marked *