रवि र भाष्कर आत्मीय साथी हुन्| पारिवारिक रूपमा पनि एकीकृत उनीहरू लामो समय सहकर्मी बने | वियोगको कारण बन्यो रविको सरुवा र स्नातकोत्तरको प्रमाण -पत्र |स्वाभिमानी र इमानको खानी यी दुईको दोस्ती –नमूना |बेला बेलामा राजनीतिक वार्ता पनि हुने गर्दछ |राजनीतिमा आफ्नो बहिनी जुवाइ लागेको हुनाले रविकी अनुजा तनुजाले बहुत कष्टपूर्ण जीवन जिएको हुनाले रवि अलि पर रह्यो यो सिस्नुघारीबाट –तर परिणाम अनुमान गर्न नसकेर भाष्कर होमियो राजनीतिमा –खुलेर !आज भेट भयो यी दुई मित्रको |
“के छ ? तिमी त नेपाल आएर पनि गायब !”भाष्कर |
“अरे यार,यो साहित्य पनि त राजनीतिभन्दा कम छैन,अझ तिम्रो दोस्त भूमण्डलीकृत ग़ज़लकार –पुग्यो नि धनगढ़ी !”
“यार रवि,साहित्य पनि राजनीतिको नै शाखा हो क्या, यो विशुद्ध हुन्छ –राजनीति अशुद्ध हुन्छ !”भाष्कर |
“हामी कस्ता मानिस हौं भाष्कर ?”रविले विषय बदल्यो |
“अचेल म पनि आत्ममूल्याँकन गर्न थालेको छु यार !” भाष्कर |
“हेर यार,सरल हुने अभ्यास गर्दा सस्तो भए जस्तो लाग्यो मलाई |हरेकलाई टेलीफोन गर्दछु | घर घर पनि पुग्छु |एक दिन त कुन्नि के भए छ मेरी प्रिया जानकीलाई भनिन्,”ये बुढा,कति एकोहोरो मायाँ गर्नुहुन्छ ?कति आफू मात्रै फोन गर्नुहुन्छ ?अरूले हजुरलाई फोन गरे हुन्न ?अरू –यदि सच्चा मित्र भए भेट्न आए हुन्न ?ऊ खनाल बाबू र अधिकारी बाबू कसरी आए !यसरी आफू मात्र ‘चिप ‘हुने होइन के !सोझो बुढा !!म त हैरान यार !!”
” आहा,कति राम्रो सुझाव !! हामी मात्र होइन यार,हाम्रा जीवनसंगिनीहरूको बिचार पनि अनुरूप |मेरी मायाँ –मेरी छायाँ –मेरी प्रिया शिष्टताको पनि उही सुझाव |अस्ति एउटा बिहेको निम्तोमा गएको थिएँ –उनलाई लिएर | पियारीलाई एक ठाउँमा राखेर म हरेक साथीसित हात मिलाउन पुगें,पछि त उनी यसरी प्रकट हुनपुगिन्,” मेरो हजूर, हजुरको पनि ख़ास हैशियत छ यो समाजमा | यसरी अरूलाई छुस छुस भेटेर हजूरको मूल्य रहने होइन |एक ठाउँमा बसेर हेरे हुन्छ नि कसले कसले भाउ दिने रहेछन्! हुन त हजूर गुरुहरूको पनि गुरु,म त्यति पढेकी होइन,अनुरोध मात्र !”
“आई स्यालुट यार भाभीश्रीलाई ! यो हो नि सुझाव ! हामीले पत्नीको मनको कुरा सुन्नुपर्छ यार भाष्कर !हामीले आफ्नो मूल्य बुझ्नुपर्दछ | सही सुझाव र सल्लाह मनन गरेर अमल गर्दा घाटा हुन्न यार !”
“आदत से मजबूर रे, नानीदेखि लागेको बानी नि !”
“परिवर्तन सजिलो कुरा होइन नि !”
sabhar: laghukatha kuno